दिपेन्द्र भट्टराई

गण्डक बाँध,नेपाली जनता र डुवानको खतरा
[2015-06-09 오후 7:50:00]


गण्डक बाँधका कारण डुवान हनेुको खतरा बढेको भन्दै नवलपरासी दक्षिण भेगका स्थानीय त्रसित बन्न थालेका छन् । वर्षायाम सुरु भइसक्दा पनि जीर्ण अवस्थामा रहेका गण्डक बाँधका ठोकर मर्मतमा चाँसो नदिदा डुवान र कटानको खतरा बढेको भन्दै डुबान क्षेत्रमा रहेका १३ गाविसका स्थानीय त्रसित बनेका हुन ।

उनीहरुले तत्काल जीर्ण अवस्थामा रहेका बाँध मर्मत र ब्लक निर्माण कार्य तत्काल सुचारु गर्न नेपाल सरकारमार्फत् भारतसँग माग गरेका छन् । बाँधका कारण नवलपरासीसहित भारतको गोरखपुरसम्मका करिब दुई दर्जन बढी गाउँ जोखिममा छन् ।

गण्डक बाँधको १२ र १३ नम्बरको ठोकरहरु सबैभन्दा बढी जीर्ण छन् । ति दुई ठोकरहरुको मर्मत र बीच भागमा गतवर्षदेखि ब्लक निर्माण (रेस्टोरेन्स)कार्य सुरु गरिएपनि ठेकेदारको आपसी विवादका कारण काम अगाडी बढ्न सकेको थिएन ।

गुणस्तरहीन काम भएको भन्दै स्थानीयबाट बिरोध आएपछि पेटी ठेकेदार र प्रमुख ठेकेदार बीच विवाद उत्पन्न हुँदा काम हुन सकेको थिएन । अहिले ठोकर मर्मत र व्लक निर्माणको काम सुरु गर्ने सहमति भएको छ । तर वर्षा सुरु भइसक्दा पनि काम सुरु नभएकाले गाउँहरुले त्रसित बनेका छन् ।

गण्डक नदीमा बनाईएका सबै बाँधहरुको मर्मत गर्नु पर्ने भएपनि सबैभन्दा बढी १२ को ‘ए’ र १३ नम्बर बाँध जीर्ण छन् । ति दुई ठोकरहरुको तत्काल मर्मत र बीचमा नयाँ ब्लक बनाउन नसके सामान्य वर्षामा पनि बाँध फुट्ने खतरा बढेको स्थानीयले बताएका छन् ।

ती ठोकरहरुका बीचमा अहिले नयाँ ब्लक (रेस्टोरेन्स) आवश्यक छ । रेस्टोरेन्स र बाँध मर्मत नभए गण्डक नदीमा सामान्य पानीको वहाव बढ्ने वित्तिकै तत्कालरुपमा नर्सही, पक्लिहवा र गुठिप्रसौनी गरि तीन गाविसका ५ सय बढी घरपरिवार विस्थापित हुने अवस्थामा छन् भने हजारौ विगाहा कटानको जोखिममा छन् ।

गण्डक सम्झौता अनुसार गण्डक क्षेत्रमा गर्नुपर्ने सम्पुर्ण काम भारत सरकारको रहेको छ । त्यसमा पनि ए ग्याप बाँध,बि ग्याप बाँध,नेपाल बाँध र लिंक बाँधको मर्मत,निर्माण गर्ने जिम्मेवारी उत्तर प्रदेश सरकारको रहेको छ । हरेक वर्ष काम सुरु हुने बित्तिकै गुणस्तरहीनको विषयलाई लिएर विवाद हुने गरेको छ ।
जसका कारण हिँउदभरी काम नहुने र वर्षायाममा आएर काम सुरु गर्ने गरिएको छ । वर्षायाममा सुरु गरेको कामका कारण सामान्य वाढीले पनि ब्लक र मर्मतको काम बगाएर लैजाने गरेको छ । जसले गर्दा समस्या जस्ताको तस्तै हुँदा दक्षिण भेगका स्थानीय डुवानको त्रासमा बस्नु परेको हो ।

गत वर्षको वैशाख महिना भित्रै गण्डक बाँधको मर्मत र ब्लक निर्माण गर्न भारत सरकारले २२ करोड भारतीय रुपैयाँमा ठेक्का लगाएपनि एकवर्ष वितिसक्दा पनि काम सम्पन्न हुन सकेको छैन ।

ठोकरहरु मर्मत र नयाँ ब्लक (रेस्टोरेन्स) नभए यो वर्षमा आउन सक्ने बाढीले दक्षिण भेगका त्रिवेणी सुस्ता , रुपौलिया , पक्लिहवा , गुठिसूर्यपुरा , बैदौली , प्रतापपुर , कुडिया , ठुलोखैराटवा , रामनगर , सूर्यपुरा , बडहरादुबौलिया, दाउन्नेदेवी र सोमनी गरि १३ गाविस डुवान र कटानको जोखिममा परेका छन् ।

गण्डक नहरबाट नवलपरासी दक्षिणभेगका २० गाविसमा सिँचाई गर्न विभिन्न शाखा र प्रशाखा नहरबाट पानी लगिने व्यवस्था मिलाइएको छ । ३२ कि.मि. क्षेत्रफलको नहरले ति गाविसकाआठ हजार सात सय हेक्टर खेतियोग्य जमिनमा सिँचाई हुँदै आएकोछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com