विवेक बिश्वकर्मा

भैरहवा अन्तराष्ट्रिय बिमानास्थल र निजी क्षेत्र
[2015-02-10 오후 7:36:00]

भैरहवामा गौतम बुद्ध अन्तराष्ट्रिय बिमानास्थलको शिलान्यास भए लगत्तै अहिले बिमानास्थल स्तारोन्नती कार्य तिव्र रुपले अगाडी बढी रहेको छ । बिमानास्थल स्त्तरोन्नती कार्यले अहिले भैरहवा लगायत यस आसपासका निजि क्षेत्रका ब्यावसायीका साथ साथै स्थानियहरुमा उत्साह थपिदिएको छ ।
माघ १ गते प्रधानमन्त्री शुसिल कोईरालाले बिमानास्थलको निर्माण कार्यको औपचरिक रुपमा शिलान्यास गरे लगत्तै अहिले निर्माणको जिम्मा पाएको चिनिया कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कर्पोरेशनले बिमानास्थल निर्माण कार्य दु्रत गतिमा काम अगाडी बढाएको छ ।

चिनिया कम्पनीले अहिले स्थानिय सेवा प्रदायकहरु मार्फत बिमानास्थलको छेउमै रहेको घाघरा नदी डाईभर्सन कार्य अगाडी बढाएको छ । बिमानास्थलको रनवे विस्तारको क्रममा घाघरा नदीले छेक्ने भएको कारण बिमानास्थल पेरफेरीमा घुमाएर घाघरा डाईभर्सन गरि पुनः सोही खोलामा खसालिने छ ।

डाईभर्सन गरि बनाईएको उक्त कृत्रिम खोला साढे २ किलोमिटर लम्बाई, ३५ मिटर चौडाई र ६ मिटर गहिराई रहने परियोजनाका प्रवक्ता सरीता श्रीसले जानकारी दिईन । उक्त खोला फर्काउन ९० दिनको म्याद रहे पनि ३५ दिन भित्र खनेर भ्याउने र २ महिना भित्र खोला फकाई सक्ने कम्पनीले जानकारी दिएको छ । नदीको दुवै तर्फ ७÷७ मिटरको वाटो हुनेछ ।

जस मध्य एउटा बाटो आम नागरिकको प्रयोगका लागि खोलीने छ भने अर्को बाटो एयरपोर्टको आन्तरीक प्रयोजनका लागि खोलीने यसका साथै अहिले रनवेको माटो परिक्षण समेत भई रहेको चिनिया कम्पनीका तर्फबाट प्राविधिक सहजकर्ताका रुपमा खटिएका शक्ति डंगोलले बताए ।

त्यस बाहेक प्रथम चरणमा बिमानस्थलको ३ हजार मिटरको रन वे त्यसको सामान्तरमा ट्याक्सी वे, अन्तर्राष्ट«िय टमिर्नल भवन, टावर, प्रशासकिय भवन, आन्तरीक तथा बाह्य पेरीफेरी सडक, एअर कार्गो बिल्डीङ, सुरक्षा पोष्ट भवन, बिमानस्थल सडक लगायतका भौतिक निर्माण्ँका कार्यहरु पनि तत्कालै शुरु गरिने प्रवक्ता श्रीसले जानकारी दिईने ।

बिमानस्थल डिसेम्बर २०१७ मा निर्माण्ँ सम्पन्न हुने लक्ष्य लिईएको छ । गौतमबुद्ध बिमानस्थल स्तरउन्नती गरी काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल सरहको बिमानस्थल बन्ने छ ।

निजि क्षेत्रमा उत्साह
भैरहवामा बन्न लागेको अन्तराष्ट्रिय बिमानास्थले यस क्षेत्रका उद्योगी ब्यावसायी, निजि क्षेत्र लगायत स्थानियमा उत्साह थपिदिएको छ । नेपाल भारतको सीमा बेलहिया नाका स्थल मार्ग हुदै सबै भन्दा बढी पर्यटक नेपाल भित्रयाउने नाकाको रुपमा परिचित छ ।

रुपन्देहीमै शान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल रहेकोले पनि अन्तराष्ट्रिय बिमानास्थलले यस क्षेत्रको निजि क्षेत्र उत्साही भएको हो । बिमानास्थल निर्माण पश्चान नेपालमा पर्यटकको संख्या उल्लेख रुपमा बढने यहाका पर्यटन ब्यावसायी बताउछन ।

सिद्धार्थ नगर उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका पर्यटन ब्यावसायी बिष्णु शर्माले अन्तराष्ट्रिय बिमानास्थल बनाएर मात्र नहुने बताउदै यसलाई सञ्चालनमा ल्याउन पनि उत्तिकै आवश्यक पर्ने कुरामा जोड दिए । बिमानास्थल निर्माण पछि कम्तिमा पनि यहा १० गुना पर्यटक बढे मात्र बिमानास्थल निर्वाध रुपमा सञ्चालन हुने वातावरण बन्ने उनको भनाई छ ।

यस क्षेत्रमा अहिले पर्यटन उद्योगमा लगानी गर्न ब्यावसायीहरु आतुर भएको बताउदै उनले अहिले लगानीको लागी सरकारको निति बाध बनिरहेको गुनासो गरे । पर्यटन ब्यावसायमा केही निश्चित समयको लागी प्याकेजमा सुविधा दिनु पर्ने माग सरकार सित गरि रहेका शर्माले जानकारी दिए ।

बिमानास्थल निर्माण पछि पर्यटन ब्यावसाय फस्टाउने पक्का छ । यसले यस क्षेत्रको समग्र बिकास र आर्थिक समृद्धि ल्याउने छ । त्यसकारण बिमानास्थल हाम्रो साझा हो भन्दै यसको निर्माण सम्पन्न र सञ्चालनमा सबै मिलेर लाग्नु पर्नेमा अध्यक्ष शर्माले जोड दिए ।

यसै गरि जगदम्बा सिमेन्ट उद्योगका प्रवन्ध निर्देशक बिदुर ढुङ्गाना अन्तराष्ट्रिय बिमानास्थल पश्चिमाञ्चर्क बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउछन । बिमानास्थलले बुद्धिष्ट सर्किटको बिकास गर्ने उनको भनाई रहेको छ ।

नवलपरासी, कपिलवस्तु, रुपन्देही लगायतका स्थानबाट बैदेशिक रोजगारीको लागी अधिकांश युवा काठमाण्डौंबाट नै उडने बाध्यता रहेकोले यसलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानास्थलको बिकल्पको रुपमा प्रयोग गर्न सक्ने उनले बताए ।

चीनको नर्थवेष्ट सिभिल एभिएसन कर्पोरेशन समुहले बिमानस्थल निर्माण गर्ने जिम्मा पाएको छ । बोलपत्र अनुसार नर्थवेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया ९१ पैसामा बिमानस्थल निर्माण्ँ कार्य सम्पन्न गर्नेछ ।

अब निर्माण हुने बिमानस्थलको धावनमार्ग ३ हजार मिटरको हुने छ भने बाÈिर्क ७ लाख ६० हजार हवाई यात्रुलाई थेग्ने गरी प्रथम चरणमा बिमानस्थलको निर्माण हुनेछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com