लोकनारायण सुवेदी

मूर्ख बनाउने खेल कहिलेसम्म चल्ने हो ?
[2014-12-24 오전 7:25:00]

आजभन्दा ६ बर्ष अघि २००८ मा अमेरिकामा ‘हिस्टोरी न्यूज नेट वर्क’ का प्रमुख सम्पादक रिक शेकमनको ‘हामी कति मूर्ख छौ’ अर्थात् ‘हाउ स्टूपिड वी आर’ नामको एउटा किताब निक्कै चर्चामा आएको थियो । त्यो कितावमा उनले अमेरिकी मतदाताहरुको यस आधारमा अन्वेषण गरेका थिए कि अमेरिकीहरु कस्तो कस्तो किसिमले अन्तर्राष्ट्रिय घटनाहरुप्रति अनभिज्ञ रहने गर्दछन् । अमेरिकीहरुलाई वास्तवमा आफ्नो सरकार के कसरी चलिरहेको छ भन्नेसम्म पनि थाहा हुदैन । यति हुदाहुदै पनि उनीहरु कसरी सरकारी अडान र नीतिहरु चूपचाप स्वीकार गर्ने गर्दछन् अनि कसरी उनीहरु गए गुज्रेका थाङ्ने धारणाहरु, समस्याहरुको सरलिकृत समाधानहरु र अतार्किक भयको शिकार हुने गर्दछन् । यी अमेरिकी लेखकले किन यसरी अमेरिकी जनमानसको अन्बेषण गर्नु परेको हो त्यसको आफ्नै किसिमको परिप्रेक्ष होला । तर त्यो चर्चित किताको कुरालाई नेपालको आजको राजनीतिक परिवेशको सन्दर्भमा हेर्ने र केलाउने हो भने नेपाली जनतालाई पनि यहााका सत्ताका चतुर शिकारीहरुले कसरी थाङ्नामा सुताउने अर्थहीन राजनीति गरिरहेका छन् भन्ने यथार्थ बुझ्नका लागि भने निक्कै मद्दत पुग्दछ ।

हुन पनि जनतालाई जे भनिदिए पनि हुन्छ भन्ने मानसिकताबाट चलेका राजनीतिक दलहरुको नेतृत्व भ्रमको खेती गरेर आफ्नो स्वार्थको दुनो सोझ्याउन अभ्यस्त भइसकेको छ । त्यसले गर्दा के बोल्दैछु र के गर्दैछु भन्ने कुराको हेक्कै नराखी निर्धक्क बोल्ने र जनतालाई मूर्ख बनाउने काम निरन्तर भइरहेको छ । वास्तवमा यो जनताको अनभिज्ञता, धर्मभिरुता र जडतायुक्त सामाजिक परिवेशबाट फाइदा उठाउने बाहेक अरु केही कुरा हुदै होइन । धेरै टाढा सुदूर बिगतको कुरामा नगैकन बितेको ८ बर्ष यताका घटनावलीलाई मात्र सर्सरी हेर्ने हो भने पनि आफुलाई परिवर्तन, प्रगति र लोकतन्त्रको मसीहा भनेर दाबी गर्ने र सत्तामा घरी घरी पुगेका र रहिरहेका राजनीतिक दलहरुले नेपाली जनताको निरीहताबाट ठूलो फाइदा उठाएका छन् । उनीहरुले जनताको मतको हवाला दिएर उनीहरुको पीडा,सपना र समस्यालाई खेलतमासा बनाउदै आएका छन् । राज्यको ढिकुटी स्वाहा पारेका छन् । जनता र देशको लागि एउटा सिन्कोसम्म भाचेका छैनन् । एघार महिनासम्म बिदेश भ्रमण र सत्ताको लठारोमा रमाएका उनीहरु अहिले आफैले तोकेको मितिमा संविधान नामको कुनै झटारो जनतालाई हान्न पाए फेरि एउटा अर्को भ्रमको खेती चलाउन सके खाइपाइ आएको सत्ताको सुस्वादु भोजन कतै जाने थिएन भन्ने चिन्ताले के के न गर्न खोजेजस्तो ताउर माउर गरिरहेका छन् ।

नेपाललाई ठाडो चिर्ने कि तेर्सो चिर्ने रगडघस गरिरहेका उनीहरु त्यसमा पनि कुनै टुंगोमा पुगिरहेका छ्रैनन् । बरु यो समस्यालाई काचै राखेर यसलाई पनि जनता लडाउने एउटा अनन्त उपायकोरुपमा ‘ट्रम कार्ड’ बनाउन खोजिरहेका छन् । नेपाली जनतालाई धर्म, जाति, भाषा,सास्कृति, इतिहास र भू–धरातलका आधारमा पुनर्बिभाजन गर्ने होइन कि जोड्ने कुराको खोजी संविधान निर्माणका बेला गरिनु पर्ने हो । तर संविधान सभामा पुगेका र मूलत सत्ता रहेका दलहरुबाट लगातार त्यसको बिपरीत गतिबिधि मात्र भइरहेका छन् । जनतालाई सबै किसिमले अधिकार सम्पन्न तुल्याइयो भने आफ्नो खैरियत छैन भन्ने कुरा उनीहरुले राम्रोसाग बुझेका छन् । त्यसैले उनीहरु जनतालाई राजनीतिक, आर्थिक, सामाजिक तथा साास्कृतिक किसिमले अधिकारयुक्त र सुसज्जित तुल्याउनबाट निरन्तर तर्किने र झर्किने गर्दै आएका छन् । वास्तवमा संविधान सभालाई एउटा हल्का र ख्यालख्यालको बस्तुकै रुपमा अहिलेसम्म उनीहरुले लिएको देखिदै आउनु पछाडिको कारण नै वास्तवमा यही हो । तर पनि उनीहरुलाई कुनै पर्वाह र पछुतो पनि छैन । किनकि छलकपट र जालझेल नै आज राजनीतिको मेलो र जनता छक्याउने खेलो बनिरहेको छ ।

यो ‘माल पाएर पनि चाल नपाएको’ जस्तो उनीहरुको चालामालाबाट प्रष्ट हुन्छ कि उनीहरु बरु बिदेशीहरुलाई गुहारेर संविधानको खाका र स्वरुपको बारेमा चर्चा चलाउनु र उनीहरुको समर्थन र सहयोग लिनु बुद्धीमानी ठान्दछन् । तर नेपाली जनताका बीचमा उनीहरुका आफ्ना हक अधिकार ब्यवस्थित हुने संविधान के कस्तो बन्दैछ, जन आन्दोलनको जनादेशको के कसरी पालना हुदैछ भनेर छलफलसम्म चलाउन पनि बिल्कुलै तयार छैनन् ।बरु जनतासाग छलफल गर्ने कार्य तालिका कटौति गर्न उनीहरु हत्तनपत्त तयार हुने र तम्सिने गरिरहेका छन् ।यो पनि वास्तवमा जनतालाई गुमराहमा राखेर मूर्ख बनाउने कुरा सीवाय अरु केही होइन । यो क्रम सकेसम्म नया नया संस्करण र रुपमा चलाउने उनीहरुको मनशाय र ब्यवहारबाट प्रकट हुन्छ ।

हुन पनि संविधान सभाले नै ब्यवस्थापिका/संसदको पनि काम गर्नु पर्ने अन्तरिम संविधानमा जुन ब्यवस्था गरियो त्यसले गर्दा नै सरकार, सत्ता र त्यसबाट प्राप्त हुने सुबिधाको खोजीमा नै सभासदहरुले सम्पूर्ण कार्यकाल लगाउने गरेर संविधान बनाउने कुरामा ध्यान केन्द्रित नभएको यथार्थ सबैमा जग जाहेर नै छ । यसलाई जस्तोसुकै तर्क दिएर ढाकछोप गर्न लुकाउन खोजे पनि त्यो नाङ्गो सत्य छोपिन सक्तैन । वस्तुत: दुइ बर्षको लागि बनेको पहिलो संविधान सभालाई समय थप्दै गएर चार बर्ष पुर्‍याउदा पनि त्यस ऐतिहासिक संबिधान सभाबाट संविधान बन्न नसक्नुको भित्री कारण यही सत्ताको खेल थियो र हो । भागबण्डाको चरम खेलले गर्दा राष्ट्रिय जीवनका प्राय: सबै क्षेत्र एकातिर अनुशासनहीन र अराजतकताको अखडा बनेर रहे भने अर्कोतिर अन्तर्राष्ट्रिय कूटनीतिक सम्वन्धका महत्वपूर्ण कतिपय स्थानहरु पनि रिक्तको रिक्तै रहिरहेका छन् । यसले नै हाम्रो आजको राजनीतिक नेतृत्वको दूरदृष्टि, कार्य क्षमता, दक्षता र अनुभव के कति रहेछ भन्ने कुरा प्रष्ट हुन्छ ।

तर एउटा के कुरा सधैंका लागि र सबैका लागि प्रष्ट हनुपर्ने हो भने केही मानिसलाई केही दिनका लागि अबश्य मूर्ख बनाउन सकिएला तर कसैलाई पनि साधैका लागि त्यसरी मूर्ख बनाउन सकिने छैन । एक न एक दिन वास्तविकताको पोल त अबश्य खुल्दछ । त्यस दिन भ्रम दिने र भ्रममा पर्ने दुइमध्ये भ्रम दिनेहरुको छबि जुन आध्यारो खाल्डोमा गिर्नेछ त्यहाबाट तिनीहरु कहिले उक्सिन र माथि उक्लिन सक्नेछैनन् । अनि भ्रम पर्नेहरुले जुन अमूल्य शिक्षा पाएका हुनेछन् त्यसले उनीहरुलाई मात्र होइन, उनीहरु बााचको समाजलाई पनि जीवनभरीका लागि दिग्दर्शन गर्नेछ र बिश्वास र भरोसा ब्यवहार हेरेर, चरित्र चिनेर मात्र गर्नु पर्दछ भन्ने यथार्थको बोध पनि गराउादछ ।

भारतको इतिहासका खोजकर्ता तथा अन्बेषक र स्वाधीनता पछिका पहिला प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले आफ्नो प्रसिद्ध किताब ‘बिश्वको इतिहास’ मा उल्लेख गरेको कुरा यस सन्दर्भमा निक्कै मननीय छ । त्यसमा सातौ शताब्दीमा भारत पुगेका प्रसिद्ध चिनीया यात्री ह्वेन साङको यात्रा बृतान्तमा जड बुद्धिलाई अरुले कसरी हेर्दारहेछन् भन्ने कुराको एउटा राम्रो दृष्टान्त हुन सक्ने उल्लेख गरिएको छ । त्यस यात्रा बृतान्तका अनसार ‘दक्षिण भारतका एकजना मानिस कर्णसुबर्ण नामको नगरमा पुग्यो । त्यो नगर आजको भागलपुरको वरिपरी कतै पर्दथ्यो । त्यो मानिसले आफ्नो कम्मरमा चारैतिर तामाको पटुका जस्तै बेरेको थियो भने शीरमा बलिरहेको मशाल बाधेर हिड्ने गर्दथ्यो । अनि जब कसैले ती बिचित्रका मानिसलाई उसले बाधेको पटुका र मशालका बारेमा किन यस्तो स्वाङ परेको हो भने सोद्धथ्यो त्यसबेल उसले यही जवाफ दिन्थ्यो कि ‘‘मलाई के कुरा थाहा छ भने मैले तामाको पटुका बाधिन भने मेरो पेट फुट्ने छ ।अनि मैले चारैतिर देखेका अज्ञानी मानिसहरु जो आध्यारोमा भट्किरहेका छन्, तिनमाथि दया लाग्दछ । त्यसै कारणले यो मशाल शीरमा बाधेर हिड्ने गर्दछु ।’’ कुनै पनि सामाजिक नेतृत्वको चरित्र,चिन्तन र ब्यवहार हेरेर मात्र सही दिशामा अघि बढ्न सकिन्छ । अन्यथा एक या अर्कोरुपमा मूर्खताको शिकार हुने कुरा निश्ति छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com