गोपाल कामत

पूर्वमा तिघ्राको व्यापार गर्दै युबती
[2015-02-26 오후 8:15:00]

धरान र पूर्वमा यतिबेला फेरी तरुनीहरुको तिघ्राको व्यापार मौलाउन थालेको छ मिस टुरिजम, मिस कोशी, मिस पूर्वेली सुपरमोडल, मिस लिम्बू, मिस पूर्वाञ्चल आदिका नाममा । पूर्वमा यतिबेला धमाधम सुरु भएका सुन्दरी छान्ने प्रतिस्पर्धाका ? टाइटल हुन् यी । पूर्वमा हरेक वर्ष यतिबेला यस्ता सुन्दरी प्रतिस्पर्धा हुन्छन् । विभिन्न नामका ? टाइटल ? जित्नका लागि पूर्वेली युवतीहरको प्रतिस्पर्धा त हुन्छ नै, सुन्दरी खोज्ने प्रतिस्पर्धाका आयोजकबीच पनि चर्का प्रतिस्पर्धा देखिन्छ ।

सहारा इन्टरटेन्मेन्ट धरान र झापा जिल्ला ट्राभल एजेन्सी संघको संयुक्त आयोजनामा भएको मिस टुरिजमले सुन्दरी छान्न अडिसन थालिसकेको छ । काठमाडौँ, हेटौँडा, पोखरा, झापा, मोरङ, सुनसरी, इलामलगायत शहरका युवती सहभागी हुने बताइएको मिस टुरिजमको अहिले पूर्वका विभिन्न ठाउँमा अडिसन भइरहेको छ । देशव्यापी प्रतिस्पर्धा भए पनि अधिकांश गतिविधि पूर्वमा केन्द्रित हुने भएकाले मिस टुरिजम आयोजक बढीभन्दा बढी पूर्वकै युवतीका खोजीमा छन् । इभेन्ट म्यानेजर सौगात रिजाल भन्छन्, ? राम्रा युवती सहभागी गराउने प्रयास गरिरहेका छौँ ।

फागुन २५ गते धरानमा अन्तिम प्रतिस्पर्धा हुने बताइएको मिस पूर्वाञ्चलका आयोजक पनि यतिबेला पूर्वका विभिन्न ठाउँमा प्रतिस्पर्धीको फाराम भराइरहेका छन् । आयोजक सिल्भर इन्टरटेन्मेन्ट मिस पूर्वाञ्चलको अडिसन झापा, मोरङ, सुनसरीका विभिन्न स्थानमा गर्ने तयारीमा जुटिरहेको छ । नामै मिस पूर्वाञ्चल भएकाले यो प्रतिस्पर्धामा त झन् पूर्वेली युवतीमात्र हुन्छन् । त्यसैले पनि पूर्वका युवतीहरुको बढीभन्दा बढी सहभागिता जुटाउन आयोजक लागिपरेको छ । सिल्भर इन्टरटेन्मेन्टका इभेन्ट म्यानेजर सौरभ श्रेष्ठ भन्छन्, अहिले फाराम वितरण भइरहेको छ । दुईचार दिनमा दौडधुप सुरु हुन्छ ।

पूर्वबाटै अडिसन सुरु गरेर काठमाडौँमा फाइनल गरिने बराह मिस लिम्बुको आयोजक याक्थुङ युथ एसोसिएसनले पनि लिम्बु युवतीहरुलाई फाराम भराइरहेको छ । धरान र काठमाडौँमा अडिसन हुने मिस लिम्बुको पनि लक्षित युवती पूर्वकै हुन् । लिम्बु समुदायको बाक्लो बस्ती भएका पूर्वमा मिस लिम्बुको तीब्र प्रचारप्रसार भइरहेको छ । याक्थुङ युथ एसोसिएसनकी उपाध्यक्ष मिना सिंगक लिम्बु समुदायका युवतीलाई आङ्खनो भाषा, संस्कृतिप्रति सजग गराउन पनि यस्तो प्रतिस्पर्धा गर्नुपरेको बताउँछिन् । अहिलेका पुस्ताले आङ्खनो संस्कृति नै बिसिर्सके । त्यसलाई सम्झाउन खोजेका हौँ । हाम्रो त फरक खालको कार्यक्रम भएकाले कसैसँग प्रतिस्पर्धा हुँदैन उनी थप भन्छीन ।

विराटनगरमा हुन लागेको मिस पूर्वेली सुपरमोडल र मिस कोशीले एकैपटक फाराम खोलेर प्रचारप्रसार गरिरहेका छन् । ए वान इन्टरटेन्मेन्टको आयोजनामा चार वर्षदेखि हुन थालेको सुपरमोडलले विराटनगरका युवतीहरुलाई बढी लक्ष्य गरेको छ भने एक दशकअघि नै बन्द भएको मिस कोशी जय मिडिया म्यानेजमेन्ट प्रालि नामको नयाँ टिमले यसपटकबाट आयोजना गर्दैछ । यसले पनि विराटनगरका युवतीलाई लक्ष्य गरेको देखिन्छ ।

चैत पहिलो साता फाइनल हुने मिस पूर्वेली सुपरमोडलका कोरियोग्राफर जतिन ताम्राकार भन्छन्, यस्ता प्रतियोगिताले आयोजकलाई भन्दा पनि सहभागीकै व्यक्तित्व विकास हुने हो। आयोजकबीच कसरी अग्ला, गोरा र राम्रा युवती आङ्खनो प्रतिस्पर्धामा सहभागी गराउने भन्ने अघोषित प्रतिस्पर्धा चलेको छ ।

पूर्वमा भएका यी प्रतिस्पर्धा मात्र होइनन्, यसपटक मिस नेपालले पनि पूर्वका विराटनगर र धरानमा अडिसन गर्ने घोषणा गरेको छ भने इमेज टेलिभिजनले गर्न लागेको सुपरमोडलको अडिसन पनि धरानमा हुने भएको छ । स्थानीय र राष्ट्रिय स्तरका सुन्दरी प्रतिस्पर्धाको छनोट हुने भएपछि पूर्वेली युवतीहरुलाई छानीछानी भाग लिन सजिलो भएको छ । कसैले चाहिँ घोषणा गरेर पनि प्रतिस्पर्धा गराउन सकेका छैनन् ।

नेवार समुदायका युवतीबाट प्रतिभा खोज्ने भन्दै तुरुन्तै मिस नेवा गर्ने घोषणा गरिए पनि चार महिना बितिसक्दा कार्यक्रम भएको छैन । यस्ता प्रतिस्पर्धाका अधिकांश आयोजक आफूलाई नाफा नहुने, युवतीहरुलाई सक्षम बनाउन र उनीहरुको प्रतिभा प्रस्फुटन गराउनमात्र प्रतिस्पर्धा आयोजना गरेको बताउँछन् ।

तर, केही महिनाअघि कोशी क्विन नामक प्रतिस्पर्धा गराएर प्रतियोगीलाई घोषित पुरस्कार समेत नदिई आयोजकहरु कमल खतिवडा र हिमानी सुब्बाले करिब दुई लाख रुपैयाँ कमाएका थिए । गत वर्षकी मिस पूर्वाञ्चल विजेता नेमिता आङबुहाङ् धेरै प्रतिस्पर्धा हुनु राम्रो भए पनि धेरैले प्रतिस्पर्धाका नाममा कमाउ धन्दा चलाउने हुँदा सचेत सल्लाह दिन्छन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com