विश्वाशदीप तिगेला

भारत विरोधि सेन्टिमेन्ट जोडिएको षड्यन्त्र सवालमा
[2015-09-23 오전 3:55:00]

कुनै ताका भारत र भारतीयको नाम मात्र सुन्दा पनि रिस उठ्थ्यो । नाकामा पासपोर्ट बोकेर मात्र आवतजावत गर्न दिनु पर्छ भन्ने मेरो सोच थियो । त्यतिकै पनि रिस उठथ्यो । सन २०१० मा एक महिना टनकपुर नजिकनजिक पर्ने उत्तरखण्ड राज्यको बाल्जुरी हिमाल चढन पर्यटक भएर गए । ठिक त्यहिबेला यार्सागुम्बा ९घाँसकिरा० टिप्ने सिजन रहेछ जिउदो यार्सागुम्बा पनि भेटे । तर त्यहि गाँउमा लामो समयदेखि बसोबास गर्नेले मात्र टिप्न पाउदो रहेछ र ३०५ कर तिरेर बेच्न पाउदो रहेछ । ठिक त्यसको अघिल्लो बर्ष मात्र नेपालमा यार्सगुम्बा टिप्नेक्रममा झडप हुदा स्थानीय गरिबहरू मरेको याद आयो ।

भारतको राजधानी दिल्लीको सडकमा हिन्दी, हरियाणा र अंग्रेजी भाषा र लिपीमा लेखिएको ट्राफिक बोर्डहरू देख्दा म गदगद भए त्यहा सबैको अस्थित्वलाई स्वीकारिन्दो रहेछ । दिल्लीका महत्वपूर्ण ठाँउहरू घुम्दा बढि मुस्लिमहरूको एेतिहासिक ठाँउहरू भेटिन्छ त्यो संरक्षणले पनि प्रभावित भए । दिल्लिको मध्ये भागमा २९ वटै राज्यको खाना परिकार पाईने ठाँउ सयुक्त राष्ट्रसंघ जस्तो लाग्यो । सन् २०१२ मा पश्चिम बंगाल, सिक्किम हुदै आसम र नागाल्याण्ड आफ्नो वंशावली खोजमा गए । आसमको खुल्ला भूमि देखेर लोभ लाग्यो । सिक्किम र उत्तरखण्ड तिरका नदिनाला देखेर लोभ लाग्यो । नेपालको नदिनाला र भूभागमा भारतको गिद्धे नजर भनेको सुनेको थिए ति सब बेकारको कुरा लाग्यो । नदिनाला भारत संग प्रसस्त रहेछन । भूमि त झन कति हो कति । भारतलाई नेपालको १ चम्चा माटो पनि नचाहिने रहेछ । हामीलाई ब्यर्थ भारतको विरूद्धमा स्कुलिगं गरिन्दो रहेछ भन्ने लाग्यो । नदिनालामा बनेका पुल, सडक बाटोमा कुन साल, कति रकममा, कुन निर्माण कम्पनिले निर्माण गरेको जस्तो साईनबोर्डमै लेखेर राखेको देख्दा साच्चै भारत ब्यक्ति होईन विधिले चल्दो रहेछ भन्ने लाग्यो । नागाल्याण्डमा आदिवासी नागा जातिलाई मात्र बन्दुक बोकेर हिडन पाउने अग्राधिकार दिएको देख्दा त्यो पनि गजब लाग्यो बोर्डर सुरक्षामा स्थानीय नागा जाति स्वयं सहभागी हुदा रहेछन त्यो झनै रोचक लाग्यो ।

सिक्किम दार्जिलिगं त दर्जन भन्दा बढि गए क्यार । घर जग्गा किनबेच गर्न नपाउने आदि कुराका ब्यवस्थाले सधै सुरक्षित देखियो । चाहे जति जग्गा किन्न सक्नेभए विहारीहरूले सानो राज्य सिक्किम र उत्तरखण्ड राज्य भरि सक्थ्यो सायद । त्यस्तो ब्यस्था पहिला नेपालमा पनि थिएछ त्यो ब्यवस्था रहिरहेको भए आज आदिवासी जनजाति, थारूहरू विस्थापित हुने थिएनन सायद ।
जति भारतलाई बुझ्दै गयो त्यति नै भारत प्रति खुल्ला हुदै गईन्दो रहेछ क्यार ।

भारत अहिले पनि नेपालको लागि ठूलो दाता राष्ट्र हो । सडक, अस्पताल, पुलपुलेसा र खानेपानी लगायतमा ठूलो सहयोग दिने गरेको छ । सडक बनाएर भारतले आफ्नो ब्यापार ल्याएहोला तर ब्यापारै नहुने ठाँउमा पनि भारतले सहयोग गरेको छ । सबै भन्दा धेरै नेपालीले भारत मै रोजगारि गरि रहेका छन । भारतीय सेनामा मात्र ६० हजार भन्दा बढि भारतिय गोर्खा सेनामा सेवा गरि रहेका छन । यतिधेरै सहयोग हुदाहुदै पनि भारत प्रति आभार ब्यक्त गर्न सिकाईएको छैन ।

गत बैशाक १२, २०७२ को ७।८ रेक्टर स्केलको भूकम्पले नेपाली गरिबहरू मरि रहेको बेला सबैभन्दा पहिला र छिटो नेपाल आएर भारतले उद्धार गर्यो, राहत बाँडयो । त्यो बेला भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले जति सम्म सहयोगको आवश्यकता पर्छ त्यति भारतले सहयोग गर्छ भन्यो र सयौको ज्यान बचायो । उद्धार सकिन लाग्दा उल्टै भारतलाई बिभिन्न लाल्छना लगाउने कामहरू पनि मिडियामा सुनियो । सबैभन्दा धेरै उद्धार सामाग्री भारतको थियो । तब फर्काउन त समय लाग्ने नै थियो । उद्धारको लागि भारत नेपालमा पुग्दा ज्यादा खुसि लागेको थियो र उसले त्यो काम प्रभाबकारी रूपबाट गर्यो पनि । उनीहरूलाई नेपाल सरकारले थप सहयोग गर्दै आभारी हुनु पर्ने झनै असहयोगी र शंका गरे । भूकम्प अगाबै प्रम मोदीले नेपाललाई सार्भौम सम्पन्न मुलुक भनी ठूलो सम्मान दिई सकेका थिए । बुद्ध नेपालमा जन्मेका हुन भनी किटेर बोलि सकेका थिए तब किन त्यत्रो शंका रु प्रम मोदीले दशकौ देखिको बंगलादेश र भारतको सिमा विवाद अन्त गरे । दशकौ सम्म चलेको चीन संगको दुश्मनी सम्बन्ध अन्त गरेर ठाँउठाउबाट ब्यापारको लागि बाटो खोले त्यसै क्रममा लिपुलेक पनि चर्चामा आएको हो । पाकिस्तान संग पनि प्रम मोदी आफैले पटकपटक पहल गरिरहेका छन । बरू आफै तल परेर पनि पाकिस्तान संग पनि यीनले सम्बन्ध सुधार्नेछन । प्रम मोदी कट्टर हिन्दु हुन र सबैलाई सम्मान गरेको देख्दा नेपाल प्रति जति सुझाब दिएका छन त्यसमा बेईमान छ भन्न सक्ने ठाँउ देखिन्दैन । सफा मन र भलो चिताउदा चिताउदै पनि बेईमान भन्दा कति चित्त दुख्ला त्यो हामी महशुस गर्न सक्छौ ।

अहिले तराईमा चर्किएको आन्दोलन नेपाल सरकारको बेईमान नै हो । उक्त आन्दोलनलाई भारतको साम्राज्यवादी नीति संग जोडि दिएर अझ दमन गर्ने जुन नेपाल सरकारको नीति छ त्यो विल्कुल गलत छ । नेपालको सरकार जनतालाई थाह हुनुपर्ने कुरा विहार र उत्तरप्रदेशका जनतालाई पहिला जस्तो हुलईज्वत गरेर हिड्ने समय छैन । आर्थिक रूपबाट र भौतिक रूपबाट धेरै विकास भएको हुनुपर्छ । प्राय सबैले रोजगारि पाएका हुन सक्दछ सायद । विहार राज्यका मुख्यमन्त्री नितेष कुमारले सन् २००५ मा लिए पछि छिटो विकास हुने राज्यमध्ये विहार एक हो । त्यसैले लालुकै पालाको विहार बुझ्नु सहि हुन सक्दैन ।

सरसर्ति हेर्दा भारतले नेपाललाई पहिचान दिएकै देखिन्छ, सम्मान दिएकै देखिन्छ यद्धपी भारत कै विरूद्धमा खेती भईरहनुको पछाडिका कारण खोज्नु पर्ने हुन सक्दछ । भारतको विरूद्ध फोबिया फैलाएर कसैले फाईदा पो लिई रहेको छ की रु विश्वभर नै देशको सिमाहिन संसार बनिरहेको बेला सिमानाका समस्यालाई नै देखाएर भारत विरोधि सेन्टमेन्ट बनाउनु सधै र सबैको लागि फाईदाजनक नहुन सक्छ की रु नेपाल जत्रो आकारको राज्य भारतमा धेरैछन । नेपाल सार्वभौम मुलुक भएपनि छिमेकीको हिसाबले भारतले धेरैकुरामा सहयोग गरिरहेका छन तथापी भारत विरूद्धको सोच ज्यू का त्यू छन । लाग्छ भारतलाई पनि यो कुरा चिन्ता कै बिषय बनेको होला ।

सरसर्ति अध्ययनले के देखिन्छ भने भर्खरै जारी भएको नेपालको संविधान अपूर्ण र केही गलत छ । राज्य पूर्न संरचनामा पर्याप्त बेईमानी भएको कुरा भारतलाई घाम झै छर्लंग छ । भारत आफै संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक र शुद्ध युनिटरी संघीयता उपभोग गरिरहेको मुलुक भएकोले । नेपालका शासक समुदायका केही ब्यक्तिहरूको बेईमानी सह्यै नभएर भारतले अन्तत मुख खोलेको हुनुपर्दछ । यो सवालमा हस्तक्षेप, साम्राज्यवादी नीति भन्न पनि मिल्दैन । संघीय संरचना साईज नमिलेको लुगा वा जुत्ता भएको छ । ठूलो साईजको लुगाको प्रयोग हुदैन गलत साईज अर्थात सानो साईजको जुत्तामा खुट्टा छिर्दैछिदैन हो त्यस्तै भएको छ ७ मध्ये ६ वटा प्रदेश । हिजोको अन्चल झै निष्क्रय हुने प्रकारका छन । कालन्तरमा यो संघीय संरचना अर्थात विश्व कै लोकप्रिय संघीय प्रणाली नेपालमा गलत साबित गराउने प्रकृतिको देखिन्छ ।

अन्तमा, तराईमा बलेको आगोलाई भारत विरोधि सेन्टिमेन्ट खन्याएर दमन गर्ने काम नहोस । रोम सन्धिमा हस्ताक्षर नगरेका मुलुकका हत्यारा शासकहरूलाई पनि अन्तराष्ट्रिय अदालत हेगमा लैजान सकिन्छ । कर्णेल गद्गाफीलाई झै जनताले हिर्काएर मार्न सक्छन । ईत्ज्याक राबिन लाई झै आत्माघाति बमले जनताले उडाई दिन सक्छन । सबैको अस्थित्व छ कसैलाई नजर अन्दाज नगरौ । तराईको आगो राजनीति मुद्धा हो भकुण्डोलाई दबाउदा झनै माथि उफ्रिए झै हुन सक्छ कृपया दबाउने काम नहोस । तराईका थारू र मधेसीको आन्दोलनमा मेरो पनि पूर्ण समर्थन सहित । धन्यवाद ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com