शशीशेखर घिमिरे

बैकल्पीक अन्र्तराष्ट्रिय विमानस्थलको खाचो
[2015-03-06 오후 7:41:00]

एक मात्र अन्र्तराष्टिय विमान भएको नेपालमा अन्य विमानस्थल नभएको हुदा वेलावखत ठुलै समस्या आईलाग्ने गरेको छ । केहिदिन अघि अवतरणको क्रममा काठमाण्डौको अन्र्तराष्टिय विमानस्थलमा टर्किस विमान दुर्घटनाले नेपाली हवाई उडानलाई ठुलै चुनौति दिएको छ ।

काठमाण्डौंमा रहेको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थल यतिखेर ठप्प भएको छ । मंगलवार ल्याण्ड गर्ने क्रममा टर्किस विमानस्थल दुर्घटनामा परेपछि त्यस लगतै वन्द भएको अन्र्तराष्ट्रिय उडानमा लगाईएको रोकका कारण स्वेदश छाडने र भित्रीने हजारौ यात्रुहरु विच्चलीमा परेका छन् ।

देशको एकमात्र अन्र्तराष्टिय विमानस्थलले मात्रै अन्र्तराष्टिय उडान भर्दै आएको छ । अन्र्तराष्टिय स्तरमा हामीसंग अन्य विमानस्थल नहुदाको परिणाम नेपालको हवाई उडानले झेल्दै आएको छ । रनवेमा विमान दुर्घटना जस्ता भैपरि आउने घटनालाई रोक्न नसकिए पनि पर्यटकीय मुलुकको छवि वनाएको नेपालमा लामो समय सम्म हवाई उडान ठप्प हुदा त्यसको प्रत्यक्ष मारको लेखाजोखा गर्न कठिन छ ।

साथै प्ररोक्ष रुपमा पनि विमानस्थलको अहिल्यको अवस्थाले धेरै क्षेत्रमा धेरथोर प्रभाव पारिरहेको छ । सानो मुलुक नेपालमा हामीसंग अन्य थुप्रै आन्तरीक विमानस्थल भएपनि वैक्लपीक अन्र्तराष्टिय विमान स्थलको अभावमा घरिघरि ठुलै समस्याको सामना गर्नु परिरहेको छ । हुन त, अन्र्तराष्टिय विमानस्थलको विक्लपका साथ शिलान्यास पनि भए । प्राथमिक्ताका साथ काम भएका पनि छन् । तर जति हुन पर्ने हो त्यति हुन नसकेको देखिन्छ ।

सरकारी योजनामा रहेका अन्र्तराष्टिय विमानस्थल कुन दिन उडान र अवतरणको लागी तयार हुन्छन् त्यसको यकिन छैन् । काठमाण्डौ वाहिर भैरहवा, वारा र पोखरामा अन्र्तराष्टिय विमानस्थल निर्माणका प्रकृया जारी छ । यी विमानस्थलको वेलैमा निर्माणको लागी पहलकदमी आवश्यक छ । वाह्य देशसंग सिधा सम्पर्क हुने हवाई उडानलाई यथासक्य चाडो निर्माण गर्नु सरकारको पहिलो प्राथम्किता भएपनि आशा गरे अनुसार काम हुन नसकेको देखिन्छ ।

अन्र्तराष्टिय जगत्संग स्थल र जलमार्गको भरपर्दो माध्यम नभएको नेपाल जस्तो भूपरिवेष्ठित देशले मुलुकका फरक स्थानमा अन्र्तराष्टिय विमानस्थल निर्माणमा जति ढिलासुस्ती गर्दै जान्छ त्यति नै पर्यटकीय क्षेत्रले त नोक्सानी व्योहर्छ नै हवाई उडानको भर पर्नु पर्ने सवैक्षेत्रले नोक्सानी व्यहोर्ने निश्चीत छ । वन्ने भनिएको र सरकारी योजनामा रहेका विमानस्थलहले जति सक्दो चाडो पूर्णता पाओस् । यहि कामन ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com