गोपाल कामत

सिप सिक्न गायनको साहारा लिदै दृष्टि विहिन
[2015-02-04 오후 8:41:00]

देशमा पूर्णरुपमा शान्ति छैन्, दिनानुदिन यूवाशाक्ति बेरोजार र वेसारा हुदैछ । दिनप्रतिदिन आफ्ना देश छाडेर बैदेशिक रोजगारीमा होमीरहे यूवा शक्ति नत राष्ट्रका कुनै सरकारले बेरोगारी हटाउने उपाय अपनाउछ नत कुनै राजसेनाले नै यू स्वारोजगार बनाउने कुरा सोच्छ । यस्तै देश र नेतको यूवा रोजगारप्रतिको गैरजिम्मेवारी पनले यूव शक्ति राष्ट्रमा कमजोर बन्दै गइरउको पाइन्छ ।

जेहोस–देशमा जे भैरहेको त्यो संग सरकार र समन्वयगरी आफ्ना सिप सिक्न दिरात लागी गरेको छन् । दृष्टि विहीन द्धय बुद्धिमान राई, माया राई र प्रविना राई, उनीहरु एका विहानै उठ्छन, आफूसंग भएका एक सेट कपी कलाम एक सेट साउण्ड सिष्टम र एउटा मुढा लिइ चोक चोकमा गई आफ्ना स्वरीलो स्वरमा गीत गाउन थाल्छन् । बुद्धिमान राई र उनलाई साथ दिन्छीन उनका दुई दृष्टि विहीन सहपाटी माया राई र प्रविणा राई विहावार यस्तै दृश्य देख्न पाइयो धरान–९ स्थित पुतली लाइनको सब्जीमण्डी जाने मोडमा यो दृश्य यति मात्र नभएर सास्कृतिक अभियान संगै राष्ट्रका सपाङ्गहरुले भन्दा अपाङ्गहरुले धेरै गरेर देखाउने र आफूहरुले सिप सिक्न प्रयोग गर्ने अभियान भनेर प्रकट गरेका थिए उनीहरुले यति मात्र होइन दृष्टिविहीन बुद्धिमान राई चर्चित गायक रामकृष्ण ढकालको माया गर्नेको चोखोमाया पनि देखियो वोलको गितबाट सबैलाई भावुक बनायो ।

एउटा दृष्टिविहीन जो आखा देख्दैनन् देशमा बेरोजगारी छ भन्ने सम्झेर मुढा बनाउने सिप सिक्नको निम्नी रकम संकलन गरी स्वरोगार बन्ने सोचले सानो साउण्ड सिस्टमको साहारा लिई ति माया गर्नेको चोखोमाया गर्ने बोलको गित गाएर सुनाए । त्यही बेला त्यतिबेलाको पुतलि लाईनको वस्तबजार गुञ्जयमान भयो । चारैतिर जनमानसको भिड लाग्न थाल्यो ।

कसैले कही पैसा दिए भने केहीले गित सुनेर दृष्टिविहीनका अनुहार हेरेर बसे । त्यस पछि सुरु भयो दृष्टि विहीन बुद्धिमान राईको उदेघोषण कलापनि । उनले भने आफू दृष्टि विहीन भएता पनि मनमा आट र सिप सिक्ने आट छ कसिर एक महिना धरान–१७ रेलवे चोकबाट सुरु गरेको एकत गायन यात्रा सुरु गरेको हु । उनले आफ्नो लक्ष्य प्राप्त नहुनजेल सम्म निरन्तर लागि रहने बताए । दृष्टि विहीनलाई यो समाजले हेर्ने हो भने दृष्टिविहीनले पनि समाज परिवर्तन गर्न सक्छ उनले बताए ।

अर्का प्रशंगमा दृष्टि विहीन राईले आफू ९–१० बर्षकै हुदा आमा बाबा विहीन भई आर्थिक अभावमा परेको बताए । अहिले सम्म मेरा बा र आमा काहा छन् मलाई थाहा छैन् । छेउमै बसेको बहिनी माया राईको अवस्था पनि यस्तै छ । घर काहाहो थाहा छैन बा आमा को हुन थाहा छैन उनले भने ।

राज्यका ठुला ठुला एनजिओ र आइएनजिओ लाई चुनौति दिदै दृष्टिविहीन राईले जीवन गुजाराको लागि सिप आवश्यक छ र हुन्छ । तर यहा त सरोकार वालाहरु विदेशी डलर मात्र कुम्ल्याउछ ।

सिप विकासमा लगाउनदैनन् । उनीहरुले सिपको मुल्य बुझ्दैनन् भनेर त्यस्ता ठेक्का पट्टा गर्देलाई हामी दृष्टिविहीनले मुढा बुन्ने सिप सिकेर चुनौति दिन चाहान्छौ भावुक हुदै भने ।
सिप सिक्नको लागि यसरिनै केही समयसम्म चोकचोकमा गीत गाएर मागेर रकम संङकलन गछौं । पहाडी क्षेत्रर सीमा पारि गएर भएपनि मुढा, मैनबत्ति, अगर बत्ति र कुचो बनाउने सिप सिक्ने छौं दृष्टि विहीन राईको योजना छ ।

यसरी चोकचोकमा गित गाएर सुनाउदा केही जनमानसहरुले ५० देखी १हाजार रुपैसा सम्म पनि दिन गरेको छ भने देशमा रहेको कयौ दृष्टि विहीनका क्षेत्रमा काम गर्ने संघसंस्थाहरु नत कुरा सुन्छ नत केही सहयोग नै गर्छन, राईले गुनासो गरे ।

दृष्टि विहीन राईले आफूहरु यसरीनै धरानका चोक चोकमा कयौ महिना सम्म सर्वसाधारण जनतासंग सहयोग माग्ने र रकम सहयोग गरीदिनहुन सम्बन्धित सरोकार वाला र इच्छुक महानुभावहरुलाई आग्रह समेत गरे ।




Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com