NK REPORTER

पारशको स्वदेश फिर्ता र अवको वाटो
[2015-04-03 오전 6:36:00]

पिता ज्ञानेन्द्र सपरिवार भारत जाने मिति नजिकिएकै बेला पूर्वयुवराज पारस शाह करीव ४ बर्षको विदेश बसाईबाट स्वदेश फर्केका छन । तर आफनै कालो विगतका कारण पारशले निर्मलनिवास प्रवेश नपाई डेराको बास बस्नु परेको छ । आफनो सिंगो जीवनलाई प्रयोगशाला झै बनाउदै धेरै काला र कठीन आरोहअवरोहहरु पार गरेका छन पूर्व युवराज पारस शाहले । तथापी दिन बलिया भए धेरै ठूला संकटहरुका वीचबाट पनि जीवन यात्रा गुज्रिन संभव हुदो रहेछ भन्ने यथार्थका पर्याय पात्र हुन पूर्व युवराज पारश ।

धेरै अकल्पनिय मोडहरुका वीच जीवन गुजार्दै थाईल्याडबाट बिहिबार काठमाण्डौं ओर्लेका पारश नयां गेट अपमा थिए पुरानै हाउभाउ,शैली र बानी व्यहोराका साथ प्रशन्न मुद्रामा । तत्कालिन राजपरिवारका एक सदस्यका रुपमा मात्रै जन्मिएका पारश शाह अकल्पनिय रुपमै युवराज भएका थिए । जसै राजा वीरेन्द्रको वंश विनास भयो जेठ १९, २०५८ मा त्यस यता राजा बनेका उनका पिता ज्ञानेन्द्रले उनलाई अनायाशै युवराज बनाईदिएका थिए ।

जनआन्दोलन २०६२ः६३ को जगमा जसै देश गणतन्त्रमा गयो, तव राजसंस्थासंगै पारस पूर्व युवराजमा सीमित भए र विदेसीए पनि । यस वीचमा उनको जीवनका आरोहअवरोहरु निकै उत्ताउला सनकहरुका वीच वित्यो । कहिले लागू औषधका अम्मलीका रुपमा त कहिले कारोवारीको अभियोगमा उनले थाईल्याण्डमा जेल जीवन सम्म बिताए ।

पारशले ह्दयघातको कठोर मुत्यु संघर्ष पनि त्यसै वीचमा जिते । असामान्य जीवन बिताउने क्रममा कहिले भाग्यको साथले त कहिले कुनै न कुनै साथीको साथका वीच करीव ४ बर्ष थाईल्याण्मा बिताएका पारसले घर फर्कदा परिवारको स्वागत भने पाएन्न ।

विमानस्थलमा शुभेच्छुकहरुले मात्र स्वागत गरे । उनले पिता, माता, पत्नी, छोराछोरी रहेको निर्मल निवास स्थित पुख्यौली घरमा प्रवेश पनि पाएन्न । डेराको वास नै भन्न मिल्ने गरी उनी निर्मल निवासकै नजिकको कुण्डलिनी क्लवमा बास बस्न विवश भएका छन ।

यो उनको कालो विगत र चरम पारिवारिक द्धन्दको उदघाटन मात्रै होईन उनले स्वदेशको थप बसाई लम्व्याउने वा नलव्याउने भन्ने अन्यौलको द्योतक पनि हो । पारशले आफनो जीवन आफनै मर्जीमा बिताउने चेष्टा गर्दा असल छोरा, पति, पिता केही पनि भुमिका राम्रोसंग निभाएन्न । यसकारण उनी पारिवारिक रुपमा एकलो बनेका छन । भोलिका दिनमा पनि उनले पारिवारिक साथ पाएन्न भने उनको कालो विगतको पुनरावृति हुन सक्ने संभावना छ ।

पिता ज्ञानेन्द,्र श्रीमती, बुहारी र नातिनी सहित छिमेकी देश भारतको महिना लामो भ्रमणमा निस्कनु अघि नेपाल फर्केका पारसको स्वदेश आगमन उनका प्रशंसकहरुका लागि खुसीको खवर भए पनि आम मान्छेका लागि भने एउटा न्यूज शिवाय केही हैन । तर कर्म, कुकर्म ,दुर्भाग्य वा हेलचेक्रयाई जे जे का कारणले भए पनि उनी सार्वजनिक चासो पात्र भने सधै रहे । उनका भावी कदम र व्यवहारले नै उनको थप छवी पस्कने छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com