श्याम गुप्ता

सरकारी सेवा आकाशको फल
[2015-02-26 오후 7:43:00]

बारा जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयहरुले आम जनताहरुलाइ उपलब्ध गराउँने सेवा सुविधाहरुलाइ समय मैं दिएको छ कि छैन भनि अनुगमन निरीक्षण तथा लिखित रुप मैं ठाडो आदेश दिने सर्वोच्च निकायको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय बारा यतिखेर आफ्नैं कार्यालयबाट उपलब्ध गराउँने सेवा सुविधाहरु समय मैं दिन सकिरहेका छैनन् ।

नागरिकता तथा नागरिकताको प्रतिलिपिका लागि महिनौं दिन सम्म धाउँन सेवाग्राहीहरु बाध्य छन् । भने दिएको समय मैं राहदानी उपलब्ध नगराइ ६ महिना सम्म लगाउँने गरेको छ , यति खेर जिल्ला प्रशासन कार्यालय बारा ।

जिल्ला प्रशासन कार्यालय बारामा बिभिन्न किसिमका सेवा लिन सेवाग्राहीहरुको घुइँचो दिन प्रति दिन बढदै गएको छ । १६ वर्ष उमेर सकिना साथ आम नागरिकहरुलाइ नभइ नहुँने महत्वपूर्ण प्रमाणपत्र नेपाली नागरिकता लिन यस कार्यालयमा आउँनु पर्ने हुँन्छ ।

भने बनाइएको नागरिकता हराएमा वा बूढेसकाल लागि सक्दा समेत नागरिकता नबनाएको हुँनाले सरकारद्धारा उपलब्ध गराउँने वृद्ध वृद्धा भत्ता लगायत अन्य सेवा सुविधाबाट बंचित हुँनु परेको भन्दै नागरिकता बनाउँन यस कार्यालयमा आउँनु परेको अवस्था देखिन्छ ।

नागरिकता तथा प्रतिलिपि नागरिकता बनाउँन सेवाग्राहीहरु लाइन लागेर बुझाउँने गरेका छन् । भने सेवा दिने बिभिन्न कार्यालयको झ्याल तथा ढोकाहरुमा चमेरो जस्तो झुण्डिएको देखिन्छ । लाइन र झ्याल ढोकामा उभिन नसक्ने बुढा पाका पुरुष तथा महिलाहरु परिसर मैं बस्ने गरेका छन् ।

सदरमुकाम कलैयाबाट ३० किलोमीटर टाँढा रहेको सिम्रौनगढबाट नागकिरता बनाउँन आएको दुइ दिन वित्न लाग्दा समेत नागरिकताको प्रतिलिपि प्राप्त गर्न नसकेको बसवरियाबाट आएकी सेवाग्राही श्रीपति देवीले बताइन् ।

एका तिर गाउँ बिकास समितिमा कार्यर्त सचिवहरु समयमा नभेट्ने र बल्ल तल्ल भेट भए पश्चात नागरिकताको प्रतिलिपि बनाउँन सिफारिश गरेर यस कार्यालयमा दैनिक दुइ देखि तीन सय रुपैयाँ भाडा तथा नास्तामा खर्च गरी १८ किलोमिटर टाँढा देखि बिगत एक महिना देखि निरन्तर रुप मैं यस कार्यालयमा धाइ रहँदा समेत नाम नामेसी रेकर्ड तथा श्रेस्ता फेला नपरेको कर्मचारीहरुले बताएको कोतवाली गाउँबाट आएकी सुनरपति देवी कोइरीनले गुनाँसो गरिन् ।

एका तिर कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुँनु र भएका कर्मचारीहरुले सेवाग्राहीहरुको चाप अनुसार समय मैं सेवा दिन नसक्नु जिल्ला प्रशासनको नौलो कुरा होइन् । भने अर्को तिर विगतमा भएको कामहरुको (नागरिकता लगायत कामहरुको) फाइल , रजिष्टर पोकाहरु रेकर्ड तथा श्रेस्ताको अवस्था हेर्दा कामै नलाग्ने अवस्थामा पुगेको देखिन्छ ।

कार्यालयमा भएको ठाउँ कै अवस्था अनुसार दराज , रैकिंङ्ग , टेबल र भुइँमा समेत राखिएको फाइलहरुको अवस्था हेर्दा च्यातिएको , कुहिएको , टुक्रा टुक्रा भएको तथा अधिकांश त कामै नलाग्ने अवस्थामा समेत पुगको देखियो ।

हुँन त जिल्ला प्रशासन कार्यालय जस्तो संवेदनशिल कार्यालयले आफ्नों रेकर्ड फाइल एवंम् श्रेस्ताहरु व्यवस्ति तरिकाले राख्नु पर्ने हो । तर , त्यति नभए कै कारण अधिकांश सेवाग्राहीहरुको बुबाको नागरिकता अनुसार छोराको नागरिकतामा नाम , थर र जन्म मिति तथा ठाउँ लगायतको काममा निकै फरक परेको हुँनाले सो सच्याउँन कै लागि विगत एक हप्ता देखि धाइरहेको जिल्लाको फेंटा गाविसका मुस्ताक आलमले बताए ।

देशमा राजनितक अस्थिरतासँगै आर्थिक विकास हुँन नसकेका कारण वेरोजगारीको समस्या विकराल बन्दै गएको हुँनाले बैदेशिक रोजगारीको लागि एम.आर.पी पासपोर्ट यो कार्यालय नैं भएको हुँनाले दैनिक सयौ सेवाग्राहीहरु आउँने गरेका छन् ।

अन्य सरकारी कार्यालयले गर्ने काम कारवाहीको निगरानीसँगै अनुगमन निरीक्षण तथा उपलब्धिसँगै कारवाही नगरेका होइनन् तर , आफ्नैं कार्यालयबाट दिइँने दैनिक सयौंको संख्यामा विभिन्न काम लिएर आउँने सेवाग्राहीहरुले समय मैं सेवा सुविधा पाउँन नसकी महिनौं दिन देखि कार्यालयमा धाइरहेको र भएको कमी कमजोरी रहेको सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलालले स्वीकार गरको छन् ।

पासपोर्टको काम , मुआवजा वितरण गर्ने काम , दलित जनजाति आदिवासी छुट्टयाइ प्रमाणित गर्ने काम , द्धन्द व्यवस्थापन गर्नेकाम तथा अरु कार्यालयले गर्ने कामको आफिस राजधानी मैं सिमित हुँनुको साथै यी सबै काम सम्बन्धित जिल्ला कै जिल्ला प्रशासन कार्यालयलाइ नैं तोकिनुको साथै दरबन्दी अनुसारको कर्मचारी नपठाउँने तथा कामको चाँप अनुसार थप जनशक्ति गृह मन्त्रालयले उपलब्ध नगराए कै कारण समय मैं सेवाग्राहीहरुको काम गर्न नसकिएको सहायक प्रजिअ दुलालले बताए ।

पाँच वटा नगरपालिका र ७६ वटा गाविसमा दिन प्रतिदिन बढदै गएको जनसंख्या वृद्धिसँगै जिल्ला प्रशासन कार्यालय पुरानो परम्परा अनुसारको भन्दा नयाँ प्राविधिक युगमा पनि सेवाग्राहीहरुको चाप अनुसार थप जनशक्ति गृह मन्त्रालयले समय मैं उपलब्ध गराउँने तर्फ ध्यान दिएन भने भोलि ठूलै समस्या उत्पन्न हुँने देखिन्छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com