श्याम गुप्ता

भन्सार छुटको फाइदा उठाउँदै त्रिपालको कालोबजारी
[2015-05-25 오후 5:24:00]


नेपालको प्रमुख नाका बिरगंज भन्सारबाट बिभिन्न व्यपारीहरुले व्यवसायीक प्रयोजनको लागि करोडौं मुल्य बराबरको त्रिपाल नेपाल भित्राएपनि उपभोक्तहरुले सहज रुपमा पाउँन सकिरहेका छैनन् ।

नेपालमा बैशाख १२ र २९ गते गएको महाविनाशकारी भुकम्पमा हजारौंले ज्यान गुमाउँनुका साथै ६ लाख परिवार घरबिहिन भएको बेला पिड्तिहरुलाइ टाउको लुकाउँनका लागि त्रिपालको आवश्यक्ता परिरहेको अवस्था भएको हो ।

महाभुकम्पबाट घरबिहिन भइ अस्थाइ रुपमा भुकम्प पिड्तिहरुको सहुलियतको लागि नेपाल सरकारले त्रिपाल खरिद लगायत खाद्यान्न बस्तुहरुमा बैशाख १९ गते देखी जेष्ठ २० सम्मका लागि भन्सार महशुल र राजश्व (भ्याट) मा पुर्ण रुपमा हाल सम्म छुट गरेको छ ।

भन्सार छुट भए लगत्तै देश भरका अधिकांश व्यापारीहरुले सहुलियतको मौका छोप्दै भारत लगायत तेस्रो मुलकबाट त्रिपाल तथा खाद्यान्न नेपाल भित्राइ रहेका छन् । तर , आम नेपाली उपभोक्ता एवंम् भुकम्प पिडितले यि त्रिपाल तथा खाद्यान्न सहज र सुलभ मुल्यमा पाउँन नसकेका हुँन् ।

बिरगंज भन्सार कार्यालयबाट बैशाख १९ गते देखि हाल सम्म व्यवसायीक प्रयोजनको लागि १९ करोड ४१ लाख २५ हजार २ सय ८५ मुल्य बराबरको ३ लाख ९९ हजार ५ सय ९९ थान त्रिपाल यस कार्यालयबाट मात्रै ब्यापारीहरुले भित्रिएइ सकेका छन् ।

जसमा मिश्रा इन्टरप्राइजेज , बानिया ट्रेडर्स , सरावगी ट्रेडर्स , गौतम मेशिनरी एण्ड टुल्स , खुसि इन्टरप्राइजेज , सुप्रिम प्लास्टीक कन्सर्न , माइब्रेन्ट टेड्रीङ कन्सर्न , भि मल्टी कन्सर्न प्रा.लि , विश्वकर्मा ट्रेड कन्सर्न , क्रिशुल ट्रेडीङ , जिके ट्रेडर्स , मारुती प्लास्टीक उद्योग , न्यू साहिल ट्रेडर्स , गौतम ओभरसिज , जय किसान सिड सेन्टर , साहिल एण्ड बवली अर्डर सप्लायर्स , कान्तिपुर प्लास्टीक सप्लायर्स लगायतका यि व्यवसायीक फर्महरुले ५ हजार थान भन्दा बढी त्रिपाल पटक पटक गरी बढीमा ६ पटक सम्म भित्राइ सकेका हुँन् ।

भने भन्सार महशुल र राजश्व छुटको १६ औं दिनमा १ सय ६८ ब्यवसायीक फर्महरुले लाखौं त्रिपाल भन्सारबाट भित्राई सकेको छ । यि त्रिपालमा लाग्ने भन्सार महशुल ३० प्रतिशत बराबर ५ करोड ८२ लाख ३७ हजार ५ सय ८५ रुपैयाँ र भ्याटको १३ प्रतिशत बराबर ३ करोड २८ लाख ७ हजार १ सय ७३ रुपैयाँ गरी नेपाल सरकारले यि १६ दिनको अवधीमा ब्यवसायीहरुबाट ९ करोड १ लाख ४४ हजार ७ सय ५८ रुपैयाँ राजश्व घाटा व्यवहोरेको भन्सार कार्यालय प्रवक्ता एवंम् भन्सार अधिकृत सुशिलकुमार शर्माले बताए ।

नेपाल सरकार तथा बिभिन्न सरकारी गैर सरकारी , संघ संस्था र व्यक्तिगत रुपमा महाभुकम्पमा परि घरबार बिहिन भएका परिवारका लागि ओत लाग्न त्रिपाल बितरण भइरहेको छ । देशमा त्रिपालको ठुलो कारखाना नभएकोले सरकारले भारत लगायत तेस्रो मुलुकबाट आयात गर्नु पर्ने हुँदा सम्पुर्ण भन्सार महशुल र कर छुटको निर्णय गरेको हो ।

सरकारले अगामी जेष्ठ २० गते सम्म त्रिपालमा भन्सार तथा सम्पूर्ण कर महसुल छुट गरेको छ । भूकम्प अघि त्रिपाल आयातमा मूल्यांङ्कनको ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मुल्य अभिवृद्धि कर तिर्नु पथ्र्यो । तर , अहिले भन्सार सेवा शुल्क एक पटकको बिलबिजकमा जति संख्यामा त्रिपाल भित्राएपनि सेवा शुल्क बापत ५ सय ६५ रुपैयाँ मात्रै बुझाउँनु पर्ने प्रवक्ता एवंम् भन्सार अधिकृत शर्माले भन्छन् ।

व्यावसायीहरुले बिभिन्न नयाँ नयाँ डिजाइनका महंङ्गा त्रिपाल भित्राइरहेका छन् । भुकम्प पिडितहरुले नि ः शुल्क रुपमा अहिले पाएका त्रिपाल दुइ तिन महिना भित्र घाम पानीले सँडेर जान्छ । त्यस बेला सरकारद्वारा भन्सार एवंम् कर सहुलयतबाट भित्राएको त्रिपाल व्यापारीहरुले महंङ्गो मूल्यमा मन पर्दो दाम थपि तिनै भुकम्प पिडितहरुलाइ बिक्री बितरण गरिरहेका छन् ।

हाल सम्म आयत भएको त्रिपालले आठ लाख परिवारलाइ पुग्छ । तर , भुकम्प पिडित ६ लाख घरपरिवार मध्ये अधिकांशले खुल्ला अकाश मुनी नैं दिन रात र घाम पानीमा बस्न बाध्य भएका छन् ।

सरकारले भुकम्प पिड्तिको राहतको लागि भन्सार लगायत सम्पूर्ण कर छुट गरे पनि बजारमा यसको मूल्य दिनहँु बढिरहेको छ । मुल्य बढेपनि राहत सहिँत त्रिपाल बितरण गर्नका लागि बजारमा त्रिपाल नपाएको स्थानीयहरुले गुनाँसो गरे । उनीहरुले माउण्टेज टेलिभिजनका प्रतिनिधीसँग गुनाँसो गर्दै भने – हामीले बिगतका दिनमा १२×१५ को त्रिपाल ९ सय रुपैयाँमा किन्न पाउन्थ्यौं , तर अहिले हजार÷बाह्र सय रुपैयाँमा पनि सजिलै पाउँन मुस्किल भइरहेको छ ।

यसैगरी भारतबाट धेरै मात्रामा त्रिपाल भित्रेपनि हजार १५ सयमा पर्ने त्रिपाल २ हजार देखि ३ हजार सम्म पर्न गएको बिरगंज श्रीपुरका सचिन सुब्बाले बताए । उनले भने भारतबाट दिनानुदिन त्रिपाल भित्रिदै छ । तर , त्रिपालको अतोपत्तो छैन् , न त कुँनै निकायले नैं खोज विन गरेको छ ।

बिरगंज लगायत आसपासका क्षेत्रमा प्रतिपिसको ९ सय रुपैयाँ पर्ने त्रिपाल हाल आएर १५ सय देखि २५ सय रुपैयाँ परिरहेको छ । त्यसैगरी यसै मौका छोपी सिमापारी रक्सौलका व्यापारीहरुले पनि एक त्रिपालमा ४ रुपैयाँ भारु थप गरि खुद्रा मुल्यमा बेचिरहेका छन् ।

यता जिल्ला प्रहरी कार्यालयले ९ लाख भन्दा बढी त्रिपाल भित्रिएपनि कहाँ गयो भन्ने बारे केही जानकारी नरहेको प्रहरी नायब उपरिक्षक बिरबहादुर ओलीले बताए । उनले भने व्यापारीहरुले त्रिपाल भित्राएर भन्डारण गरेको , भुकम्प पिडित या उपभोक्ताले त्रिपाल महंङ्गो मुल्यमा बेच्यो , ठग्यो भन्ने बारेमा हामीसँग कुँनै प्रकारको उजुरी या सुचना आएको छैन यस्तो उजुरी आएमा हामी कार्वाही तर्फ अगाडी बढ्ने उनी बताउँ छन् ।

पिडितलाइ राहत दिनु पर्नेमा आहत दिने गरि पुर्व योजना बनाइ व्यापारीले भित्राइएको त्रिपाल आँफैमा गैर कानुनि हुँनु पर्ने तर , प्रशासन भने उजुरीको पर्खाइमा छन् । अनुगमन गर्ने कहाँ न कहाँ उपभोक्ताले उजुरी दिए कार्वाही गर्ने प्रहरी नायब उपरिक्षक ओलीले प्रतिवद्धता जनाउँ छन् ।

यसरी हाम्रै नेपाली दाजु भाइ , दिदी बहिनी तथा आमा बुवा भुकम्पको कहरबाट गुज्रिरहेका छन् । यस्तो समयमा व्यापारीहरुले एउटा व्यवसायको नजरले मात्रै होइन् की हामी नेपाली तथा छिमेकी हौं भन्ने धारण लिएर भुकम्प पिड्तिहरुका लागि सह्योगको हाँत उठाउँन आवश्यक छ ।

भने महाविनाशकारी भुकम्पबाट पिड्ति बनेका नेपालीहरुको सहुलियतका लागि बिरगंज भन्सारले गरेको कर छुटको फाइदा उठाउँदै त्रिपाल तथा अन्य खाद्य सामग्रीको कालोबजारी गर्ने ब्यापारीहरुको बारेमा प्रहरी प्रशासनहरुले पनि उजुरी या सुचनाको प्रतिक्षामा नबसि बजार अनुगमन गर्नुका साथै दोषी भेटिनेलाइ कारावाहीको दायरामा ल्याउँन जरुरी देखिन्छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com