weeklynepal

पद खुस्कने बेला असुलीमा मन्त्रीहरु
[2015-10-07 오전 6:44:00]

शुक्रबारदेखि देशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदैछ । संविधान जारी भएपछि एक घन्टापनि कुर्सीमा नबस्ने भाषण ढोकेका प्रधानमन्त्री सुशील कोइरालाले अझै कुर्सी छाडेका छैनन् । शुक्रबार उनले राजीनामा दिने सम्भावना छ ।

नयाँ सरकार गठनको तयारीसँगै दलहरुमा मन्त्री बन्ने दौडधुप सुरु भइसकेको छ । उता, हाल मन्त्री रहेकाहरुलाई भने अर्काे चटारो छ । उनीहरु कुर्सी गुम्ने बेला कमाउनमा केन्द्रीत भएका छन् । कांग्रेस र एमाले दुवै मन्त्रालयका मन्त्रीहरुसरुवालगायतका निर्णयमा लागेका छन् । गृहमन्त्री वामदेव गौतम हतियार खरिददेखि प्रहरीमा ठूलो संख्यामा सरुवाको तयारीमा छन् । नेपाल प्रहरीमा लामो समयदेखि रोकिएको सरुवा उनले आफ्नै पालामा गर्न चाहेका छन् । इन्सपेक्टरदेखि एआईजीसम्मको सरुवा गर्ने अवधि प्रहरीमा भएको छ । त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सरकारले दंगा नियन्त्रणमा सामान खरिद गर्न २ अर्ब रुपैयाँ निकासा गरेकाले त्यसको ठेक्का पनि मिलाउने हतारो उनलाई छ ।

त्यस्तै श्रमराज्यमन्त्री टेक बहादुर गुरुङ कांग्रेस महाधिवेशनका नाममा मेनपावर कम्पनीहरुसँग पैसा असुली गरीरहेका छन् । विभिन्न बहानामा उनले पैसा उठाइरहेको स्रोत बताउँछ । विदेशी कम्पनीहरुलाई सहज हुने गरी निर्णय गराएर पनि उनले कमिसन खाँदै आएका छन् ।

त्यस्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह मन्त्रालयमा ठूलो मात्रामा कर्मचारीको हेरफेरमा व्यस्त छन् । उनले आर्थिक चलखेलका आधारमा ७१ जना एलडिओको सरुवाको सूचि बनाई सामान्य प्रशासन मन्त्रालयमा सहमति मागिसकेका छन् । अवधि नपुगेका एलडिओहरुलाई पनि उनले सरुवा गर्न लागेका छन् । कांग्रेस निकटहरुलाई मात्र एलडिओको जिम्मेवारी दिन लागिएको छ ।

कांग्रेसले नै सम्हालेको शिक्षा मन्त्रालयभित्रको भ्रष्टाचार हेरी नसक्नु छ । मन्त्री चिललेखा यादबको निर्देशनमा सहसचिव मोहन निरौलाले करोडौं उठाएका छन् । निजामती कर्मचारी नियमावली विपरीत उनले जिल्ला शिक्षा अधिकारीहरुको सरुवा गर्दै आएका छन् । सामान्य प्रशासन मन्त्रालयसँग सहमति समेत नलिई उनले सरुवा गर्दै आएका छन् । उर्जा, भौतीक योजना तथा निर्माण मन्त्रालयमा पनि पुराना फाइलहरुमा धमाधम निर्णय हुन थालेको स्रोत बताउँछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com