ऐश्वर्य श्रेष्ठ

महामेलामा पत्रकारलाई विभेद किन ?
[2015-02-23 오후 10:59:00]

सलनालको दोस्रो दिन फेबु्रअरी १९ तारिख सोलको ग्रान्ड पिस हलमा महजोडी लगायत अन्य राष्ट्रिय कलाकारहरुको प्रस्तुती हेर्न नेपाली दाजुभाइ तथा दिदीबहिनी तुंगदेमुनबाट टृ्रन चढेर कार्यक्रमस्थलतर्फ लाग्दैंथिए । कार्यक्रममा नेपाली वेव टिभिका छायांकार राजु श्रेष्ठ र म तुंगदेमुन आइपुग्दा नमस्ते नेपाल कोरिया डट कमका सम्पादक तथा नेपाली वेव टिभिका प्रमुख रमेश खवाजु,नमस्ते नेपाल कोरिया डट कमका सह सम्पादक कृष्ण पुरी,नेपाली वेव टिभिका प्रस्तोता सन्दिप पाण्डे,सपना सुनुवार हाम्रो पर्खाइमा हुनुहुन्थ्यो ।

जब हामी त्यहां पुग्यौं उहांहरुको प्रतिक्षाका बांध टुटन लागिसकेको भान हुन्थ्यो यद्दपि मैंले अलिकति ढिलो भयो केही छैंन भने साथीहरुले नेपालीको समय यस्तैं भन्दैं हांसे ।त्यसपछि तुंगदेमुनको गेट नंबर ३ बाट कार्यक्रम जान भनेर हिडयौं ।ट्रेन लाइन नंबर १ मा चढेर कार्यक्रम स्थल तर्फ हाम्रो ट्रेन लाग्यो । हेगी स्टेशनमा झरेर सोल स्थित ख्याङ ई कलेजको ग्राण्ड पिसहलतर्फ हाम्रो पत्रकार टोली मिठो कुराकानी गदैं अघि बढयो । लगभग १० मिनेटको हिडाइपछि हामी त्यहां पुग्दा दर्शकहरुको भिड बाक्लिसकेको थियो । कार्यक्रम स्थलमा पुग्दा दिउसोको २.३० बजेको थियो ।बाहिर नैं टिकट काटने काउन्टरमा मैंले पत्रकारलाई भित्र प्रवेश गर्न कस्तो व्यवस्था छ भनेर सोधे काउन्टरका ती व्यक्तिले ऊ त्यता जानुहोस भनेर बाटो देखाईदिएपछि हामी त्यतातिर नैं लाग्यौं,पास दिने काउन्टरमा पुन मैंले प्रेस पासको कुनैं व्यवस्था छ भनेर सोधे ?त्यहां केही परिचित अनुहारहरु पनि थिए ।जवाफमा नेपाली वेव टिभिलाई २ वटा पास दिनोस भन्ने जवाफ आयो ।

त्यसपछि म पास नलिइकन साथीहरुसंग छलफल गर्न गए के गर्ने एउटा मिडियालाई २ वटामात्र पासको व्यवस्था रहेछ भनेर ।नेपाली वेव टिभिका तर्फबाट प्रस्तोताद्धय सपना जी र सन्दिप जी हुनुहुन्थ्यो भने क्यामेरामेन राजु जी र म । शुरुमा सन्दिप जी र मैंले २ वटा पास नेपाली वेव टिभिको नाममा पाए लियौं ।

अघिल्लो दिन फोनिज कोरिया डट कमका सम्पादक मन्जु गुरुङ दिदिसंग मेरो कुरा भएको थियो । फोनिजबाट कोही जाने सुनिश्ति नभएकोले मलाई नैं प्रतिनिधित्व गर्न भन्नु भएकोले सजिलो ठानी फोनिजबाट प्रवेश गर्ने विचार गरेर दुइजनाले प्रवेश पाउने पक्का भएपछि अन्य दुइ जनालाई के गर्ने भनेर मैंले सन्दिप जी र रमेश दाइसंग कुरा गरे उहांहरुले मलाई फोनिजबाट जान सल्लाह दिएपछि एउटा चाहि टिकट काट्नुपर्ने निश्चित भएपछि एउटा टिकट मैंले लिए ।

त्यसपछि रमेश दाइ र कृष्ण पुरीले २ वटा उहांहरुले नमस्ते नेपालबाट पास लिनु भयो अनि मैंले आफुले लिएको पासमा नेपाली वेव टिभिका प्रस्तोता सपना सुनुवारलाई पठाए ।नेपाली वेव टिभिको नाममा सन्दिप पाण्डे र सपना सुनुवार, नमस्ते नेपालबाट रमेश खवाजु र कृष्ण पुरी छिरेपछि मैंले एकचोटी आफ निश्चित हुन पुन मन्जु दिदिलाई फोन गरे उहांले निश्चल काउचा आउदैं हुनुहुन्छ तपाईहरु २ जना जानुहोला भन्नु भयो ।

मैले पुन नेपाल हाउस व्यवस्थान समितिका सचिव तथा फोनिज कोरियाका सचिव याम श्रीस मगरलाई फोन गरे उहांले पनि हामी दुइजनालाई छिर्न भनेपछि म ढुक्क भएर निश्चल जीको पर्खाइमा बसे ।

उहां अलि ढिलो आउनुभयो कार्यक्रम शुरु भैंसकेको जानकारी बाहिर आइसकेको थियो ।त्यसबीचमा फोनिजका अन्य साथीहरु पनि आउनुभयो जी वि लामा,रोशन राई उहांहरुसंग पनि म र निश्चल जी छिर्ने सल्लाह भयो सो बमोजिम निश्चल जी आएपछि पास माग्न गयौं फोनिजको तर्फबाट ।पास दिनेमा राजु थापा हुनुहुन्थ्यो उहां नेपाल पत्रकार महासंघ कोरियाका सदस्य पनि हुनुहन्छ उहांले फोनिजबाट छिरिसकेको छ भन्नुभयो ।

छिर्नुपर्ने मानिस जति सबैं बाहिर हुंदा हामी अलमलमा भयौं ।पुन एकपटक याम श्रीसलाई फोनमा बोल्न लगाएपछि फोनिजबाट कोही गएको छ भनेर फाइल पल्टाएजस्तो गरेर एउटा अनलाइनलाई एउटा पासको व्यवस्था भएको हामीलाई जानकारी दिइयो ।त्यसपछि मैंले निश्चल जीलाई सो पासमा छिर्न भनेपछि उहांअघि बढनुभयो ।केहीबेर पछि रोशन जीले मेरो लागि र उहांको लागि भनेर २ वटा टिकट लिएर आउनुभयो त्यसपछि हामी दुई पनि महामेहाको अवलोकन गर्न भित्र प्रवेश गरयौं ।

यसरी सरसर्ती हेर्दा जनजाति पत्रकार माथिको अवहेलना भन्ने बुझिन्छ किनकी यदि एउटा अनलाइनको लागि एउटा मात्र पास उपलब्ध गराउने व्यवस्था गरिएको हो भने संगैं आएका साथी एउटा अनलाइनको नाममा सबैंले देख्ने गरी कसरी २ जना छिरे ?

भित्र छिरेको केहीबेरमा छुल्ठिम गुरुंगले महजोडीलाई स्टेजमा बोलाइन् ।महजोडीको प्रहसन शिर्षक बाहुनबहादुर र नेवारबहादुरले प्रष्ट पार्दथियो कि यसको मुल सारांश जातिय र संघीयकुरामा केन्द्रित छ भनेर ।नभन्दैं सोही कुरामा केन्द्रित रहयो प्रहसन ।दर्शक पत्रकारहरु महको प्रहसनलाई क्यामेरा कैंद गर्न आतुर थिए तर पहिले नैं उदघोष गरिएको थियो भिडियो नखिच्न भनेर ।भिडियो त परैं जावोस एउटा फोटो खिच्न पनि दिएनन् आयोजक स्वयंसेवकहरुले ।लाग्थ्यो स्वयंसेवक होइन तैंनाथ गरिएको लडाकु हुन । कसैंले मोबाइल चलायो मात्र भने पनि हात हातमा खोस्न आइपुग्थे स्वयंसेवक ।

केही जनजाति तथा संघियका साथीहरु महको प्रहसन संघिय।जातिय विरोधी भएमा विरोध गर्ने र कालो झण्डासमेत देखाउने योजनाका साथ छिरेका थिए तर मुकदर्शक बनेर हेरीरहेका थिए भने स्वयंसेवक धेरैंजसो जनजाति साथीहरु नैं परिचालित थिए ।महको प्रहसनले दिने शिक्षा जातिय आधारमा राज्यको पुर्नसंरचना गर्दा देश टुक्रिने भन्दैं छिमेकी राष्ट्रहरुको उदाहरण दिदैं नेपाल आमाप्रति नमन गर्न सुझाएका थिए । त्यो क्षण आदिबासी जनजाति महासंघ कोरियाका पदाधिकारीहरु नै ताली बजाएर रमाइरहेका थिए | यो अवस्था देखेपछि मलाई ती पदाधिकारीप्रति दया लागेर आयो किनभने नेपालका जनजाति अगुवाहरुले यतिबेला जनजातिको हक अधिकार स्थापना गर्न आन्दोलन गरिरहेका छन् | त्यो आन्दोलनको सारसम्म उनीहरुलाई थाहा रहेनछ जस्तो लाग्यो | त्यसो त महामेलाको लागि महासंघका पदाधिकारीहरु भरपुर प्रयोग भएकै हुन् | उनीहरु लाचार छायाँ भएकै हुन् | यो सबै अवस्था मैले शुरु देखि हेरीरहेको थिएँ |म कोरिया जनजाति महासंघका केहि पदाधिकारीलाई यति यति भन्न चाहन्छु कि 'अरुले लडी दिएर तपाइको अधिकार प्रत्याभूत हुन सक्दैन |' 'आफ्नो अधिकारको लागि लड्न छोडेर तपाइँ कहिलेसम्म हतियार बन्ने ?'

कुरो रहयो पासको त्यसमा पनि हामीले सहजरुपमा पास पाउन सकेनौं,एउटा पासको लागि हारगुहार गर्नुपर्ने कुनैं अवस्था आउनुनपर्ने हो । कसैंलाई लाग्न सक्छ किन २५ हजार वनको लागि मरिहत्ते गर्न खोजेको भनेर हामीले आफुले प्राप्त गर्ने अधिकारको कुरा मात्र गरेको हो ।

किन कसैंलाई काख कसलाई पाखा गरिन्छ । फोनिज कोरियाले सकेसम्म सबै खालका समाचार,अन्र्तवार्ताहरु सम्प्रेषण गर्दछ | एनआरएनका अध्यक्षको अन्तर्वार्ता देखि लिएर बिभिन्न प्रकारका सामग्रीहरु प्रकाशन गरेकै हो तर सुचनाको हकलाई वञ्चित गरी राष्ट्रको चौंथो अंगलाई सार्वजनिक कार्यक्रममा छिर्न नदिएर सुनियोजित ढंगले अपमान गर्न गर्न खोजिएको मेरो ठहर छ |

फोनिजलाई विभेद गर्नकाको कारण के पनि हुन सक्छ भने महजोडीको प्रस्तुतीलाई मध्यनजर गदैं जनजाति पत्रकारलाई बाहिर पार्ने षडयन्त्रसमेत हुनसक्छ ।सत्यतथ्य बाहिर नआओस,कसैंले थाहा नपाउन जसले गर्दा विरोधको संख फुकोस ।

तिखारिएको सिसाकलमको टुप्पोलाई भांच्न सकिन्छ,निरन्तर बगीरहने खोलालाई एक दुई दिन छेक्नसकिन्छ तर नरोकिने विचारको ज्वारभाटालाई कहां सानो खाडलमा हाल्दैंमा भरिएर निक्लन सक्दैंन भन्न सकिन्छ र ?



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com