शशीशेखर घिमिरे

वादीको पीडा उस्तै
[2014-11-02 오후 6:23:00]

वादी समुदायले आयआर्जनको विक्लप नभएपछि देह व्यापारमा नै लाग्न परेको अध्ययनले देखाएको छ । कामको स्थायीत्व नहुनु र खेतीपातीको आधार समेत नहुदा वादीहरुले उहील्य देखि गर्दै आएको देह व्यापारमा कमि आउन नसकेको हो । कैलाली जिल्लाका वादी समुदायका कतिपय महिला भारतका सहरमा गएर देह व्यापारमा लाग्न वाध्य छन् । वादी समुदायका महिलाले जीविकोपार्जनका लागि बाध्यत्मक रुपमा यौन पेसा गर्दै आएकोमा सरकारले विसं २०६५ मा यो समुदायले यौन पेसा गर्न नपाउने भन्दै त्यसको अन्त्यको घोषणा गरेपनि अवस्था सो अनुकल हुन सकेको छैन ।

आफनो हक अधिकार र उचित वासको लागि भन्दै वादी राजधानी छिरे । नारा लगाए, सिहदरवार घेरे । अन्ततः वादीको आन्दोलनले यौन पेसाको अन्त्यको घोषणासहित उनीहरुको पुनःस्थापना गर्ने प्रतिबद्धता गरेको थियो । यौन पेसाको अन्त्यको घोषणा गरिएको भए पनि उनीहरुको उचित पुनःस्थापनाको व्यवस्था हुन नसक्दा अहिले कतिपयले विभिन्न बहानामा भारतमा गई देह व्यापार गर्ने गरेको पाइएको वादी समुदायका अगुवा बताउछन् ।

यौन पेसाको अन्त्यको घोषण्ााँपछि प्रभावकारी रुपमा वादीको पुनःस्थापनालगायतको व्यवस्था हुन नसक्दा कतिपय वादी युवती तथा महिला भारतमा गएर देह व्यापारमा लाग्न बाध्य भएका हुन् । उपचार गराउने बहानमा वादीका युवती तथा महिलालाई उनीहरुका आफन्तले भारतमा लगेर देह व्यापार गराई धन कमाउन लगाउने गरेको बताइएको छ । समाजमा घृणित पेसाका रुपमा लिइने यौन पेसाको अन्त्यको घोषणा गरिएपछि समाजमा केही हदसम्म यो पेसामा कमी आएको देखिए पनि लुकिछिपी रुपमा अझै पनि कतियले यो पेसा अपनाएर जीविका चलाउदै आएका छन् ।

यौन पेसा अन्त्यको घोषणाले सामाथ्र्यवानलाई त्यो अवसर मिले पनि अरुको अवस्था त्यस्तो छैन । भारत गएर देह व्यापार गर्न बाध्य हुनेमा १३ वर्षदेखि ४० वर्ष उमेरका युवती र महिला रहेको अध्ययनले देखाएको छ । कैलाली जिल्लाबाट मात्रै झन्डै २८ जना युवती तथा महिला देह व्यापारका लागि भारत पलायन भएको जनाइएको छ ।

अल्पसङख्यक र सीमान्तकृत वादी समुदायको जनसङख्या नेपालमा ३८ हजार ६०३ रहेकोमा कैलाली जिल्लामा मात्रै झन्डै दुई हजार ८०० रहेको बताइएको छ । जिल्लाको मुढा, सत्ती, दिव्यपुर, विष्नुकान्तिपुर, भल्का, गिदनियामा यो समुदायको बसोबास रहको छ । आखिर वास्तवीक रुपमा कहिल्य देखि वादी समुदायको सुदिन आउला ?



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com