शशीशेखर घिमिरे

मृगौला दिवस ओपचारीक्तामै सीमित
[2015-03-16 오전 6:24:00]

मृगौला मानव शरीरको पेटको पछाडि ढाडको दुवैतिर रहेको दुईवटा महत्वपुर्ण अंग हो । प्रत्येक मृगौला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ । मृर्गौलाले एक दिनमा सरदर दुई सय लिटर रगत छान्छ र त्यसबाट उत्पन्न शरीरका विकार तत्वलाई पिसाबको रुपबाट बाहिर पुयाउछ । यसका अतिरिक्त मृर्गौलाले राता रक्त कोष उत्पादन गर्न, हाड मजबुत बनाउन र शरीरमा रक्तचाप नियन्त्रण गर्न मद्दत पुयाउछ ।

विषेशत स्वस्थ मृगौलाको काम भनेको मानव शरिरमा भएको काम नलाग्ने वा बिषाक्त कुरा, केमिकल र मेडिसिन पिसाबबाट बाहिर फाल्नु हो । मिर्गौलामा समस्या देखिएमा काम गर्न सक्तैन र विभिन्न समस्या उत्पन्न हुन्छ । सुरुमै मृगौला रोग लागेको थाहा नपाउँदा मृगौलाले विस्तारै काम गर्न छोड्छ । क्रमश सोहि अवस्थाले बिस्तारै मृगौलालेको काम कम हुँदै गई अन्तमा मृगौला “फेल” हुन्छ र बाँच्नका लागि डायलाइसिस वा प्रत्यारोपणमा भर पर्नुपर्ने हुन्छ ।

डायलाइसिसको तुलनामा प्रत्यारोपण ज्यादै उपयोगी र किफायती मात्र नभई प्रत्यारोपणबाट पुनरजीवन नै प्राप्त हुन्छ तर पनि यी दुवै सेवा हाम्रोजस्तो निम्न आय भएको देशका जनताका लागि अत्यन्त महँगो पर्छ । मृगौला रोग लागेमा शरीर सुनिने, पिसाब रातो हुने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने गर्दछ ,खान मन नलाग्ने शरीरमा रगत कम भएर शरीर सेतो हुने, शरीरको छाला गाढा कालो भएर जाने , सास फेर्न र्गाहो हुने, छाती दुख्ने, मानिस बेहोस सम्म हुन सक्दछ ।

सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मृगौला सम्बन्धी रोग हुन सक्ने चिकीत्सक वताउछन् । मुख्यतया मृगौला बिग्रनुका कारणहरु शरीरमा पानीको मात्रा कम हुनु हो । जस्तै धेरै झाडापखाला लाग्नु वा बान्ता हुनु वा धेरै गर्मीमा काम गर्नु र पर्याप्त मात्रामा पानी नपिउनु पनि मृगौला विर्गनुको मृख्य कारण भित्र पर्दछ । पिसाब मार्गमा ढुङगा वा प्रोस्टेड ग्रन्थी बढेर अवरोध हुने ,धेरै मात्रामा औषधीहरु सेवन गर्नाले पनि मृगौला रोगको खतरा वढेर जान्छ ।

रोग प्रतिरोधात्मक शक्ति इम्युनिटी पावरमा कमीले पनि रोग लाग्न सकदछ् । स्वस्थय जिवनको लागी स्वास्थय तन्दुष्ट हनु आवश्यक छ । नेपालमा मृगौल रोगको वारेमा पर्यापत् सचेतना जगाउन सकिएको छ्रैन । दिवसको अवसरमा राजधानी केन्द्रित कार्यक्रम गरेर दिवस त मनाईन्छ तर त्यसले मात्र दुरदराजलाई छुननसक्ने देखिन्छ । मृगौला रोगबाट बच्नको लागी पर्याप्य सचेतनामूलक कार्यक्रम गाउगाउ सम्म पुराउन सकिएन भने यही रोगका कारण धेरैको ज्यान जाने देखिन्छ ।

विषेशत मृगौला रोगवाट वच्नको लागी रक्तचाप र मधुमेहको नियमित परिक्षण गरि निउन्त्रणमा राख्नु पर्दछ । स्वस्थ व्यक्तिहरुले पनि कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराई रगत पिसाबको जाँच गराउन आवश्यक रहेको देखिन्छ । प्रशस्त मात्रामा पानी पिएको खण्डमां र जथाभावी औषधि सेवन नगर्ने हो भने पनि यो रोग वाट वच्न सकिन्छ । सन्तुलित आहार खानपान गरेमा र नियमित शारीरिक व्यायाम गरेको खण्डमा पनि यो रोगवाट वच्न सकिन्छ । मृगौला रोगवाट वच्नको लागी धूम्रपान नगर्नु नै उपयुक्त हुन्छ ।

धूम्रपानले मृगौलाको रक्तसञ्चारमा बाधा र्पुयाई यसको कार्यक्षमतामा कमी ल्याउँने हुनाले पनि यसको सेवन नगर्दा राम्रो हुने चिकीत्सक वताउछन् । धूम्रपानले मृगौलाको क्यान्सर हुने सम्भावना ५० प्रतिशतले बढाउँछ । वेलैमा मृगौलालाई स्वस्थय राख्न सकेको खण्डमा भोली यसवाट हुन सक्ने संभावित जोखिमलाई कम गर्न सकिन्छ । अन्यथा यस रोगले आक्रमण गरेको खण्डमा उपचार पद्धती त महगो नै छ जीवन पनि जोखिममा पर्न सक्ने तर्फ सचेत हुनु आवश्यक छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com