किम ई छन

ईपीएसका श्रमिकहरुलाई व्यावहारिक जानकारी,श्रमिकले गर्नु सक्ने कार्य
[2015-02-24 오전 9:23:00]

हामी राष्ट्रको सिमाना पार गरेर आएको श्रमिक हौ
२०१४ साल हाल अन्दाजी ३ लाख आप्रवासी श्रमिकहरु ईपीएस मार्फत कोरियामा आई रोजगारी गरी जीवन बिताई रहेको छ । ईपीएसमा मजदुरहरुको महत्वपूर्ण अधिकारलाई प्रतिबन्द गरिने विषमय बुदाहरु छन । जसले आप्रवासी श्रमिकहरुको स्वतन्त्र साथ कंम्पनी सर्नमा निषेध गरि पेशा रोज्ने स्वतन्त्रता नहुनु मुख्य विषय हो ।

त्यस मध्ये पनि अत्याधिक आप्रवासी श्रमिकहरु नौलो बातावरण, भाषा, नियम, सामाजिक अभ्यासको कमीको कारण अप्ठयारो तथा अन्यायमा परेपनि जर्वरजस्ती स्वदेश फर्काई दिने डरले उनीहरु सहेर बसी रहेको छ । प्रवासी मजदुरहरुले यस्तो गर्नु बाहेक अन्य विकल्प नहुनुको कारण रोजगारदातामा आफनो जीवन र मृत्युको सम्पूर्ण अधिकार दिएर असमान सम्बन्ध भएकोले गर्दा हो ।

आप्रवासी श्रमिकहरु साधारणतय पिडामा कठिनाईहरु तलब नदिने, जर्वजस्ती बढी काममा लगाउने,धम्की तथा गाली, सम्झौतापत्रमा जालसाजी, हिंसा तथा यौन दुरव्यवहार, अन्यायपूर्ण बर्खास्त, औधोगिक दुरघटना आदी जस्ता न्यायसंगत नमिल्ने विषयहरु धेरै छन । यस्तो अवस्थामा पनि प्रवासी मजदुरहरु माथी अबैध व्यवहार भई रहदा पनि कानूनी संरक्षण पाउनु वास्तवमा आकासको तारा टिप्नु जस्तै गाह्रो छ ।

श्रमिकहरुमा हुने व्यक्तिगत अधिकार हनन हुदा ,कोरियन मजदुरहरु कोरियन श्रमिक निती अन्र्तगत न्युन भएपनि आफनो अधिकारको संरक्षण गरि रहेको छ । तर विदेशी श्रमिकलाई वैदशीक निती लागु गरेर रोजगारदातालाई मात्र रोजगारको सम्बन्धको समाप्त गर्न सक्ने अधिकार प्रदान गरेर आप्रवासी श्रमिकहरुलाई कंम्पनी सर्नको लागी माग गर्ने नितीगत व्यवस्था गरिएको छैन । त्यस्तै अधिकारको दावी गर्न गाह्रो छ । हेर्ने हो भने वास्तवमा ईपीएसको आधा भन्दा बढी निती दासप्रथा जस्तै देख्न सकिन्छ ।

तर यसरी नै रोजगारदाताको अबैध व्यवहारलाई नै समर्थन गर्ने असमान निती हुदा हुदै पनि हामी मजदुर भएको कारणले काम गरि रहेको राष्ट्रको अन्य श्रमिक निती अन्र्तगत श्रमिकहरुको अधिकार संरक्षण गर्न माग गर्न सक्ने छौ । त्यस्तै न्यायपूर्ण माग र एकृकित कार्यन्यवन गर्दे त्यसलाई विस्तार गर्न सकिने छ ।

सो अन्र्तगत निम्न मौलिक विषयहरुलाई ध्यान दिनु होला

१.न्युनतम पारिश्रमिक निती
कोरियामा न्युनतम पारिश्रमिक निती सम्पूर्ण उद्योगहरुसंग छलफल गरि लागु गरिएको छ । यो अत्याधिक काममा लगाउने र तलब नदिनबाट रोकथाम गर्नको लागी निर्माण गरिको निती हो । प्राय गरि कोरियामा श्रमिकहरु न्युनतम तलबमा काम गरी रहेको छ , धेरै कारखानामा, विषेश गरि कृषिको र्फाममा रोजगारदाताले काम गर्ने समयमा जालसाजी गर्ने, तलब नदिई जर्वरजस्ती धेरै समयसम्म काममा लगाउने कार्यहरु भई रहेको छ ।

सर्वप्रथम आफुले सही गरेको श्रम सम्झौतामा काम गर्ने समय/आराम गर्ने समय/ बिदामा चिन्ह लगाउनु होला विषेश गरि महिनामा काम गर्नु पर्ने समय तथा सो अन्र्तगत न्युनतम तलबको रकम बुझनु होस ( २०१५ सालमा जस्तै २२६ घण्टा ८ ५,५८० वन= १,२६१,०८० वन भन्दा बढी ) वास्तवमा काम गरेको समय सम्झौतापत्र भन्दा भिन्दै अत्याधिक बढी रहेको पाईन्छ । विषेश गरि कृषि र्फाममा ३०० घण्टा भन्दा बढी हुन्छ । यदि ३०० घण्टा काम गरेको छ भने तलब ३००८५५८०=१,६७४,००० वन भन्दा बढी ) हुनु पर्छ । रोजगारदाताले न्युनतम तलबको उल्लघंन गरयो भन्नेबाट बचावट गर्नको लागी रोजगारदाताले मनपरी तलबबाट ३ देखि ४ लाख सम्म होस्टेल तथा चामल किन्न लागेको खर्च भनि कटौती गरेर अर्को सम्झौतापत्र लेखेर जर्वरजस्ती सही गर्न लगाउने कार्य पनि प्राय भई रहेको छ । यस्तो अवस्थामा सो पत्रमा सही गर्न अस्वीकार गरी मोबाईल प्रयोग गरी त्यस्तै अन्यायपूर्ण माग गरेको अवस्थाको डबिङ्ग गरेर,सो पत्रको फोटो खिचेर राख्नु आवश्यक हुन्छ ।

सामान्यतय काम गरेको समय नोट गरेर राख्ने:
कोरियामा रोजगारदाताले कानुनको उल्लघंन गरेको छ छैन भन्ने विषयमा निगरानी गर्ने श्रम मन्त्रायल तथा विभाग छ । तर दुर्भाग्यवश श्रम मन्त्रालय ( श्रम विभागका निगरानी गर्ने कर्मचारी) ले कृषि क्षेत्रमा काम गर्ने समयको सम्बन्धमा धेरैजसो वेवास्ता गर्ने, रोजगारदाताको अन्यायपूर्ण कार्यमा ठिक तरीकाले निगरानी गर्न सकेको छैन । अनुसन्धान गर्नमा पनि त्यति चासो लिएको पाईन्दैन । त्यसैले यस्तो अवस्थामा कृषिमा काम गर्ने श्रमिकहरुले आफैले आफनो काम गरेको समयलाई नोट गर्ने बानी गर्नु पर्छ ।

सामान्यतय काम गर्ने समय लगायत कामको बारेमा राष्ट्रिय भाषा/अंग्रेजी /कोरियन भाषा जस्तोसुकै भएपनि आफुलाई सहज हुने गरी लेखी राखेर, समय समयमा मोबाईलले शीप लगाएर फोटो, भ्वाईस डबिङ्ग, भिडियो खिचेर प्रमाण जुटाई रहनु पर्छ । विषेशगरी कृषिभिसामा (E-94) छ भने काम गर्ने च्याउ र्फाम, खाध्यन्न उत्पादन कम्पनी, अण्डा प्याकिङ्ग गर्ने कम्पनी, उत्पादनमुलक सफाई/ढुवानी कम्पनी जस्तै मौसम र वातावरणसंग प्रत्यक्ष असर नपर्ने नियमित काम हो भने थप काम गरेको रकम मेनुफयाक्चरमा जस्तै माग गर्न सकिने छ ।

धेरै रोजगारदाताले जानीजानी अर्थात अज्ञानले काम गरेको समय नलेखि थप काम गरेको रकम जर्वरजस्ती तलबमा नदिई शोषण गर्दछ । त्यसमा मजदुरले सोको बारेमा आपत्ती जनाएमा श्रमिकहरुलाई प्रमाण देखा भनेर रोजगारदाताले आफनो कर्तव्य कार्यन्यवनबाट पन्सीन खोज्छ । त्यस्तो अवस्थामा सामान्यतय लेखि राखेको कामको समय, नोट,काम शुरु र अन्त तथा बिदाका दिनहरुको फोटो,भ्वाईस डबिङ्ग र भिडियो महत्वपूर्ण प्रमाण हुने छ ।

कामबाट निस्कासन नहुने अधिकार:
धेरै कृषि र्फामका रोजगारदाताले काम गर्न सक्दैन/भनेको मान्दैन/कोठा सफा गर्देन/काम छैन/पैसा छैन भन्ने आदी कारण देखाएर श्रमिकहरुलाई कामबाट निष्कासन गरेर रोजगार प्रवर्दन केन्द्रमा जानीजानी कंम्पनी सर्ने रिपोर्ट गर्दछ । तर यस्तो कारण देखाएर कामबाट निष्कासन गर्नु अन्यायपूर्ण निष्कासन हो । यस्तो अवस्था चाडै हरेस नखानु होस । तपाईहरुलाई ठोस बिना कारण कामबाट निष्कासन गर्ने अधिकार छैन । वास्तवमा सो कंम्पनीमा काम गर्न नसकेता पनि सक्रिय रुपमा रोजगारदातासंग प्रमाणहरु जुटाएर अन्यायपूर्ण कामबाट निष्कासनको बारेमा विरोध जनाएर संम्बादलाई डबिङ्ग गरेर प्रमाणको रुपमा राखेर श्रम मन्त्रालय तथा श्रम समिति विभाग मार्फत उद्धार पाउन सकिन्छ ।

स्वदेश फिर्ता गरिदिन्छु भन्ने धम्कीमा डर नमान्नु होस, साहु तथा अन्य कसैले पनि तपाईलाई स्वदेश फिर्ता गर्ने अधिकार छैन ।

धेरै रोजगारदाताले भनेको नमानेमा स्वदशे फिर्ता गरिदिन्छु भनेर प्रायजसो धम्की दिने गर्दछ । प्रहरीलाई बेलाएर मर्यादाहिन , झुट बयान दिनेहरु पनि छन ।तर चिन्ता नलिनु होस । तपाई अपराध ( हिंसा,चोरी आदी ) आदी जस्ता कार्य गर्नु भएको छैन भने यस्तो धम्की उल्टो अपराध हो । शान्तिपूर्ण र निर्धक्क सामाना गर्न प्रमाण तथा गवाही जुटाएर पछि श्रम मन्त्रालय अर्थात प्रहरीमा रोजगारदाताले गरेको धम्कीको बारेमा रिट दायर गरेर जिम्मेवारीको विषयमा सोध्न सकिने छ ।

औधोगिक सुरक्षाको अधिकार:
कोरिया OECD राष्ट्रहरु मध्ये औधोगिक र्दुघटनामा परि मृत्यु हुने १ नम्बरमा पर्दछ । काम गर्न समय पनि सबैभन्दा बढी छ । तर तपाईहरुलाई थाहाभए अनुसार आप्रवासी श्रमिकहरु कोरियन श्रमिकहरु भन्दा अत्याधिक बढी काम गर्ने, प्रायगरी धेर काम गर्ने स्थानमा र्दुघटना तथा आकस्मत मृत्यु हुने गर्दछ । यस सम्बन्धमा कोरिया सरकारसंग कुनै रेकर्ड छैन । विषेश गरी कृषि र्फामका रोजगारदाताले साधारणतय स्वास्थ्य बिमा,र्दुघटना तथा क्षतिपूर्ती सम्धन्धी बिमामा दर्ता गरेको हुदैन । त्यसैले कृषि र्फाममा काम गर्ने आप्रवासी श्रमिकहरु र्दुघटनामा पर्दा अर्थात बिमारी हुदा रोजगारदाताको कर्तव्यविमुख कार्यले गर्दा उचित व्यवस्था नभएर श्रमिकले स्वयंम स्वास्थ्य उपचारको लागत वहन गर्नु पर्ने अवस्था छ।

एकातिर कोरिया सरकारले कृषि र्फाममा सुरक्षा स्वास्थ्य सम्बन्धमा ILO ले निर्धारण गरिएको अन्र्तराष्ट्रिय स्तरको महासन्धीको धारा १८४ मा ( कृषि क्षेत्रको सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नियमावाली २००१ ) को कार्यन्यवन नगरेको , त्यस्तै रोजगारदाताले औधोगिक सुरक्षा स्वास्थ्यको बारेमा कर्तव्यको उपेक्षित गरेता पनि श्रमिकहरुले अन्य श्रमिक सम्बन्धी नियमावाली अन्र्तगत श्रमिकलाई खतरनाक अवस्थामा बचावट गर्ने अधिकार छ र रोजगारदाताले जर्वरजस्ती काममा लगाउन पाईन्दैन भन्ने नियम छ । त्यसैले अनभिज्ञ र खतरनाक वातावरण छ भने अग्रिम रोजगारदातालाई सुरक्षा बोरमा बुझेर सुरक्षा सम्बन्धी तालिम लिनलाई सक्रिय रुपमा माग गरेपछि काम गर्नु पर्दछ ।

स्पष्ट रुपमा आफुलाई लागेको रोग तथा घाईते भएको कामसंग सम्बन्ध छ भन्ने लागेमा,रोजगारदातालाई सक्रिय भएर र्दुघटनाको क्षतिपूर्तीको गरि माग्न माग गर्नु होस । र्दुभाग्यवस अत्याधिक मात्रामा र्दुघटना भई रहेको अनुमान गरिता पनि हाल सम्म कृषि र्फामका श्रमिकहरु क्षतिपूर्ती बिमाबाट लाभाम्भित भएको भेटन गाह्रो छ । त्यसैले गर्दा सक्रिय रुपमा समस्याको उद्धगर गर्दे आवाजलाई बुलन्द गर्दे प्रवासी मजदुरहरु स्वास्थ्य रुपमा काम गर्ने अधिकार खोज्नु पर्छ । र्दुघटनाको क्षतिपूर्ती सम्बन्धी बिमा सम्पूर्ण कंम्पनीहरुलाई अनिवार्य हो ।

कोरिया आएको धेरै नभएर हामी आप्रवासी श्रमिकहरु छोटो समयमा हामी कोरियाको सामाजमा अचानक आईपर्ने श्रमिक अवस्था निती नियमको बारेमा बुझन गाह्रो छ । अक्सर कठिनाईमा ठक्कर खाएर भेदभाव तथा अन्याय, घाटा भएको अनुभव हुन सक्छ । तर हामी विश्व मानवअधिकार घोषणा पत्रमा उल्लेखित भए जस्तै मानिसले अरुलाई पनि मौलिक अधिकार हस्तान्तरण गर्न सकिन्छ भन्ने र यो कोरिया समाजमा आवश्यक अनुसार निमन्त्रणा भई हामी आप्रवासी श्रमिकहरु श्रमिकको अधिकार स्वतह पाउने उल्लेख रहेको, काम गर्ने स्थलमा अन्यायपूर्ण कठिनाई भएको अवस्थामा सहकर्मी श्रमिकसंग सहकार्य गरेर समस्या समाधान गर्ने छौ ।

अर्को पानामा कृषि तथा पशुपालन कंम्पनीका आप्रवासी श्रमिकहरु काम गर्दा उपरोक्त विषयले अप्ठयारो परेको अवस्थामा सम्पर्क गर्न सक्ने कोरियाका श्रमिक संगठन तथा आप्रवासी श्रमिकलाई सहयोग गर्ने संस्थाहरुको सम्पर्क नम्बरहरु राखिएको हुनाले सक्रिय भई प्रयोग गर्नु होला

* यो लेख क्याङ्गगिदो स्थित आनसानमा रहेको छिगुईन बस छङ्गयुजानका अध्यक्ष किम ई छनले लेखेको हो । उनी मिडिया कार्यकर्ता हुन र कृषिका आप्रवासी श्रमिकहरुका सक्रिय सहयोगी पनि हुनुहुन्छ ।”



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com