लोकनारायण सुवेदी

सहकारी राष्ट्र निर्माणको सशक्त जन–साधन
[2015-04-03 오전 6:34:00]

देशको अग्रगामी आर्थिक–सामाजिक रुपान्तरणका लागि सहकारी एउटा सशक्त जन–माध्यम रहेको कुरा यसको बिश्वब्यापी अभियानले पनि स्पष्ट पारिरहेको छ । तर यसका जुन आधारभूत मूल्य, मान्यता, पद्धति र प्रकृयाहरु छन् तिनको ठिकसाग पालना नगरिदा यस भित्र अनेक बिकृति, बिसगतिका समस्याले यसलाई आक्रान्त पारेको छ ।त्यसैले नेपालको सन्दर्भमा आज यो सहकारीलाई गरीबी निवारण, स्थानीय श्रोत साधनको समुचित परिचालन, हुने खाने र हुदा खाने बीचको दूरी कम गर्ने दिशामा अग्रसरता, अरुलाई शोषण र अन्याय नगरी आफ्नै श्रम र पसिनाले सम्पन्न बन्ने सहकारी भावना र सिद्धान्त अनुरुप यसको सशक्त परिचालन गर्नमा रहेका बाधा, ब्यवधान र अप्ठयाराहरुलाई चिर्दै उत्पादनशील क्षेत्रमा जन सकृयता यसको आजको ज्वलन्त राष्ट्रिय आवश्यकता रहेको छ ।

सामाजिक न्याय, दीगो किस र निरन्तर लोकतान्त्रिकरण तथा समतामूलक समाज निर्माण गर्ने सास्कृतिको अबलम्बन गर्दै त्यसलाई शतत निरन्तरता दिइनुपर्ने सहकारी पद्धतिले माग गर्दछ । यसरी सहकारीलाई तलैदेखि उठेको राष्ट्र निर्माणको जगकोरुपमा काम गर्ने र स्व–निर्भर जन सकृयताकासाथ बिकास निर्माणका गतिबिधिलाई अघि बढाएर समृद्धि ल्याउने एउटा सशक्त जन साधनकोरुपमा प्रयुक्त गर्न सकिन्छ र गरिनु पर्दछ भन्ने कुरा एकदमै प्रष्ट छ ।यसो गर्न सकेमा नै आजको हाम्रो बढ्दो परनिर्भरता, बढ्दो आयात र बढ्दो ब्यापार घाटालाई पनि बस्तुगत किसिमले सार्थकरुपमा कम गर्दै आयात प्रतिस्थापन गर्ने दिशामा यथार्थरुपमा अघि बढ्न सकिने स्थिति बन्छ र चौतर्फी राष्ट्रिय समृद्धिको नया चरणमा देशले प्रवेश गर्ने पूर्वाधार पनि निर्माण हुन सक्तछ ।

साच्चै नै जन आधारित र जन निर्भर बिकास मोडेलकोरुपमा सहकारीलाई अघि बढाउन सक्दा नै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा यसले आधारभूत मद्दत दिन सक्तछ र बिश्वमा समान अन्तरनिर्भताको स्थिति खडा गर्न पनि यसले योगदान पुर्‍याउन सक्तछ । जुन आजको बहुध्रुबीय बन्दै गएको बिश्वमा अन्तर्राष्ट्रिय आवश्यकता पनि बन्दै गएको छ ।

आजको हाम्रो देशको आर्थिक अबस्थालाई बस्तुपरक ढंगले हेर्दा र केलाउदा जुन पछि परेका या पारिएका बर्ग, समुदाय र क्षेत्रहरु छन् तिनलाई अग्रभागमा ल्याउनका लागि समेत सहकारी अभियान पहिलो र आधारभूत पाइला हुन सक्तछ र हुनु पर्दछ । यस बाहेक अरु कुनै बनिबनाऊ बाटो पनि छैन र जन आधारित तथा नज उत्तरदायी बिकासका लागि यो माध्यम नै आजको निमित्त उपयोगी हुनसक्ने प्रचुर सम्भावना पनि रहेको छ ।

हुन पनि सहकारीलाई लोकतन्त्रको आधार र उस्तै आर्थिक स्थिति रहेका बर्ग र समुदाय मिलेर समुन्नतिको खोजी गर्ने माध्यमकोरुपमा पनि लिइन्छ ।समाजका पछि परेका, साधन श्रोतबिहीन जन समुदायको समुन्नति, संरक्षण र शतत बिकासको बाटोमा तिनलाई डोर्‍याउन अरु कुनै योभन्दा उपयुक्त माध्यम आज बिश्वब्यापीरुपमा र त्यसको एक अंश नेपालमा पनि कतै देखपरेको छैन । त्यसैल आजका नेपालका सहकारीकर्मी र यसका अभियन्ताहरुले अत्यन्तै गम्भीरुपमा गहिरोगरी सोच्नुपर्ने आवश्यकता के छ भने सहकारीलाई कुनै पनि हालतमा शोषण र ठगीको माध्यम बन्न दिइनु हुदैन । यसको बिपरीत यो जन शोषणबाट जनतालाई मुक्त गर्ने माध्यम हो र हुनु पर्दछ । यसको जन्म नै शोषणबाट मुक्ति र स्वनिर्भरता हो भन्ने कुरालाई राम्ररी आत्मसात गरिनु पर्दछ । सहकारी सिद्धान्तको वास्तविक सार नै बस्तुत: यही हो ।

निश्चय नै सहकारी सञ्चालनमा देखिएका गम्भीर कमजोरी र समस्याहरुप्रति आखा चिम्लिएर यो अभियानलाई सही र सशक्त किसिमले जनहितमा परिचालन गर्न सकिने छैन । यो अनुभवसिद्ध यथार्थ कुरा हो । यसलाई जुन आर्थिक बिचलन र बिसंगति लयाउने र ठगी गर्ने माध्यमकोरुपमा दुरुपयोग गर्ने बिसंगत प्रबृत्ति देखापरको छ नीतिगत प्रष्टता र कडा अनुगमन संयन्त्रको माध्यमबाट यसको समाधानको खोजी गरिनु पर्दछ । सरकार र सहकारी अभियन्ताहरु दुबै पक्षका कमी कमजोरी र त्रुटीहरुलाई हटाउने र पुन: दोहोरिन नदिने ठोस र प्रभावकारी उपायहरुको अबलम्बन गरेर सहकारीलाई नमूना सहकार्यको रुपमा प्रस्तुत गर्नु गराउनु आजको प्रमुख आवश्यकता हो । त्यसो गरिरहेका सहकारीहरुलाई प्रोत्साहन र प्रश्रय दिदै त्यसबाट बिचलित भएकाहरुलाई सही बाटोमा डोर्‍याउन मद्दत गर्ने र गलत बाटोमा लागेकाहरुलाई दण्डसजायको भागी बनाउने यथार्थपरक उपाय अबलम्बन गरिनै पर्दछ ।

निश्चय नै आज कतिपय सहकारीका कारण जनताले ठगिनु र त्रसित हुनुपरेको छ ।त्यस्ता सहकारीहरुले सदस्यहरुका बीच बिभेद गर्ने, कारोबार पारदर्शी नतुल्याउने, धितो बिना नै कर्जा प्रवाह गर्ने, गैरसदस्यमा पनि कारोबार गर्ने, बिभिन्न संस्थाहरुसाग समेत कारोबार गर्ने, नातागोता भित्रैबाट सदस्य र लेखा समिति बनाउने, कृत्रिम लेखापरीक्षण गराउने, दोहोर सदस्यता र सञ्चालक सदस्ता प्रदान गर्ने, बचत पैसालाई प्रशासनिक कार्यमा खर्च गर्ने, कार्यक्षेत्र बाहिर कारोबार गर्ने, बचतमा बढी ब्याजदरको लोभ देखाउने, कर्जामा चर्को ब्याज, चर्को सेवा शुल्क लिने, संस्थालाई कुनै दल बिशेषको भ्रातृ संस्थाकोरुपमा सञ्चालन गर्ने, सञ्चालक र कार्यकारी एउटै ब्यक्ति रहने, उदेश्य बिपरीत र बाहिर गएर कारोबार गर्ने, बहुउदेश्यी संस्थाले बित्तीय कारोबार मात्र गर्ने, राष्ट्र बैंकको स्वीकृति बेगर पनि कारोबार गर्ने,बित्तीय बिश्लेषण बिनानै कारोबार गर्ने, सञ्चालक एक पटक बनेपछि कहिले नछोड्ने, चल्ती खाता सञ्चालन, साधारण सभा समयमा नगर्ने आदि जस्ता समस्याले सहकारीहरु आक्रान्त छन् ।

सहकारीको काम बढी ग्राहक र बढी पैसा होइन, आबद्ध सदस्यहरुको स–सानो पूजीको पनि उत्पादनशील क्षेत्रमा सही सदुपयोग र त्यसबाट पूजी निर्माण र पुनर्लगानी हो भन्ने कुरालाई मनन गरिनु, गराइनु पर्दछ । यी गल्तीहरु सच्याउन कानुको परिमार्जन र ठोस कार्यान्वन आवश्यक छ ।

आजको सहकारीले बढीभन्दा बढी यूवा समुदाय र महिला समुदायलाई कसरी सक्रियरुपमा यसमा सहभागी बनाउन सकिन्छ भन्ने प्रष्ट मार्गचित्रका साथ अघि सर्नुपर्ने आवश्यकता छ । सहकारीको सिधान्त, दिशा निर्देश र लक्ष अनुरुप कसरी पछाडि परेका जन समुदायका पनि लक्षित बर्ग र तप्कालाई यस अभियानमा सम्मिलित गराउन सकिन्छ त्यस तर्फ सक्रिय अग्रसरता आवश्यक छ । यसका लागि सहकारीको सञ्जाल खडा गरिदा कम्तिमा नेपाली जनसंख्याको आधाभनदा बढी हिस्सारहेको ५० प्रतिशत महिला लगायत बिभिन्न पछि परेका समुदायलाई समानुपातिकढंगले सहभागी गराउने आजका सहकारीहरुले लक्ष निर्धारण गर्नु समयोचित हुन्छ ।यसरी मात्र गाउ गाउमा सहकारी भन्ने नारालाई ब्यबहारमा खरो उतार्न पनि सकिनेछ ।

यसका अतिरिक्त सहकारीलाई गुणात्मरुपमा बिकास गर्ने जुन कुरा गरिन्छ त्यसका लागि सहकारी शिक्ष, तालिम र सहकारी सूचना प्रणालीलाई पनि चुस्त दुरुस्त र प्रभावकारीरुपमा सञ्चाल गर्नु अत्यावश्यक छ । यसो गरेरै मात्र सहकारीहरुको संस्थागत बिकास, कृषिजन्य सहकारी उद्योगहरुको स्थापना, सुपथ मूल्यका पसलहरुको सही र प्रभावकारी परिचालन, कृषि उपजको बजारीकरण र कृषि ब्यवसायलाई प्रोत्साहन तथा सेवा क्षेत्रमा समेत सहकारीको प्रवेशलाई सुलभ र सहज तुल्याएरु देशमा ब्यपाक सहकारीकरणको अभियान चलाउनु पर्ने आवश्यकता आज देखिन्छ । यसतर्फ सरकार र सम्वद्ध सबैको ध्यान गम्भीररुपमा जानसके नेपालमा सहकारीको भबिष्य उज्वल छ र यसले राष्ट्रनिर्माणमा नबीन गतिशीलता र समुन्नति ल्याउन ठूलो योगदान दिनेछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com