Milan Limboo

कुन कुन मुद्धामा माओवादीको फकर मत ?
[2015-08-11 오전 6:32:00]

मुलुक यतिबेला संविधानसभाबाट संविधान निर्माणको प्रक्रियामा अघि बढेको छ । संविधान निर्माणको प्रक्रिया सुरुसँगै विभिन्न दल, क्षेत्र, वर्ग र समुदायकाबीच संविधानमा आफ्ना अधिकारहरु सुनिश्चित गर्न भन्दै फरक मतहरु पेश हुन थालेका छन । केही दलहरुले संविधानको विरोधमा आन्दोलन गरिरहेका छन भने संविधान जारी गर्ने पक्षमा उभिएको दल एकीकृत माओवादीले १२ बुँदे फरक मत राखेको छ ।

एकीकृत माओवादीले शुरु गरेको जनयुद्धले आधा दशक पार गर्ने क्रममा संविधानसभाको मुद्दा फेरी व्यूँझिएको थियो । माओवादी जनयुद्धकै क्रममा सरकारसँगको वार्ताको क्रममा २००७ सालमा उठेर पनि सेलाएको संविधानसभाको माग फेरी जोडदार रुपमा उठेको थियो । समयक्रममा माओवादीको उक्त मागअनुसार संविधानसभा बन्यो ।

संविधानसभाबाट संविधान जारी हुने अवस्था पनि देखिँदैछ तर माओवादीले उठाएका एजेण्डाहरु भने पूर्ण रुपमा सम्बोधन नहुने पक्कापक्की भएको छ । संविधान नबनाऔं त अहिले भएका उपलब्धि पनि गुम्ने डर, यही अवस्थामा संविधान बनाऔं आफूले उठाएका मुद्दा सम्बोधन नहुने जस्तो कठिन मोडमा एकीकृत माओवादी संविधान जारी गर्न सहमत भएको छ तर आफ्ना फरक मत दर्ज गराउदै । संविधानमा माओवादीले १२ बुँदे फरक मत राखेको छ ।

१. जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी प्रमुख रहने शासकीय स्वरुप हुनुपर्ने ।
२. कैलाली र कञ्चनपुराको थारु बहुल्य क्षेत्रलाई दाङ, बाँके र बर्दिया सहतिको प्रदेशमा नै राख्नुपर्ने ।
३. झापा, मोरङ र सुनसरी सबै जिल्लाहरुलाई सबै भागहरु सहित प्रदेश नम्बर १ मा राख्न नहुने ।
४. नागरिकताको अहिलेको प्रस्तावित व्यवस्थामा संमेत लैङिक विभेद कायम भएकाले नागरिकतामा नागरिकको स्वतन्त्र अस्तित्व, पहिचान र अधिकार स्थापित हुनेगरि परिमार्जन गर्नुपर्ने ।
५. निर्वाचन प्रणालीमा श्रमिक एवम विपन्न वर्गबाट समेत समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने व्यवस्था गर्नु पर्ने ।
६. न्यायपालिकाको पुनसंरचना गर्ने ।
७. विशेष संरचनाको व्यवस्था संघ, प्रदेश र स्थानीय तहको मुल संरचनाको अतिरिक्त विशेष संरचना कार्यम गर्न सक्ने छ ।
क) कुनै प्रदेश भित्र एक जाति–समुदाय वा भाषिक समुदायको बाहुल्य भएको वा सघन उपस्थिति रहेको क्षेत्रलाई स्वायत क्षेत्रमा कार्यम गर्न सकिने छ ।
ख) अति अल्पसंख्यक रुपमा रहेका जाति–समुदाय सांस्कृति क्षेत्र लोपोन्मुख र सिमान्तकृत जातिहरुको संरक्षण र सम्बद्र्धन गर्न कुनै क्षेत्रलाई संरक्षित क्षेत्र कायम गर्न सकिनेछ ।
ग) सम्बन्धीत क्षेत्रभित्र नसमेटिएका प्रदेश भित्र पिछडिएका तथा आर्थिक र सामाजिक अवस्थाबाट पछाडि पारिएको क्षेत्र वा विषयगत क्षेत्रको विकास गर्न कुनै खास भौगोलिक क्षैत्रलाई विशेष क्षेत्र कायम गर्न सकिनेछ । स्वायत् क्षेत्र विशेष क्षेत्र र संरक्षित क्षेत्र सम्बन्धी अन्य व्यवस्था प्रादेशिक कानुनबाट निर्धारण भए बमोजिम हुनेछ ।
८) स्थानीय निकायमा प्रमुख र उपप्रमुख मध्ये एक जना महिला हुने व्यवस्था गर्नुपर्ने ।
९) स्थानीय निकायमा ५० प्रतिशत र प्रादेशिक सभामा ४० प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गर्नुपर्ने ।
१०) दलितको संघीय संसदमा न्युनतम १० प्रतिशत प्रतिनिधित्व सुनिश्तिच गर्ने व्यवस्था गर्नुपर्ने ।
११) प्रस्तावनामा पितृसत्तात्मक र वर्णव्यवस्था जन्य विभेद को उल्लेख हुनुपर्ने ।
१२) पार्टीको तर्फबाट मस्यौदा समितिमा रहेका सभासद्मार्फत संविधानसभामा प्रस्तुत असहमति र मतभेदहरुमध्ये हालसम्म पनि सच्चिन नसकेका विषय ।

एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानमा जनताको सुझाव संकलनमा जनताबाट निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको माग भएको भएपनि कांग्रेस एमालेको स्विकार गर्न नसकेका बताए । श्रेष्ठले ८ प्रदेश बनाउँदा संघियता नै नबन्ने खतरा भएकाले माओवादी तत्कालका लागि ६ प्रदेश बनाएर भएपनि संविधान जारी गर्ने पक्षमा आएको दावी गरे ।

पहिलो संविधानसभाबाट संविधान जारी गर्न नसक्नु आफ्नो माओवादीको गम्भीर गल्ती भएको भन्दै श्रेष्ठले प्रतिगामी शक्तिहरुको चलखल बढेर संविधानसभालाई नै धरापमा पार्न खोजेको तर्क गरे ।

जनताबाट निर्वाचित कार्यकारी प्रमुख, सामथ्र्य र पहिचानमा आधारित संघियता, न्यायप्रणाली जस्ता सवालमा माओवादीको फरक मत कायम छ । तर माओवादीको यो फरक मतबाट जनता भने लाभाविन्वत हुने अवस्था छैन । प्रस्तुत फरक मतले माओवादीको राजनीतिक भविश्य त जोगाउला तर जनता भने फेरी पनि पूरानै शासन र संरचनाको भुतले तर्साउछ कि भन्ने सन्त्रासमा बसेका छन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com