शशीशेखर घिमिरे

किन टाढिदैछन दलहरु ?
[2014-11-18 오후 7:08:00]

पहिलो संविधान सभाको अवसान संविधान नलेखेरै भएको थियो । दोस्रो संविधान सभाको चुनावपछि पहिलो संविधान सभामा देखिएको सम्पूर्ण राजनीतिक समिकरण ठीक उल्टो भयो । तर पनिसंविधान सभामा भएका सम्पूर्ण दलहरुले माघ ८मा संविधान जारी गर्ने प्रतिबद्धता जनताका सामु राखे ।

संविधान बनाउनैको लागि भनेर देशका प्रमुख राजनीतिक दलहरुले राजनीतिक संवाद तथा सहमति समिति नै बनाए र त्यसको नेतृत्व दिए तेस्रो ठूलो दल एकिकृत नेकपा माओवादीलाई । एमाओवादीका नेता डा.बाबुराम भट्टाराई उक्त समितिका सभापति बनेपछि र उक्त समितिले गरेका कामहरु हेर्दा संविधान बन्छ कि भन्ने आसा आम जनतामा पलाएको थियो ।

तर जति जति संविधान जारी गर्ने समय नजिकिदै छ त्यहि अनुपातमा प्रमुख राजनीतिक दलहरु वीचमा धु्रवीकरण तीब्ररुपमा हुन थालेको छ । यहि गतिमा ध्रुवीकरण रहिरहने हो भने दोस्रो संविधान सभाबाट पनि संविधान नआउने संभावना देखिन्छ ।

दलहरुका आ आफ्नै अडानका कारण पहिलो संविधान सभाबाट संविधान बन्न नसकेको हो । त्यहि प्रवृति फेरि दोहरिदै छ । पहिलो संविधान सभामा ठूलो दल एमाओवादी थियो र उसले काँग्रेस एमालेलाई विश्वासमा लिन सकेन र संविधान सभाको विघटन भयो । पहिलो संविधान सभामा झै दोस्रो संविधान सभामा पनि संविधान सहमतिमा ल्याउने भन्ने थियो ।

तर जब संघियताको सवाल र त्यसमा पनि प्रदेशको संख्या र नामांकरणका कारण नजिकिएको दलहरुको संम्बन्ध झन ध्रुवीकरणमा पुग्यो । एमाओवादीले आफु तेस्रो दल हुने बित्तिकै मधेशका साना दलहरुसंग मोर्चाबन्दी ग¥यो । उसलाई अहिले आउने चुनौतिको आभास त्यहि समयमा भएकोले होला त्यो मोर्चाबन्दी एमाओवादीले संविधान बनाउन भन्दा पनि आफुलाई काँग्रेस एमालेले मिलेर एकल्याउन खोजे सडक आन्दोलनको तयारीको रुपमा बनाएको थियो ।

एमाओवादी र मधेशवादीहरुले अहिले सम्म भन्दै आएका छन् कि संघियता जातियताको आधारमा हुनु पर्छ । पहिचानको आधारमा हुनु पर्छ । तर काँग्रेस एमालेले मानेका छैन्न । काँग्रेस एमालेले संघियता एमाओवादी र मधेशवादीहरुले भनेको आधारमा बनाउदा बिखण्डन हुने तर्क राख्दै आएका छन ।

बहिर जे जस्ता विषयमा लडाई देखिए पनि दलहरुको लडाई भनेको स्वामित्वको हो । एमाओवादी को बुझाई छ आफुले दश बर्ष सम्म लडेर देश गणतन्त्रमा आएको र संविवधानसभाको माग पनि आफुहरुले नै गरेको र त्यसको स्वामित्व आफुले पाउनु पर्ने मानसिकतामा देखिन्छ । त्यतिमात्र होइन । विभिन्न वर्ग क्षेत्र,लिङगको पक्षमा आफुले आवाज उठाएकाले उक्त वर्ग,क्षेत्र,लिङगले अधिकार पाउनु पर्ने र तीनको पक्षमा संविधान बन्नु पर्ने ठान्छ । उसले आफ्नो दस बर्षे युद्धमा होमेका जाति वर्ग क्षेत्रलाई बाडेका सपना आफ्नै नेतृत्वको संविधान सभाबाट त सकेन अहिले त त्यो संभव नै छैन ।

त्यसकारण पनि उसले आफु उठाउदै आएका मुद्धाहरु ल्याएर काँग्रेस एमालेसंग वार्गेनिंग गर्न चाहन्छ । यता काँग्रेस एमाले आफुले अहिले पनि एमाओवादीका मुद्धा जस्ताका त्यस्तै स्वीकार्ने हो भने आफ्नो राजनीतिक भविश्य नै धरापमा पर्ने देख्छ । एमाओवादीले ल्याएको दस प्रदेशको प्रस्तावको विपक्षमा काँगे्रसले र एमालेले कहिल्यै संख्या सहितको धारणा ल्याएनन तर पछि एमालेले त चार प्रदेशको प्रस्ताव ल्यायो । त्यसबाट झन टाढियो एमाओवादी ।

पछि काँग्रेस र एमालेले संयुक्त रुपमा सात प्रदेशको खाका पेस गरे । तर त्यो पनि आफुलाई पेल्नको लागि मात्र संयुक्त रुपमा ल्याएको एमाओवादीले बुझ्यो । जब यो प्रस्तावमा सहमति नभए प्रक्रियामा जाने र दुई तिहाइबाट पास गर्ने रणनिति सरकार पक्षीय दलले व्यक्त गरे त्यसपछि एमाओवादीले पनि आफ्ना मोर्चाका कार्यक्रम गदै सरकारका विपक्षमा जनमत तयार गर्न थाल्यो । सरकारले एमाओवादीले सधै भरी धम्कीको भाषा प्रयोग गर्ने जनताप्रति उत्तरदायीत्व नभएको आरोप लगाउने गरेको छ ।

उसले सधै राजनीतिक बेइमानी गर्ने गरेको आफ्ना अडान लाद्न खोज्ने भन्दै सहमतिमा नआए दुईतिहाइबाट भए पनि संविधान जारी गर्ने बताई रहेको छ । तर सत्ता पक्षको त्यो दुई तिहाईको सपना पनि अब अन्यौलमा परेको छ । उसैका दलका सभासदहरुपनि विपक्षीमा देखिए पछि त्यसको फाइदा एमाओवादी मोर्चाले लिने देखिन्छ । यी सबै राजनीतिक दृश्यहरु हेर्दा माघ ८ मा संविधान आउने संभावना कमजोर हुदै गएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com