शशीशेखर घिमिरे

वावुरामको चिन्ता
[2014-11-18 오후 7:08:00]

पछिल्लो राजनीतिक अवस्थाले जनतामा चिन्ता छाउदै गएको छ ।जनताले निधारित समयमा संविधान पाउने हो हैन भन्ने शका मडारिन थालिसकेको छ । संविधान निर्माणका विविदीत विषयमा सहमति जुटाउन प्रमुख भूमिका निर्वाह गर्ने संवाद समितिका सभापति वावुराम भटराईको पछिल्लो गतिवीधि नियाल्दा उनमा निराशा चुलिदै गएको उनले अभिव्यक्ति गरेको भनाईहरु वाट वुझिन्छ । सामाजिक सञ्जालमा सभापति भटराईले पछिल्ला समय एउटा चलनचल्तीको उखानको उदाहरण दिदै अगुवा नै वाटो भडुवा भएपछि कस्को पो के लाग्छ भन्दै चिन्ता जाहेर गरेका छन् ।

देशमा विभिन्न राजनीतिक शक्तीहरु वीच समझदारी कायम गरेर समयमा संविधान निर्माण गर्न र शान्तीप्रकृया सार्थक निष्कर्षमा पुर्याउन अग्रर्णी भूमिका निभाउनु पर्ने देशको प्रधानमन्त्री नै कहिले विदेशी कुटनीतिज्ञहरु थुपारेर आन्तरिक राजनीतिक विवादको छारो उडाउने त कहिले आफंै संवाद समितिका सभापति विरुद्ध हस्ताक्षर अभियानको नेतृत्व गर्ने भए पछि यो देशलाई पशुपतिनाथको कृपामा छोड्नु वाहेक के विकल्प रह्यो र ?

भन्दै सभापति भटराईले सभ्य तरिकाले रोष प्रकट गरेका छन् । सत्तामा रहेका दलहरुको गतिविधिले वातावरण असहज भएकोमा चिन्तीत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले सत्तामा रहेका दलहरुका गतिविधिले संविधान निर्माण्ाँको वातावरणलाई निकै असहज बनाएकोमा रुष्ट हुन पुगेका छन् । सोमवार बसेको संवाद समितिको बैठकमा कांग्रेस–एमालेले अकस्मात सभापतिलाई हस्ताक्षर सहितको पत्र बुझाएपछि सभापति भट्टराईले स्थिति थप असहज र गम्भीर बनेको बताउनुभएको हो ।

‘केही समययता सत्तामा रहेका दलहरुको गतिविधिले वातावरण्ाँलाई निकै असहज बनाएको छ । खासगरी सहमतिबाट नै विगतका आन्दोलनको भावना र मर्मअनुसार संविधान निर्माणँ गर्ने र १२ बुदे सहयात्रीहरुका बीचमा समझदारी कायम गरेर अगाडि बढ्नुपर्ने ठाउमा केही दलहरुले विलकुल एकपक्षीय ढंगले आङ्खना निर्णँर्यहरु गर्दै अगाडि बढेकाले यअसहज स्थीति उत्पन्न भएको सभापति भटराईको वुझाई छ ।

यसैवीच सभापति भट्टराईले मध्यमार्गी प्रस्ताव अघि सार्दै प्रतिवेदन पठाउने क्रममा दुईथरी किनारमा उभिएका विचारहरु आए को भन्दै कांग्रेस र एमालेद्वारा प्रस्तुत अवधारणलाई एउटा प्रस्तावको रुपमा जस्ताको तस्तै संविधानसभामा पठाइयोस् भन्ने मागका वारेमा सभापति भटराईले संविधानसभाको नियमावलीअनुसार सो प्रकृयावाट प्रस्ताव प्रस्तुत गर्ने प्रावधान नै नभएको भन्दै, आफूले दलहरुका बीचमा अन्तरबस्तुमा नभएपछि कमसेकम प्रक्रियामा भए पनि सहमति कायम गर्न भगिरथ प्रयत्न गरेको उल्लेख गरेको भनाई राख्नु भएको छ ।

पछिल्लो अवस्थामा दुईटा कित्तामा दलहरु बाडिदा स्थिति असहज भएको हुनाले आफूले सभापतिको नाताले प्रधानमन्त्रीलगायत प्रमुख दलका शीर्ष नेताहरुलाई राखेर बीचको विकल्प सुझाएको वताउदै सभापति भटराईले विभिन्न विषयमा बहस छलफलहरु भएपनि सहमति हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । सोमवार अपराहन्न बसेको संवाद समितिको बैठक सभापति भट्टराईले केही बेर स्थगित गरेर आफनै कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुका बीचमा दुबै पक्षलाई मान्य हुनसक्ने मध्यमार्गी प्रस्ताव राख्नुभएको थियो । त्यसलगत्तै सभापति भट्टराईले संवाद समितिको बैठकमा उक्त प्रस्ताव राख्नुभएको थियो ।

‘तर यो विषयमा त्यहा छलफल मात्र हुदै थियो अकस्मात नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बैठकमा प्रधानमन्त्री सुशील कोइरालालगायत समितिका ४३ जनाको हस्ताक्षर रहेको एउटा पत्र प्रस्तुत गर्नुभयो । त्यो पत्रमा उहाहरुले प्रस्तुत गरेको जुन प्रस्ताव छ त्यसलाई सभापतिले अनिवार्यरुपमा संविधानसभामा पठाउनुपर्ने आशय व्यक्त गर्दै सभापति भट्टराईले अकस्मात ढंगले प्रस्तुत गरेर दवाव सिर्जना गर्ने हो भने सभापतिले निष्पक्ष ढंगले आङ्खनो भूमिका निर्वाह गर्न सम्भव नहसने वताउनु भएको थियो ।

कांग्रेस–एमालेको कार्य राजनीतिक बेइमानी भएको सभापति भट्टराईको ठहर छ । परिस्थीति गम्भीर मोडमा पुगेको भन्दै भटराईले यस्तो चूनौतीपूर्ण घडिमा विवेकसंगत ढंगले काम गरेर निकास निकाल्नुपर्नेमा जोड दिनुभएको छ । सभापति भटराई १२ बुदे समझदारीदेखि यताका सहयात्रीहरुका बीचमा सहमति र सम्झौताबाट नै संविधान निर्माण गर्दै शान्ती प्रकृया पूरा गर्नुपर्ने अन्यथा देश ठूलो दुर्घटनामा फसेर नया द्वन्द निम्तीन सक्ने आकलन सभापसित भटराईको आकँलन छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com