बिक्रम श्रेष्ठ

सोलुखुम्वु भूकम्पपीडित, पर्यटन व्यवसायी र लाचार सरकार
[2015-06-10 오후 7:22:00]

भुकम्पबाट सोलुखुम्बुका ९० प्रतिशत भन्दा बढि भौतिक संरचनाहरु ध्वस्त हुदा समेत जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छैन । छिमेकी जिल्लाहरु ओखलढुंगा, रामेछाप संकटग्रस्त क्षेत्र घोषणा हुदा ति जिल्लाहरु भन्दा बढि क्षति बेहोरेको सोलुखुम्बुलाइ संकटग्रस्त क्षेत्र घोषणा नगरिदा जिल्लाका भुकम्प पिडितहरु राज्यबाट पाउने सेवा सुबिधाहरुबाट बन्चीत भईरहेका छन् ।

जिल्लाका भुकम्पमा परि नेपाली तथा बिदेशी गरि २० जनाको ज्यान गएको छ भने २ जना हराईरहेका छन् । ८० जना घाईते भएका छन् । ९ हजार १ सय ७४ घरहरु ध्वस्त भएका छन् भने १० हजार ८ सय ५१ घरहरुमा आंशिक क्षति पुगेको छ । यस्तै १४ हजार २ सय ९४ परिवार बिस्थापित भएका छन् । उनीहरुलाई तत्काल खाद्यन्न सहितका राहत सामर्गीहरु निक्कै न्युन मात्रामा जिल्ला भित्रिरहेका छन् भने जिल्लामा आएका राहतका सामर्गीहरु पनि अधिकांश गाउँहरुमा सडक पहुँच नपुगेका कारण ढुवानीमा समस्या भईरहेको छ ।

राज्य संग भएका हेलीकोप्टरहरु संकटग्रस्त क्षेत्रहरुमा मात्रै उडिरहने तर त्यस्तै क्षति बेहोरेको सोलुखुम्बुमा भने ढुवानीमा समेत हेलीकोप्टर नपठाईदा झण्डै ८० टन खाद्यन्न सल्लेरी ल्याईएको ३ हप्ता पछि मात्रै डब्लु एफ पी को एम आई १७ हेलीकोप्टर मार्फत गाउँ पुर्याइएको छ । संकटग्रस्त क्षेत्र घोषणा गरिएको छिमेकी जिल्लाहरु रामेछाप र ओखलढुंगाका गाउँहरुमा हेलीकोप्टर मार्फत बिभिन्न राहत सामगृहरु दिनमा १० फ्याईट सम्म ल्याईदा सोलुखुम्बुका गोली चौलाखर्क भकान्जेका पिडितहरु टुलुटुलु हेरेर बस्न बाध्य भएको व्यवसायी बाबुराम श्रेष्ठको भनाई छ ।

सोलुखुम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न जिल्ला तहबाट पहल भईरहे पनि त्यो सफल भएको छैन । जिल्लाको अनुगमन गर्न आएका सिंचाई मन्त्री एन पी साउदले त्यसका लागि पहल गर्ने आश्वासन दिएर काठमाडौा फर्किए पनि परिणाममुखी बनेको छैन । त्यस्तै सरस्वति न्यौपानेको नेतृत्वमा आएको संसदिय अनुगमन टोलीले पनि सरकारलाई निर्देशन दिने आश्वासन दिएको थियो ।

यस अघि जिल्ला दैबि प्रकोप उद्धार समितिबाट संकटग्रसत क्षेत्र घोषणाका लागि पठाईएको माग पत्र केन्द्रीय देबि प्रकोप समिति हुदै मन्त्रीपरिषद बैठक सम्म पुगे पनि मन्त्रीपरिषदको बैठकमा घोषणाका लागि अस्वीकृत गरिएको थियो । नेपाली काग्रेसका जिल्ला सभापति आङगेलु शेर्पाले सोलुखुम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गराउन जिल्लाबाट निर्बाचीत जनप्रतिनिधिहरुले भुमिका खेल्न नसकेको आरोप छ ।

संकटग्रस्त क्षेत्र घोषणा हुन नदिन केही एयरलाईन्स कम्पनि तथा ट्रेकिङ एजेन्सीहरुले राजनितिक तह सम्म दबाब दिएको स्थानिय राजनितिक दलका नेताहरुको दाबी छ । पर्यटकिय क्षेत्र सोलुखुम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरिदा खुम्बु क्षेत्रमा पर्यटक नआउने भएकाले घोषणा गर्न नदिन जनप्रतिनिधिहरुले नै चलखेल गरेको एकिकृत नेकपा माओबादीका अध्यक्ष गोम्बु शेर्पा कज्र्याङको आरोप छ ।

तर पर्यटक आगमनलाई मात्रै महत्व दिएर हजारौँ भुकम्प पिडित जिल्लाबासीलाई राहतबाट बन्चीत गराईनु नुहने पक्षमा सोलुबासी छन् । सोलुखुम्बुको तर्फबाट दुइ जना सभाषद भए पनि उनीहरुले राहतका बारेमा प्रभाबकारी काम गर्न नसकेको पिडितहरुले दुखेसो गरिरहेका छन् । नेपाली काग्रेसका नेता बल बहादुर केसी सोलुखुम्बुबाट प्रत्यक्ष निर्बाचित सभाषद हुन् भने एमाओबादी सल्लाहाकार गोपाल गिरी समानुपातिक तर्फका सभाषद हुन् ।

भुकम्प पिडितहरुले पनि तत्काल हेलीकोप्टर मार्फत राहत सामगृ ढुवानी गरिदिन माग गरेका छन् । भुकम्प बाट सबैभन्दा बढि क्षेतिग्रस्त क्षेत्र डाँडापारिका गाबिसहरु गोली चौलाखर्क र भकान्जेमा अहिले सम्म एक बोरा चामल समेत पुगेको छैन । सोलुखुम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा नगरिएकै कारण राज्यको प्राथमिक्तामा नपरेकाले राहत सामर्गी बितरणमा समस्या उत्पन्न भएको जिल्लाबासीहरुको बुझाई छ ।

सोलुखुम्बु सदरमुकाम सल्लेरीमा बाहिरबाट घरहरु सग्लो देखिए पनि अधिकांश घरहरु बस्नै नमिल्ने गरि चिरा परेका छन् । अहिले पनि कतिपय सर्बसाधरणहरु पाल मै बसिरहेका छन् भने केही जोखीम मोलेर नै क्षति पुगेका घरहरुमा रात बिताउन थालेका छन् । त्यस्तै आधा–दर्जन सरकारी कार्यालय कोठा नपाएपछि भूकम्पबाट जोखिम बनेको भवनबाटै कष्टप्रद तरिकाले सेवा दिइरहेका छन् ।

वैशाख १२ र त्यसपछिको शक्तिशाली परकम्पले भवनमा क्षति पु¥याएपछि सरकारी कार्यालयले जोखिमयुक्त भवनबाटै सेवा दिन बाध्य भएका हुन् । जिल्ला प्रशासन कार्यालय, कृषि विकास बैंक, जिल्ला प्राविधिक कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, महिला तथा बालबालिका कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालय लगायतका सरकारी कार्यालयहरु प्रतीक्षालय, भान्छाकोठा, शयनकक्ष, टेन्टलगायतबाट सेवाग्राहीलाई सेवा दिइरहेका छन् ।

सदरमुकाम सल्लेरीका अधिकांश घरमा भूकम्पबाट क्षति पुगेर भनेजस्तो भवन नपाएपछि यहाँका कार्यालयहरुले जोखिमयुक्त भवनबाटै सेवा दिनुपरेको हो । भूकम्पले कार्यालय भवनमा क्षति पु¥याएपछि वित्तीय कारोबार गर्ने कार्यालयहरु बढी समस्यामा परेका छन् । यहाँका कार्यालयहरुले सोलुखुम्बु संकटग्रस्त क्षेत्र घोषणा नहुँदा कार्यालय सञ्चालनका लागि सरकारीस्तरबाटै सहयोग नपाएको गुनासो गरेका छन् ।







Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com