लोकनारायण सुवेदी

संबिधान सभाका शीर्षहरु यसरी किन सोच्दैछन् ?
[2015-09-10 오전 6:39:00]

देशमा संविधान सभावाट संबिधान बनाउन थालेको ८ बर्ष बित्न लागेको छ । तर अझै पनि संविधान बनिसकेको छैन । यो आठ बर्षमा पनि पहिलो संविधान सभाबाट नै ८० प्रतिशत संविधान बनिसकेको कुरा संविधान सभामा हिजो र अहिले पनि रहेका सबै दलका शीर्ष भनिने गरेका सबै नेताहरुले बारम्बार दोहोर्‍याइने गरेको थियो । दोश्रो संविधान सभाको निर्वाचन भएको पनि २ बर्ष बित्न लाग्दा समेत बााकी २० प्रतिशत संबिधान बन्न सकेको छैन । त्यो २० प्रतिशत संबिधानको भाग किन यस्तो अत्यन्तै जटील र पेचिलो भएको या बनाइएको हो त्यसको सही जवाफ शायद शीर्षहरुले दिन चाहदैनन् र दिन पनि सक्तैनन् ।

यद्यपि उनीहरुले त्यसलाई नबुझ्ने भाषामा बिभिन्न फरक फरक सिद्धान्त बोकेका दलहरुको बीचमा सामाञ्जस्य र तालमेल मिलाउन नसक्दा संविधान बन्न बिलम्ब भइरहेको हुस्सु कुरा गरेर देश र जनतालाई अल्मल्याउने असफल कोशिश पनि बेला बेलामा गर्दै आएकाछन् । तर यो कुरा पनि उनीहरुलाई राम्रोसाग थाहा छ कि जनताले उनीहरुलाई सत्ताको शीर्ष भाग वा त्यसको सेरोफेरोमा बस्न पाए अरु केही गर्नु आवश्यक नै छैन भन्ने यथार्थ बुझिसकेका छन् । तर जनताले त्यो कुरा बुझे पनि उनीहरुलाई त्यसपति कत्ति पनि पश्चातापले पोलेको छैन । त्यस्ता कुरालाई उनीहरु तपसीलका झिना मसिना कुरा सम्झन्छन् र बेवास्ता गर्ने गर्दछन् । प्रकारान्तरले यो जनतालाई नगन्ने सामन्ती, नब सामन्ती प्रबृत्ति नै हो ।

यतिबेला मलुकको आधाभन्दा बढी जनसंख्या भएको, धेरैवटा औद्योगिक करिडर भएको र शिक्षा स्वास्थ्य सम्वन्धि धेरै पूर्वाधार भएको तराई भाग बिगत एक महिना यतादेखि आन्दोलित, बन्द र ठप्प छ । यस क्रममा जुम्लाको समेत जोड्दा प्रहरी र आन्दोलनकारी समेत गरेर करीब ३ दर्जन मानिसको अनाहकमा ज्यान गइसकेको छ । सयौं घाइते भएका छन् । त्यो आन्दोलनको रापले राजधानी रहेको उपत्यका र पहाडी जिल्लामा पनि बिस्तारै छुादै गएको छ । आन्दोलन बिस्तारै सल्किनु सागै माहगी, बरोजगारी र असुरक्षाले मानिसहरुलाई नराम्रोसाग गाज्दै लगेको छ । तर यसको निकास के कसरी हुने हो अत्तोपत्तो छैन । शीर्ष दलका नेताहरु र सरकार दंगाग्रस्त क्षेत्र घोषणा गरेर सुरक्षाकर्मीहरुको परिचालन गर्दैमा समस्या समाधान हुने ठानिरहेको छ । तर आन्दोनलको आयाम र आयतन हेर्दा यो दमनकै भरमा अन्त्य हुने कुनै छााटकााट छैन । यसले गम्भीर र सार्थक बार्ताको माग गरिरहेको छ । तर तीन दल र सरकार संविधान सभामा प्रचण्ड बहुमत भएको गणितीय दम्भमा सामान्य चारो फालिदिएजस्तो गरी बार्ताको हल्ला गरेर आफुहरुले ठिक गरेको ठानिरहेका छन् । तर यो बिग्रदो स्थितिलाई सही किसिमले सम्हाल्ने विवेकपूर्ण कुरा भइरहेको छैन ।

निश्चय नै लोकतन्त्रमा बहुमतको शासन हुन्छ । तर गलत चुनाव पद्धतिले गर्दा बहुमतको नाममा अल्पमतले बहुमतमाथि शासन गर्ने पद्धति नै अहिलेको संसदीय चुनाव पद्धतिलाई हामीले अंगीकार गर्दै आएका छौं । अहिलेसम्म यसै पद्धतिलाई सही मानिदै आएको र त्यसैलाई निरन्तरता दिइएकोमा कसैलाई कुनै द्विविधा पनि छैन । तर संसदीय लोकतन्त्रकै हवाला दिने हो भने पनि पहिलो हुने दल सत्तामा बस्ने र दोश्रो हुने दल प्रतिपक्षमा बस्ने हो । बरु पहिलो हुने दलले तेश्रो, चौथो हुने दलहरुसाग मिलेर बहुमत पुर्‍याइ सरकार बनाउने हो संसदीय लोकतन्त्रको सामान्य मूल्य मान्यतामा । तर हामीकहाा त पहिलो र दोश्रो दल सत्तामै छन् र तेश्रो दल पनि एक वा अर्को किसिमले अहिले त्यही पंक्तिमा उम्भिन पुगेको छ । वास्तवमा जनताले आफ्नो आवाज बोलिदिने प्रतिपक्ष नै पाइरहेका छ्रैनन् । जुन कुरालाई संसदीय परिपाटीको एउटा सुन्दर र आवश्यक पक्ष मानिन्छ । यसरी संसदीय मूल्य पद्धतिको सरासर खिल्ली उडाउने काम भइरहेको छ ।

राजनीतिमा अंक गणितले मात्र काम गर्दैन । यद्यपि कतिपय बेलमा मतदान गर्नु पर्ने नै सन्दर्भ आयो भने त्यसको पनि महत्व नहुने होइन । तर हामी अहिले संक्रमण कालबाट गुज्रिरहेका छौं र यो कालखण्ड देशका जनताको सर्बमान्य या अधिक मान्य प्रकृतिको संविधान बनाउने बिशिष्ठ र महत्वपूर्ण कालखण्ड भएकोले साझा राष्ट्रिय एजेण्डाको निरोपण र तिनमा राष्ट्रिय सहमति यतिबेलाका सबैभन्दा आवश्यक कुरा हो । यसलाई दलीय गठबन्धन र भागबण्डाको राजनीतिमा स्खलित तुल्याएर गलत अर्थ लगाउनु जालझेल सीवाय केही होइन र हुदैन । बहुमतको मात्र कुरा गर्ने हो भने त्यो संसदीय लोकतन्त्रको मान्य परम्परा सुहाउदो, स्वाभाविक र प्रकृतिक कुरा होइन, बिल्कुलै भिन्न कुरा हो ।

यस्तो स्थितिमा ठूला भनिएका तीन दलले ठूलो बहुमतको हवाला दिदै संबिधान जारी गर्न खोजे पनि बिग्रकारी बन्दै गएको स्थिति उनीहरुको अनुकूल बनिरहेको देखिदैन । मधेश केन्द्रित सबै दल संविधान सभा यसका प्रकृयालाई छोडेर आन्दोलनको बाटोमा लागेका छन् । अब पुरातनबादी शक्तिको प्रतिनिधित्व गर्ने राप्रपा नेपाल पनि संविधान सभावाट बाहिरिएको छ । यस्तो अबस्थामा संविधान सभाले बनाउने र जारी गर्ने संविधानले भोली मान्यता र कार्यान्वय हुन नसक्दा के कस्तो स्थिति सिर्जना हुन पुग्ने हो कसैले ठोकेर भन्न सक्तैन । दंगा, कफ्र्यू, बन्द र हडतालका बीच संविधान जारी हुदा त्यसको स्वीकार्यता र स्वामित्वको हबिगत के हुने हो कसैले केवल अनुमान मात्र गर्न सक्दछ ।

त्यसैले समय छादै स्थितिलाई सम्हाल्न अग्रसर हुनु सत्ता र आन्दोलनकारी दुबै पक्षले बिश्वासिलो र बिवेकपूर्ण तत्परता देखाउनु अत्यावश्यक छ । सत्ताले आन्दोलनलाई दमन गर्ने सबै किसिमका गतिबिधिहरुलाई रोक्नु पर्दछ भने आन्दोलनकारीले पनि आन्दोलनलाई शान्तिपूर्ण परिधिभन्दा बाहिर जान नदिने सुनिश्चितता प्रदान गर्नु पर्दछ । यो संबेदनशीलता देखाउन सके बाताको निम्ति बातावरण बन्छ । अनि टेबुलमा बसेर समस्याको गाठी कुराहरु केलाउदै समाधानको बाटोमा अघि बढ्न सकिन्छ । मधेशका हुन् कि पहाडका सबै नेपाली जनता हुन् । तिनलाई अधिकारसम्पन्न तुल्याउनु राष्ट्रिय एकतालाई अझ सबल बनाउने कुरा हो । यो कुनै पहाडी र मधेशी बीचको लडाई नै होइन । यो त अधिकारको केन्द्रिकरण गर्ने संकीर्ण सोच र अधिकार ब्यापकरुपमा बिकेन्द्रित गर्ने र अधिकारबिहीन स समुदायलाई अधिकार सम्पन्न तुल्याउने कुरा बिचको अन्तरबिरोध हो ।

संविधान सम्पूर्णरुपले सहमतिका आधारमा बन्न नसके पनि यसले सम्वोधन गर्नै पर्ने राष्ट्र र जनताका मूलभूत समस्यहरुलाई सम्वोधन गर्न सक्नुपर्दछ । अन्यथा संविधान बन्नु, आउनुको होहल्लाले कुनै काम गर्दैन । शान्ति, स्थिरतर समृद्धिको बाटोमा अग्रसर हुने कुरा पनि यस्तो नकारात्मक स्थितिमा एउटा कोरा कल्पना मात्र ठहरिन पुग्ने हुन्छ । अत: यी सबै कुरा बिचार गरेर बेलैमा बुद्धि पुर्‍याउनु बेस होला । कुनै खण्डित दस्ताबेज हतार हतारमा ल्याएर कुनै झिल्ली झरिहाल्ने पनि छैन । सोचौं गम्भीरुपमा देश र जनताको बर्तमान र भावी पिढीको समेत भबिष्यलाई समेत ध्यानमा राखेर गहिरो गरी सोचौं । जति बिलम्ब त भइनै सक्यो । अब पनि केही बिलम्ब गरेर बिचार पर्‍याउादा बिग्रने केही छैन । सत्ता र आन्दोलनरत पक्षहरुले कुनै पनि अतिबादी सोचबाट प्रस्तुत नहुने दृष्टिकोण राखेर अग्रसर हुनासाथ स्थितिले सकारात्मक मोड लिन सक्दछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com