शशीशेखर घिमिरे

जीर्ण सडक, अकालमै मृत्यु र भोलीको अवस्था
[2015-04-22 오후 9:31:00]


साघुरो सडक ,जीर्ण सवारीसाधन र चालकको लापरवहीका कारण अनाहकमा प्रति वर्ष सयौ यात्रु मर्न वाध्य छन् । तीर्थ यात्रामा आएको भारतीय पर्यटक सवार वस एकाविहानै धादिङमा खसे संगै नेपालको धार्मिक पर्यटनमा धेरेथोर प्रभाव पर्ने देखिन्छ । नेपालको धार्मिक भम्रणमा भारतीयहरु आएका थिए । विषेशगरि पशुपतिनाथको दर्शन नै उनिहरुको मुख्य योजनामा थियो । प्राय उपत्यका छिरेपछि भारतीय पर्यटकको मुख्य रोजाई पशुपतिनाथ र स्वयम्भू नै हुने गरेका छन् ।

घुमघाम र दर्शन पछि स्वदेश फिर्दै गरेको भारतीय तीर्थयात्रु वोकेको वस अचानक दुर्घटनामा पर्यो । १७ जनाको मृत्यु भयो ,घाईतेको उपचार जारी छ । गोरखपुर जाँदै गरेको भारतीय पर्यटकहरु चढेको जी जे १४ एक्स नम्बरको बस नागढुंगाबाट केही अगाडि झ्याप्लेखोलामा एक्कासी अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खसेको देखिन्छ । एउटा कल्पनीय सडक यात्राको दुखद समाचार भारतीए तीर्थयात्री वन्न पुगे ।

आफनो थातथलो भन्दा धेरै पर धार्मिक यात्रामा निस्केका उनिहरु यात्रा सकाएर फिर्न सकेनन् । सडक मार्ग हुदै राजधानी काठमाण्डुवाट वाहिरीने पृथ्वीराजमार्ग साघुरो त छदैछ चालकको सानो लापरवाहीले पनि धेरै यात्रुहरुले ज्यान नै गुमाईसकेको घटना नौलो छैन । तथ्याकं देखाउछ पर्यटकीय मुलुक नेपालमा भारतीयहरुको प्रवेश ज्यदा छ । भारतमा हुने अत्यधिक गर्मी छल्न होस् या धार्मीक उद्येश्यले भारतीयहरु नेपाल वढि आउने गरेका छन् ।

पर्यटन क्षेत्रमा भरतीयको गतिलो हिस्सा रहेको छ । अकाल मृत्यु सायद कसैको लागी पनि सुखद रहने कुरै भएन् । मनोरञ्जन र घुमधामममा आएको पर्यटकहरुको यात्रा सुखद वनाउन नसक्नुको प्रमुख कारण नै नेपालमा भए गरेका सडक मार्ग होस् या हवाई दुवै हुने गरेका छन् । वर्ष दिन अघि मात्र मुस्ताङमा भएको हवाई दुर्घटनामा धेरै भारतीय पर्यटकले ज्यान गुमाए ।

जे जस्तो भएपनि मुलुक छिर्ने जोकोही वा जुनसुकै भाषा संस्कृति र भौगेलिक परिधीवाट आएका हुन् उनिहरुको यात्रा सुखद र समझना लायक वनाउन सकिएन भने अवस्था भयाभव हुने छ । मुख्यगरि साघुरो सडकका कारण दुर्घटना वढिरहेका छन् । उपत्यका जोडने पृथ्वी राजमार्गको अवस्था जस्ताको त्यस्तै नै रहेको छ , वेलावेलामा मर्मत सुधार वाहेक राजमार्ग पराकिलो पार्ने वा अन्य सुरक्षित वनाउने सरकारी योजन खासै सुनिएको देखिन्न ।

त्यसैले त वेलावखत ठुला दुर्घटनमा धेरैले ज्यान गुमाउनु परिरहेको छ । यस्को अन्तय नभए सम्म तरवारको धारमा जीवन राखेर यात्रा सुरक्षित र शुभ रहने आशा गर्न सकिन्न । देशैभरका सडक यात्रा सुरक्षित र सुखद वनाउने कागजी सपनाहरु व्यवहारमा लागु वनाउन ढिलो नगर्ने कि ?



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com