शशीशेखर घिमिरे

नेपालमा एचआइभी एड्स
[2014-12-03 오후 9:38:00]

नेपालमा अहिले ४० हजार सातसय २३ मानिसमा एचआइभी भएको अनुमान गरिएको छ । यीमध्ये परीक्षणबाट एचआइभी देखिएकाको संख्या २५ हजार दुईसय २२ रहेको राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाको तथ्याङकमा उल्लेख छ । यसमा १५ हजार आठ सय ३७ पुरुष, नौ हजार तीसय ४४ महिला र ४१ तेश्रोलिंगी रहेका छन् ।

नेपालमा यौन तथा एचआईभि रोगको वारेमा थुप्रै सचेतनामूलक कार्यक्रम चले पछि यो रोगको संख्या पछिल्लो समय घट्दै गएको देखिएको छ । नयाँ सक्रमण दरको अवस्थाको दर हरेक वर्ष घट्दै गैरहेको छ ।तर दुई वर्षयता भने अपेक्षा गरिएअनुसार नसकेको निराशाजनक तथ्याङकं पनि महाशाखामा रहेको छ ।

यौन तथा एड्स रोग नियन्त्रणका प्रयास जति मात्रामा बिस्तार हुनुपर्ने हो त्यति मात्रामा हुन नसक्दा पछिल्लो दुई वर्षयता संक्रमण दर स्थीर रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण महाशाखाका निर्देशक डा दीपेन्द्र रमण सिंहको भनाई छ । अहिले नेपालमा ४० हजार सातसय २३ मानिसमा एचआइभी भएको अनुमान गरिएको छ ।

ति मध्र्ये परीक्षणबाट एचआइभी देखिएकाको संख्या २५ हजार दुईसय २२ रहेको छ । यसमा १५ हजार आठ सय ३७ पुरुष, नौ हजार तीन सय ४४ महिला र ४१ तेश्रोलिगी रहेका छन् । समग्रमा हेर्दा नेपालमा पछिल्लो अवस्था अनुसा १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तीमा हुने संक्रमण दर ० दशमलव २३ प्रतिशत रहेको छ । गत वर्ष २४ सय ८ जनामा नया सक्रमण देखिएको थियो ।

पछिल्लो समय परीक्षणका कार्यक्रमका कारण बिरामी धेरै फेला पर्न थालेको महाशाखाले वताएको छ ।पछिल्ला समय एड्सको वारेमा वढ्दै गएको विभीन्न किसीमका जनचेतानामूलक कार्यक्रमका कारण संख्यामा कृमि आएपनि सन्तोषजनक प्रगती हुन सकेको छै्रन । तीनवर्ष अगाडिसम्म नेपालमा झण्डै ७० हजार मानिसमा एचआइभी रहेको अनुमान गरिएको थियो ।

अहिले यो संख्या घटेर ४० हजारमा आइसकेको छ । तर अझै पनि १५ हजार मानिसमा एचआइभीको संक्रमण भएपनि त्यो संख्या उपचारको दायरामा नआउदा सोहि कारण एड्स वढ्न सक्ने तर्फ चनाखो हुनआवश्यक रहेको महाशाख वताउछ । तिनीहका कारण अन्य व्यएिचमा आइभी सर्ने जोखिम वढेर गएको छ । उपचार गर्नैपर्ने त्यो समुदायको अवस्था तत्काल भन्न सकिने अवस्था छैन । अहिले एचआइभी परीक्षण गरिएकामध्ये कुल ९ हजार ८ सय १८ जनाले एआरभी औषधि लिइरहेका छन् ।

अकोतर एड्सरोगको चुनौतिको रुपमा केही संक्रमितहरुले बीचबाट नै यौनरोग को नियमीत निगरानीमा नहुने कारण पनि समस्याचुलिएको छ । सन् २००५ देखि अहिलेसम्मको तथ्यांक हेर्दा औषधि खान बीचमै छाड्नेको संख्या अहिलेसम्म १२ सय १६ जना रहेका छन् । तीमध्ये गतवर्ष सबैभन्दा बढी एक हजार ५५ जना रहेका थिए ।

विषेशगरेर महिला यौनकर्मी, सुईको प्रयोग गरि नसामार्फत् लागुऔषधि सेवन गर्ने, महिला यौनकर्मीका ग्राहक, पुरुष समलिंगी तथा तेश्रो लिंगी र कामका लागि बाहिर जानेहरु पर्दछन् । ती समुदायसगै तिनका परिवारह अझ बढी जोखिममा रहेको राष्ट्रिय उौन तथा एड्स रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

त्यसैगरि राजमार्गसंग जोडिएका तथा सुदूरपश्चीमाञ्चल र मध्यपश्चीमान्चलका जिल्लाहरु अति जोखिममा रहेको देखिएको छ। नेपालमा अर्कोथरि संक्रमितहरु तराईका राजमार्ग र तिनले छोएका जिल्लामा छन् भने अर्काथरि सुदूरपश्चीमका पहाडी जिल्लामा रहेका छन् भने वाकी काठमाडौं उपत्यकामा रहेको महाशाखाको तथ्याङकले देखाएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com