NK

विपत्तिपछिको आममनस्थिति कस्तो हुन्छ र के गर्ने?
[2015-04-27 오후 9:08:00]

देशमा विनाशकारी भूकम्प गएको छ । ठूलो जनधनको क्षति भएको छ । अहिले हामी शोकमा छौँ । अहिले अनेक हल्ला पनि चलिरहेका छन् । आमसर्वसाधारणमा त्रास फैलिएको छ । यो भूकम्पबारे विज्ञले भनिरहनुभएको छ कि यसको भविष्यवाणी गर्न सकिँदैन र यसमा सतर्कता अपनाउनु नै बुद्धिमानी हो । यस्ता ठूला विपत्तिपछि खासगरी बालबालिका, महिला, वृद्धवृद्धाको मानसिकतामा असर गर्छ । खासगरी केटाकेटीहरुको मानसपटलमा डर, त्रास, चिन्ता उत्पन्न हुन्छ । उनीहरुलाई के भएको भन्ने वास्तविकता थाहा हुँदैन । उनीहरु अनिश्चित मानसिकतामा हुन्छन् । उनीहरुमा हरक्षण अब के होला भन्ने त्रास उत्पन्न भइरहन्छ ।

त्यसैले यस्ता ठूला विपत्तिका कुराले उनीहरुमा मानसिक आघात पर्छ । त्रासले गहिरो छाप पार्छ । यसलाई ट्रमाटाइज भनिन्छ । बालबालिकामा परेको यस्तो प्रकारको मानसिक आघात धेरै पछिसम्म पनि रहन्छ । कति समयसम्म भन्ने हुँदैन, जीवनको लामो समयसम्म पनि यसको असर रहन सक्छ । जसलाई पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भनिन्छ । अहिले देशमा विनाशकारी भूकम्प गएको छ । साना झट्का आइरहेका छन् । विज्ञले भनिरहनुभएकै छ, ठूलो भूकम्पपछि सानातिना धक्का केही समय आइरहन्छन् । कतिखेर कस्तो भूकम्प आउँछ भन्ने थाह हुँदैन ।

अहिले बालबालिका, महिला, वृद्धवृद्धामा अवश्य नै निकै त्रास उत्पन्न भएको हुन्छ । बालबालिका मात्रै नभएर महिला, वृद्धवृद्धा पनि मानसिक रुपले निकै विचलित हुनुभएको छ । यस्तो अवस्थामा ट्रमा काउन्सेलिङले नै महत्वपूर्ण हुन्छ । भूकम्पबारे वास्तविकता बुझाउनुपर्छ । हल्लालाई महत्व दिनुहुँदैन । सबैतिरबाट सही र सकारात्मक सन्देश जाने खालका कुरा आउनुपर्छ । हाम्रो देशमा काउन्सिलिङ त्यति प्रयोग र महत्वमा आएको पाइँदैन । भूकम्पको झट्कापछि त्रासमा रहेका खासगरी बालबालिका, महिला र वृद्धवृद्धालाई परामर्श दिनुपर्छ, शिविरै चलाएर पनि । उनीहरुले अनुभूति गरेको, भोगेको कुरालाई बारम्बार भन्न लगाउनुपर्छ । उनीहरुको पीडा सुन्नुपर्छ । उनीहरुलाई पीडा अभिव्यक्त गर्ने अवसर दिइरहनुपर्छ । यसले उनीहरुलाई केही हल्का हुन्छ । उनीहरुलाई सहानुभूति दिइरहनुपर्छ ।

यस्तो बेला के गरौँ, कसो गरौँ हुन्छ । छटपटाउन, काम्न पनि सक्छन् । तत्कालका लागि विपत्तिपछि अत्तालिएकालाई गर्ने भनेको यही नै हो । त्यसैले अहिले हामी सबैले विपत्तिले अत्तालिएकाहरुलाई सहज हुने वातावरण सिर्जना गर्नुपर्छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com