मिलन लिम्बू

बाध्यताको बन्द शैली
[2015-08-20 오전 6:25:00]

विरोध लोकतन्त्रको सौन्दर्यको रुपमा ब्याख्या गरिन्छ । यसको अर्थ लोकतन्त्रलाई सुन्दर बनाउन एक थरी जहिले बिरोध मात्र गरेर बस्नु पर्छ भन्ने बुझाई गलत हुन सक्छ । तर, हाम्रो देश निरन्तरको बिरोधको भूमरीमा फसेको छ ।

शासकहरुको गलत राज्य व्यवस्थाको बिरोध अधिकार प्राप्तीकै बिरोध थियो । हाम्रो देशमा लोकतन्त्रमा मात्र होइन निरंकुस सासन व्यवस्थामा पनि कुनै न कुनै रुपमा राज्य व्यवस्थाको गलत नीतिको जहिले बिरोध भएको बिगत छ । त्यसको निरन्तरता लोकतन्त्रमा झनै बढी छ । तर, लोकतन्त्रमा भने बिरोधको शैली बदलियो । लोकतन्त्रलाई सुन्दर बनाउन अपनाइएको बिरोधको शैलीले लोकतन्त्रको सौन्दर्यमा हिलो छ्यापेको छ ।

बिरोधको एउटा नकरात्मक “बन्द शैली” मौलायो । जायज मागका लागि गरिने भए पनि बन्द शैलीलाई राम्रो र सकारात्मक मान्न सकिन्न । तर, दुई दशक यता हाम्रो देशमा त्यही नरुचाइएको “बन्द शैली” निक्कै मज्जाले मौलाएको छ । रुचाएर होस या नरुचाएर कुनै न कुनै रुपले “बन्द शैली” स्वीकार्नु पर्ने बाध्यात्मक परिस्थिति बन्दै आएको छ । यद्यपी “बन्द शैली” राम्रो होइन र “बन्द शैली” सधैको लागी बन्द पनि हुनु पर्छ ।

अधिकार प्राप्ती आन्दोलनमा जनता !
नेपालमा अदालत बलियो छैन । अदालतहरु आर्थिक र राजनीतिक रुपमा प्रभावित हुने गरेको बिगतको इतिहास छ । शासकहरु टेवुल मार्फत जनताको अधिकार पुरा गर्न कहिले तयार रहेनन् । जहिले जनताको अधिकार बन्दुकको कुञ्जाहरुले थिचिरहे । तर, लामो समयको दमनपछि नेपाली जनताले अन्तत अधिकारका लागि संघर्ष गर्नुको बिकल्प देखेन् । त्यसैले नेपाली जनताको पहिलो संर्घष नै आफ्नै शासक बिरुद्धमा केन्द्रीत भयो ।

अहिले सम्म पनि नेपाली जनता आफ्नो अधिकार शासकबाट खोसेर आफुलाई आफै शासन गर्न संघर्षमा छन् । अधिकार स्थापित गर्ने शैली बदलियो । छलफल र बहसहरुबाट अधिकार स्थापित नहुने भएपछि जो कोही पनि अधिकार प्राप्ती आन्दोलन सफल पार्न फरक शैलीको आन्दोलन गर्न बाध्य हुने कुुरामा कसैको दुईमत छैन ।

आफ्नो संविधान आफै बनाउने नेपाली जनताको वर्षौ लामो सपना बल्ल पुरा हुदैछ । तर, नेपाली जनतामा अझै पनि चुनौती धेरै छ । शासन व्यवस्था परिवर्तन भयो तर, शासक पुरानै छन् । त्यसैले नेपाली जनताले बनाएको संविधान जनताकै लागी गलपासो त हुदैन ? गम्भीर आशंकाहरु छन् । जनता पनि शसंकित छन् । त्यसैले यतिखेर नेपाली जनता संघर्षमा छन् ।

संविधान निर्माण प्रकृया अन्तिम चरणमा पुगेको छ । तारतम्य मिलाएर, एउटा साइत जुराएर, पुरानै शासकहरुले नयाँ शान व्यवस्थाको संविधान जारी गर्ने छन् । जुन प्रकृयामा संविधानको धाराहरु लेखिदै छ, त्यो अवस्था हेरेर आम उत्पीडित जनता ढुक्क हुन सकेका छैनन्, की यो संविधानमा पनि अधिकार सम्पन्न हुन सकिन्छ या सकिदैन ? जनताले यस्तै अवस्थामा अधिकार सम्पन्न हुन नसकिने कुरा बुझिसकेका छन् ।

त्यसैले थारुवान बलिरहेको छ, लिम्बूवान जलिरहेको छ, कर्णाली सलबलाईरहेको छ । पछिल्लो पकट संघीयताको सवालमा दलहरुले सहमति गरेको ६ प्रदेश र त्यसको सिमाङकनको बिषयले यतिखेर देश जल्दै छ । जनता ६ प्रदेशले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन सक्दैन भन्ने बुझ्दछन् ।

को को आन्दोलित ?
वर्षौ देखी जातिय उत्पीडन खेपीरहेको तराईका आदिवासी जनजाति थारु समुदायलाई अझै कति समय राज्यको मुल प्रवाहसम्म नल्याउने ? लिम्बूवानका आदिवासीहरु कहिलेसम्म राज्यको बहिस्करण खेपीरहने ? मगरात, तमूवान, किरात, नेवाहरु जहिले यो देशमा अनागरिक भएर बस्नु पर्ने ? भौगोलीक रुपमा कर्णालीका जनजाता बिगतमा पनि हेपिएको थियो वर्तमानमा पनि हेपिएका छन् ।

त्यसैले कर्णालीका जनता अब फेरी राज्य विहिनताको अवस्थामा नरहने निचोडमा पुगेका छन । र, भन्दैछन् हामीलाई अधिकार सम्पन्न राज्य चाहियो । यो देशका आदिवासी जनजातिहरु पहिचान सहितको संघीय संविधान चाहान्छन् । तर,े ६ वटा संघीय प्रदेशहरुमा आम उत्पीडित वर्गले पहिचान भेट्ने छैनन् । पहिचान भेट्ने पनि छैन ।

त्यसलै उत्पीडित जनता पहिचान प्राप्ती आन्दोलनमा अन्तिम पटक होमिएका छन् । यतिखेर देशभर चलिरहेको आन्दोलन यसैको एउटा रुप हो । जुन रुपम अहिले आन्दोलन चलिरहेको छ त्यो होर्दा वर्तमान समस्यमा समाधान नहुदासम्म निरन्तर चलिरहने छ । थारुवान त्यसैले सेलाउने छैन, लिम्बूवान मधेसहरु समेत त्यसैले चित्त बुझाउने छैन । बर्षौ सम्मको उत्पीडतको अन्त्य गर्ने अन्तिम लडाइमा जुटेका छन्, उत्पीडित वर्ग ।

फरक परिस्थिति !
आम बुझाइमा संघीयता बिकेन्द्रीकरण हो । नेपालको सवालमा होस या अन्य कुनै देश संघीयतामा प्रवेश गर्दा भौगोली विभाजन आवश्यक छ । पुरानो संरचनाले देशका सबै जनतालई सम्बोधन गर्न गर्न नसकै कारण मात्र पनि संघीय राज्यहरु बन्छन् । तर, नेपालमा यो विश्वव्यापी मान्यता र वास्ताविकतालाई अपव्याख्या गर्नेहरुले परिस्थिति बिगारेका छन् ।

नेपाल भित्रको भूभागहरुलाई संघीय राज्यको रुपमा विभाजन गर्नुलाई बिखण्डको रुपमा अपब्याख्या गर्नु सबैभन्दा पाखण्डपन हो । संघीयतालाई खण्डीकरणको बिल्ला भिराएर केन्द्रिकृत राज्यसत्तलाई जोगाइराख्ने खेलमा लागेकाहरु यस्तो अफवा फैलाइरहेका छन् । जस्ले परिस्थिति असामान्य तर्फ लैजादै छ ।

अन्तिरिम संविधानले प्रत्याभूत गरेका धेरै अधिकारहरु पुराना शासकहरु अब बन्ने संविधानमा कटौती गर्न लागिपरेका छन् । खाइपाइ आएको गुम्ने कुराले पिरोलीएकाहरु अन्तिम पटक बल गरिरहेका छन् । यसको उदारण, हिन्दु राष्ट्रको मागलाई बुझ्न सकिन्छ । जस्ले देश समस्यामा फसेको छ । यस्तै यस्तै समस्याहरुका कारण देशमा अस्थिरता बढेको छ । दलहरुले सचेत नहुने हो भने देश अर्को संकटमा फस्दै छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com