मञ्जु गुरुङ

कोरियाको सडकमा आशु बररर
[2015-03-16 오전 6:23:00]

मोवाइलमा कुरा गर्दै उनले भनी म तपाईको सेल्टरमा बस्न आउन लागेको दिदी कसरी आउने ? मैले सोधे कहाबाट आउन लागेको ? जल्लाभुक्तोबाट उनले भनिन् । हाम्रो सेल्टर कोरियाको पूर्व उत्तर तर्फको एक शहर सुवनमा छ तर उनी दक्षिण पश्चिम क्षेत्रको जल्लाभुक्तो भन्ने ठाउबाट आउन लागेको सुनेर मेरो मुखबाट अचानक निस्कीयो ओहो त्यति टाडाबाट ? ट्रेनमा करिब चार घण्टाको यात्रा तय गर्नुपर्ने थियो उनले । सुवन यकसम्म ट्रेनमा आएपछि हामी लिन आउछौ भने ।

सोही बमोजिम उनी हाम्रो सेल्टरमा आइपुगिन । मात्र ६ महिना भएको रहेछ कोरिया छिरेको इपिएस मार्फत कृषी भिसामा । नेपालको हिमाली क्षेत्रमा जन्मेका उनी नेपाली भाषा बोल्दा पनि उनको मातृभाषाकै उच्चारणमा बोल्थीन । बसमा यात्रा गर्दा बान्ता आउने भएकाले कालो प्लाष्टिक उनको साथमा थियो । जसले प्रष्टै र्पाथ्यो उनको काठमाडौं बसाई लामो थिएन् । विद्यालय स्तर मात्रै अध्यन गर्न भ्याएकी उनी विवाहिता रहिछीन् । उनको पति नेपालमै रहेछ ।

सेल्टरमा आएको भेलिपल्टदेखि नै उलाई पेट पोल्ने टाउको दुख्ने गरेको सुनाइन र खाना पनि राम्रो खाइनन् । ६ महिना भित्र नै उनले तीन ठाउ काम परिवर्तन गरिसकेकी रहिछन् । सागबारी र भेडे खुसार्नी टिप्ने हुदै रेष्टुरेन्टसम्म । कृषी भिसामा भएपनि साहुको रेष्टुरेन्टमा काम गर्दा विरामी भएर एक दिन काम गर्न नसकेपछि कामबाट निकाली दिए छ । त्यसपछि उनी सेल्टरमा बस्न आइपुगेकी थिइन् । अर्को काम खोज्नु भन्दा पनि उनको उपचार प्राथमिक्ता थियो । त्यसैले नेपालीकै सहयोगमा अस्पतालमा उनको सम्पूर्ण परिक्षण गरियो । तर रिपोर्टमा कुनै रोग नदेखिएपछि डिप्रेशनले पनि यस्तो भएको हुन सक्ने चिकित्सकको सुझाव पायौ ।

सामान्य केही औषधी र सेल्टरमा संगै बस्ने अन्य दिदी बहिनीहरुसंगको सामिप्यताले उनमा परिवर्तन आयो । उनी खाना राम्रैसंग खान थालिन मन पर्ने खाना बनाएर खान थालिन । घुम्ने डुल्ने हास खेल गर्न थालिन । जसले उनको अनुहार हासिलो हुदै आयो । एक दिन सेल्टरमा एक्लै भएको बेला उनले मसंग कोरियामा आफ्नो विगत खोलिन । सुनेर मेरो मनै कुडियो ।

कोरियाको इन्छन एयरपोर्टमा ओर्लेर एक दिने तालिम सकिएपछि आ आफ्नो साहु आएर काममा लगे । उनीहरुको भने चार जना केटीहरु एउटै साहुले लिएर खाङवन्दो गएकोमो दंग परे । काम पनि सजिलो मूला र साग गोढ्ने, काकरा टिप्ने । चारजनामा एउटै मोवाइलबाट पालै पालो परिवारसंग कुरा गर्ने । तर १५ दिन हुनसाथ साझ आएर साहुले तिमीहरु भोलि नै यो ठाउ छाड्नु भन्दा त उनीहरु आक्क न बक्क बने । अर्को ठाउमा काम खोज्नु जानु तिमीहरुको पत्र मैले नोदुङबो (जब सेन्टर)मा पठाइसकेको छु ।त्यही गएर बुझनु भने साहुले ।

जब सेन्टर कहा हो, कसरी जाने , सम्झेर चिन्तित बने सबैजना । धन्न जब सेन्टरको ठेगाना कागजमा लेखेर साहुले दिए । भोलिपल्ट विहान चारै जना आ आफनो सामान लिएर हिडे । कहा जाने र कसरी जाने । यो विरानो ठाउमा कोरियन भाषा पनि राम्रो बोल्नु सक्दैन सबैको अनुहार मलिन थियो । बसस्टपसम्म एकजनाले पुराइदियो । त्यहापनि एक जना कोरियनकै सहयोगमा जब सेन्टरको ठेगाना हेरेर बस स्टेशन सम्म जाने बस चडाइदियो । स्टेशनमा पुगेर उत्रियौ । त्यहा सहयोग गर्ने एक नेपाली युवा आउनमा ढिला भयो । त्यसपछि सिमसिम पानी परेको चिसो चिसो मौसममा झोला डारोउदै खाना न पिना हुदै सडकमा चारै जना रुदै हिडेको उनले सुनाउदा मेरो आखा पनि रसायो । धन्न ती नेपाली यवाको सहयोगमा उनीहरुले राहतको सास फेरे ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com