शशीशेखर घिमिरे

स्वास्थय सेवा दिवस नारामा
[2015-02-28 오전 7:28:00]

मुलुकभर नै स्वास्थय सेवा दिवस मनाइरहदा आम सर्वसाधारण भने सामान्य स्वास्थयो उपचारको अभावमा अनाहकमा मृत्युसंग पौठेजारी खेल्न विवश छन् । गाउमै भरपर्दो प्रसुति सेवाकेन्द्र नहुदा , दक्ष जनशक्ति नहुदा कति आमाहरु सन्तान सुखको अनुभूति गर्न अगावै मर्दैछन् ।

स्वास्थय सेवा आम सर्वसाधारणको पहुच भन्दा धेरै टाढा रहेको आमसञ्चारका माध्यमवाट वेलावखत सार्वजनिक हुने गरेका समाचारवाट स्पष्ट हुन्छ । सुत्केरी हुन नसकेर मृत्यु होस् या प्रसव गराउदा आवश्यक रगतको अभावले धेरैको ज्यान गईरहेको छ । दुर्गम हिमाली जिल्लामा भरपर्दो स्वास्थय सेवा नहुदा समस्या विकराल छ । उतिकै छ । भएका जिल्ला अस्पताल पनि नाम मात्रका छन् ।

स्वास्थयक्रर्मी वस्दैनन् । भए पनि उपकरण अभाव छ । यी र यस्तै समस्याले नेपालको स्वास्थयको दारुणीक चीत्र प्रस्तुत गरिरहेको छ । अझै पनि हाम्रा कतिपय जिल्ला अस्पतालमा प्रसव वेदनाको छटपटाहटमा केयौ आमाहरु मर्न विवश छन् । कति वालकहरु जन्मिन नपाउदै गर्भमा नै मरिरहेका छन् ।

एउटा सामान्य औषढीकोलागी कोशौ हिड्नुपर्ने अवस्था छ भने स्वास्थय सेवाको नाममा अनाहकमा सर्वसाधारण पिल्सीन वाध्य छन् । कतिपय स्थानमा सामान्य स्वास्थय सहायकले स्वास्थय जस्तो गम्भीर विषयमा आममानिसको जीवनसंग खेलिरहेका छन् ।

मिति गुजे्रको औषधी होस् या रसायनका साथै अदक्ष प्राविधीकहरुको नतिजाको परिणाम कतिले कस्तो सास्ती वेर्होनु परेको छ भन्ने फेहरिस्त लामो छ । स्वास्थ्य सेवा हैन, व्यापार वनिरहेको छ । दुरदराजको अवस्था त कहालीलाग्दो छनै राजधानी भित्र नै स्वास्थय सेवा साह्रै नै महगो र चुनौतिको विषय वनेको छ ।

राजधानीका नाम चलेका कतिपय सरकारी अस्पतालको दूराअवस्था र कमिशन खोरको कारण आम सर्वसाधारणले स्वास्थयको नाममा महगो शुल्क तिर्नु परेको छ । सरकारी र नीजि अस्पतालको मिलेमतोले हजारको उपचार लाखमा हुने गरेको वास्तविक्तालाई सरकारले चाहेर पनि हल गर्न सकेको छैन् ।

राजधानीको कान्ति अस्पतालमै आगोले पोलेको विरामीको उपचारको लागि वर्न वार्डको अभावमा वालकहरु मरि रहेको खवर वाहिर आईसक्दा पनि सरकारले ठोस कदम चाल्न सकेको छैन् । सिटीस्कायनीङ मेशिनको अभावमा कतिपय उपचार महगौ वनाईदैछ । नेपालमा स्वास्थय सेवा साहै नै नाजुक रहेको छ ।

केहि महिना अघि भर्खर जन्मेका जन्मेका शिशुहरुलाई लगाउन पर्ने विभीन्न किसीमका खोपहरुको अभावलाई समेत सरकारले वेलैमा हल गर्न सकेन् ।
यहाँ स्वास्थय सेवाको ठेकेदारी लिएर वसेकाहरुले कि त सस्तो लाकप्रियताको लागी कि कमिशनको लागि मात्र स्वास्थय सेवाको मुद्दालाई उठाईहरको भान पर्दै गएको छ ।

कैयौ मानिसहरु अति आवश्यकीय स्वास्थयको सेवा नपाएर छटपटाईरहेका छन् तर त्यस तर्फ सम्वन्धीत निकाय मौनता साधेर वसेको छ । यी र यस्ता प्रतिनीधि घटनालाई आधार मान्ने हो भने यस्ता स्वास्थय सेवाको नाममा मनाईने दिवस मनाउनु र नमानाउनुको तार्किक फरक नरहने देखिन्छ । त्यहि पनि सरकारी रकम सकाएर एक दिने स्वास्थय सेवा दिवस मनाईदै आएको छ ।

निजामति सेवा ऐन भित्रै रहेर स्वास्थ सेवाका नियमावली बनाईएकोमा २०५३ सालमा आजकै दिन छुट्टै ऐन पारित भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । स्वास्थ्य क्षेत्रमा लागेका व्यक्तिहरु विदेश पलायन हुने, पेशा वदल्ने लगायतका समस्यालाई रोक्न र सेवामा प्रोत्साहित गर्न दिवस मनाउन थालिएको स्वास्थ मन्त्रालयले बताएको छ ।

दिवसका अवसरमा ¥याली, प्रभावफेरी गर्नुका साथै विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना हुदै आएको छ । दिवसका अवसरमा देशभरिका विभिन्न स्वास्थ संस्थामा निशुल्क परिक्षण लगायतका कार्यक्रम गर्दै स्वास्थ्य मन्त्रालयले औपचारीक्ता निभाउनु गरेको छ ।

त्यसैले दिवसको नाममा मनाईने दिवसको औपचारीक्ता भन्दा पनि ति तमाम वर्ग र क्षेत्र सम्म स्वास्थयको सेवाको पहुच पुग्न सकेको खण्डमा मात्र दिवस मनाउनुको सार्थक्ता रहने देखिन्छ । अन्यथा हातमा प्लेकार्ड र व्यानर वोकेर राजधानी केन्द्रित कार्यक्रम र तारेहोटलमा चिल्ला र गुलिया भाषण छाटनुको अर्थ केहि छैन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com