shashishekhar ghimire

प्रधानमन्त्रीको लाचार सम्बोधन
[2015-05-14 오후 10:45:00]

शनिबार गएको विनाशकारी भूकम्पले यतिबेला मुलुकमा महाविपद् निम्तिएको छ । जनता सरकारले तत्काल उद्धार र राहत देओस् भन्ने चाहन्छन् । त्यहि राहत दिने सरकार र त्यसको नेतृत्व गरेका प्रधानमन्त्री शुसील कोईरालाले चार दिनपछि बल्ल जनताको नाममा सम्बोधन त गरे ।

तर प्रधानमन्त्रीको सम्बोधन भने सराद्धे गर्दा बिरालो बाँध्ने पुरानो चलनभन्दा फरक रहेन । जनताले केहि पाएनन् । घरसँगै अन्नपात सबै पुरियो । ओत लाग्ने ठाउँ छैन् । अलिअलि भएको पैसा घरमै पुरियो ।

खल्ती रित्तो छ । एकसरो लगाएको लुगाबाहेक अन्य लत्ताकपडा केहिछैन । खुल्ला आकाशमुनी चउरमा बास छ । यतिबेला नै बजारमा कालाबजारी मौलाएको छ । जनता यी र यस्ता विपद्मा छन् । यहिबीच विदेशमा रहेका प्रधानमन्त्री जनताको दुःखमा मल्हम लगाउन भन्दै भ्रमण छोट्याएर स्वदेश फर्किए ।

त्यहिबीच प्रधानमन्त्री शुसील कोईरालाले विनाशकारी भूकम्प गएको ४ दिनपछि बल्ल देशबासीका नाममा सम्बोधन गरे । दिउँसो तीन बजे गर्ने भनिएको सम्बोधन ठिक ७ बजे गरे । चार घण्टा ढिलो गरेर सम्बोधन गरेका प्रधानमन्त्री सुरुमै अल्मलीए सम्बोधन गर्नलाई ।

प्रधानमन्त्री जनताको बारेमा भनेर १० मिनेट बोले । एक मिनेट श्रदाञ्जली व्यक्त गरे । एक मिनेट अरुलाई सहयोगका लागि अपील गरे अनि जनतालाई भने, निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिन्छ ।अरुलाई नै सहयोग गर्न अपील गरिरहेका प्रधानमन्त्रीले त्यसपछि सरकारको कर्तव्यबारे यी यस्ता अमूर्त कुरा राखे ।

यतिकैमा पाँच मिनेट सकियो । अनि जनतालाई धैर्य गर्न आग्रह गरे । त्यसपछि छिमेकी देशले गरेको सहयोगको व्यापक चर्चा गरेका प्रधानमन्त्रीले राजनीतिक भाषण पनि गर्न भ्याईहाले । र भने यो विकासको चरणको अग्निपरिक्षा हो यो । राहतका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायलाई पटकपटक कृतज्ञता प्रदान गरेका प्रधानमन्त्रीले अब म यसो गर्छु र सरकारले जनतालाई यो माध्यमबाट यो सहयोग गर्छू भन्न सकेनन् । करिब १० मिनेट सकियोे । जनतालाई नाना, छाना र खानाको यो व्यवस्था गर्छु भन्न सकेनन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com