SHASHISHEKHAR GHIMIRE

राखेप,युवराज लामा र चारबर्षे कार्यकाल
[2015-06-10 오후 5:19:00]

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले बर्खास्त गर्नु अघिसम्म युवराज लामा परिषद्को इतिहासमै उम्दा सदस्य सचिव बन्ने तरखरमा थिए । तर अनावश्यक रुपमा उनी सक्रिय हुन खोज्दा लामाले तीन वर्षमा हाँसिल गरेको उपलब्धि एक बर्षको विवादले ओझेलमा पारिदियो ।

आफनै पार्टीका खेलकर्मीबाट व्यापक विरोध र असहयोगका बीच करातेका पूर्व खेलाडी लामाले २०६८ साल जेठ २९ गते पद वहाली गरेका थिए । उनी आएदेखि मुलुकमा चार सरकार फेरिए, ६ जना खेलकुदमन्त्रीसमेत फेरियो ।

सरकार प्रमुख संरक्षक र विभागीय मन्त्री अध्यक्ष रहने परिषद्मा लामाले चार बर्ष पार लगाउन सफल भए । २०४६ सालपछि चार बर्षको पूर्ण कार्यकाल सम्हाल्ने लामा दोस्रो सदस्यसचिव हुन् । यसअघि विनोद शंखर पालिखेले चार बर्षे कार्यकाल पूरा गरेका थिए ।
हरिबाबु चौधरी खेलकुद परिषद्को सदस्य सचिव हुदाँ नेपाली खेलकुदमा मनोमानिपन र तालाबन्दीमा वित्यो । तर लामाको पालामा यस्ता अराजकता मौलाउन पाएनन् ।

शरदचन्द्र शाहपछि खेलकुदमा पूर्वाधारको विकाश गर्ने युवराज लामा नै हुन् । २१ जिल्लामा सेमी कवर्ड हल, पोखरामा बहुउद्देश्यीय मेघा कवर्ड हल, सातदोवाटोमा कराते र तेक्वान्दोका लागि आधुनिक कवर्ड हल, दशरथ रंगशालाको जिणाद्दार, क्षेत्रीय रंगशाला मर्मत, सातदोवाटामा वेवारिसे सुटिङ रेञ्जको सदुपयोग गर्दै बनाइएका हलहरु लामाका उदाहरणीय काम हुन् ।

बृहत अन्तराष्ट्रिय खेलकुद आउनु केहि समय अघिमात्र खेलाडी छनौट गर्ने र केही साताको प्रशिक्षणको भरमा प्रतिस्पर्धामा उत्रनु पर्ने खेलाडीको बाध्यतालाई लामाले चिर्न सफल भए । सम्भावना बोकेका खेलको छनौट गरी १२ महिना नै प्रशिक्षणको व्यवस्था गरे ।

सदस्य सचिव आफुले पाएको अधिकार अरुलाइ हस्तान्तरण गर्न नचाहने, खेलकुदको निर्णयको अन्तिम अधिकार सदस्य सचिवलाई भएको ऐन–नियमलाई युवराज लामाले केही सुधार गरेका छन् । विषेश गरी आथिर्क र प्रशासनिक कार्यका लागि उनले निर्देशिका, कार्यविधि बनाए ।

साग, एशियाड र ओलम्पिक खेलमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई पुरस्कारको ब्यवसथा गरे । विद्यालय खेलकुद विकास बोर्ड गठन गरी स्कुल टु ओलम्पिक भन्ने नया नारा र परियोजना पारित गरी परिषद अन्तगत कार्यरत सम्पूण प्रशिक्षकहरलाई स्कुलमा केन्दित गर्ने कायहरु गरे ।

१.लामो समयदेखि नेपाल क्रिकेट संघ क्यानलाई बेरुजु फच्र्छौंट नगर्ने, क्रिकेटको पैसामा मोजमस्ती गर्नेलाई नै उनले क्रिकेटको जिम्मा दिए । तेक्वान्दोमा पनि अनावश्यक विवाद भयो । डब्लुटिएफ र आएटिएफ हुदाहुदै उनले युनियन गठन गरे । दावा गुरुङलाई मात्र करातेकर्मी देख्नु पनि लामाको कमजोरी रह्यो । कार्यकालको अन्तिम साता मात्र उनले नेपाल हक्की संघ विगठनको काम गरे ।

२. प्रथम र द्वितीय श्रेणीको कर्मचारीलाई वाइपास गरेर लामाले तृतीय श्रेणका कर्मचारीलाई विभागीय प्रमुख बनाउने प्रयास गरे । त्यस्तै दरवन्दी नै नभएको स्थानमा कर्मचारी सरुवा गरेर उनले मनोमानि गरेको स्पष्ट झल्काए ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com