SHYAM GUPTA,BARA

गढीमाई मेला र पशु बलि
[2014-11-28 오후 7:34:00]

पशु बलिले बिश्व प्रशिद्ध बाराको बरियारपुर स्थित पञ्चबर्षिय गढीमाईमा शुक्रवार बिहान बिधिवत रुपमा पूजाआजा गरि पशु बलि शुरु भएको छ । आस्थाकी देवी माता गढीमाईको बिधिवत रुपमा पूजा , आराधानासँगै पञ्चवली दिएपछि भाकलका लागि राखिएका राँगाको वलि शुरु भएको हो । बारवाट श्याम गुप्ताको रिर्पोट

सत्रौं शताब्दीताका बरियारपुरका भगवान दास थारुले गाँउमा गढीमाई रुपी त्रिशुल रातारात स्थापना गरेपछि यस ठाउँमा त्यही बेला देखि मेला लाग्दै आएको लोकउक्ति छ । त्यसताका दास हत्या अभियोगमा मकवानपुरको भिमफेदी कारागार (जेल) मा परेका थिए ।

गढीमाईले उनलाई कारागारबाट उन्मुक्ति दिलाएपछि दासले गढीमाईलाई यस जिल्लाको वरियारपुरमा स्थापना गरेको किवदन्ती रहेको छ । पछि गढीमाईको मन्दिरसँगै मुर्ति बनाईएको हो । अहिले दासकै खलक मंगल चौधरी गढीमाईको पुजारी रहँदै आएका छन् ।

वलि दिने तिथी भन्दा एक दिन अगावै गढीमाई (भगवतीे) को तान्त्रिक विधिद्वारा गढीमाईको संस्थापक भगवान दास थारुका सन्ततीको घरमा पुजा , अर्चना हुँन्छ । घरमा पुजा अर्चना पश्चात मध्य रातमा ७ (सात) महिलालाई श्रृंगार गरी गढीमाई मन्दिर छेउमा रहेको ब्रम्हस्थानको पुजा गरिन्छ । पुजापछि गढीमाईलाई पञ्च वलि दिएर बलि आरम्भ हुँने गरेको छ ।

नर वलिको रुपमा दुःखा धामीले आफ्नों शरिरको ५ भागबाट रगत निकाली रगतको बलि गर्छन् । त्यसपछि अन्य वलिमा सेतो मुसा (जंगली) , परेवा , कुखुरा , हाँस , संगुर , राँगा सहिँत बलि दिए पछि बलिको शुरुवात हुँन्छ ।

बलि दिएपछि निस्केको रगतमा झिंगा नआउँने बलिको मुख्य विशेषता मानिन्छ । गढीमाईसँगै उनकी ६ वहिनी दोरलाही , रमनाकामना , संसारी , गड्वाला , समे र सिरकटी रहेका छन् । ती सबैको पनि पुजा त्यसै दिन हुँने गरेको छ । सातै बहिनीको रक्षार्थ रहेको सिपाहीं जगी नट , छदु नट , गंगा नट , मोतिराम नट छन् ।

गत वर्ष भन्दा यस वर्ष राँगाको बलि घटेको छ । भारतबाट आउँने भाकलका राँगाहरुलाई भारत सरकारले रोक लगाएपछि यहाँ अनुमान लगाए जस्तो राँगा आउँन नसकेको हो । यता जिल्ला प्रशासन बाराका अनुसार नेपाल प्रहरी , सशस्त्र प्रहरी , राष्ट्रिय अनुसन्धानका प्रहरी , ट्राफिक प्रहरी गरि १३ सयको संख्यामा सुरक्षाकर्मी खटाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायाव उपरिक्षक रबिन्द्र रेग्मीले बताए ।

तीन दिन यता देखि ३५ लाख भन्दा बढीले गढीमाईको दर्शन गर्नुका साथै मेला भरेका छन् । मंसीर महिना सम्म लाग्ने यस मेलामा दुई करोडको हाराहारीको दर्शनार्थी आउँने अनुमान गढीमाई मेला ब्यवस्थापन समितिको अनुमान छ ।

मेलामा राष्ट्रिय , अन्र्तराष्ट्रिय जगतका ५ सयको हाराहारीमा सञ्चारकर्मी आएका छन् । मंसिर १२ मा राँगा र १३ गते बोका बलि दिने तिथी रहेको छ । त्यस दिन छूटेकाका भाकल माघेसंक्रान्तीका एक दिने दिने गरिन्छ ।

अस्थाकी देवी गढीमाईलाई भाकेका पशु , पंक्षीको वलि दिनाले मनोकांक्षा पूर्ण हुँने जनविश्वास रहि आएको छ । मूलकका विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतको यूपी , विहार , झारखण्ड लगायतका राज्यमा भाकल चढाउँन र माताको दर्शन गर्न आएका छन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com