दिनेश राइ

सम्बिधानका सवालहरु
[2014-10-29 오후 11:51:00]

सम्बिधान भनेको देशको आखी झ्याल हो ।त्यस बाट चिहाए को खन्डमा त्यस देश को जनता को स्थिती र समग्र रास्ट्र्लाइ बुझ्न सकिन्छ ।यो परिबर्तन कामी हुन्छ र गतिसिल पनि ।यो भन्दा कोही पनि ठुलो हुन्न तर यसले अल्पसन्ख्यक सिमान्तकृत को समेत अपन्त्व ग्रहन गेरेको देखिनु पर्दछ ।जुन सहभगिता मुलक हुनुपर्दछ न कि सम्झौता मुलक ।अहिले को नेपालको सम्बिधान बन्ने प्रकृया सम्झौता मुलक बढी र सहभगितामुलक कम देखिए को प्रस्ट छ, मेरो बिचारमा ।हुन नपर्ने थियो ता पनि अहिले मुलुक ले सम्बिधान पाउने अबस्था नजिक पुगेको छ ।प्रथम सम्बिधान सभाले टुङो लगाउन नसकेका बिसयमा बाहेक अन्य बिसयमा सैद।न्तिक रुपले सहमती नजिक पुगेको आभास मिल्छ ।सम्बिधान का अन्तर्बस्तु भित्र पर्ने जटिल एबम दिर्घप्रभाब पार्ने बिसय भनेको राज्य को पुनर्सम्रचना र शासकिय स्वरुप नै हो ।यो एउटा फलामको चिउरा चपाउनु जतिकै जटिल बिसय हुन ।हुनत सम्बिधानका अन्तर्बस्तु भनेको ढुङा को अक्ष्यर पनि हैनन ताकी बद्ली नहोस्, यो बिषय लाइ यस अर्थमा तमाम राज्नैतिक दल र आम जनताले बुझ्न जरुरी छ ।यो बुझेको खन्डमा बिबाद केही न्युन हुनेछन ।

जनयुद्द र ०६२,०६३ सालमा आन्दोलित जनता हरु सोशित्, पिडित जनताका अधिकार स्थापनार्थ आन्दोलनमा होमिए का थिए ।आन्दोलन सफल भ इ लोकतन्त्र प्राप्त भएको करिब दश बर्ष ब्यातित भ इ सक्दा पनि जनताका अधिकर र बिकासलाइ सुचिकृत गर्ने एउटा दस्ताबेज तयार गर्ने मौकामा अन्योलता पैदा हुनु हस्यास्पद्,र लाचारिपना देखिन्छ ।आन्दोलन को मागको आधारमा लोकतान्तृक मुल्य र मन्यतालाइ सन्स्थागत गर्ने सुत्रका आधारमा सम्बिधान लेख्न कुनै पनि जटिल बिषय नै हैन तै पनि दलहरुको अकर्मन्यताका कारणले यस्तो स्थिती पैदा भएको प्रष्ट छ ।यो या त्यो मोडेल र झारा टार्ने बिषयलाइ बखेडा झिकेर शासन सत्ता टिकाइ राख्ने कुप्रबृत्ती बाट नै हामी करिब दश बर्ष पछी परी सकेका छौ ।यस्ता खिचातानी का कारणले जनताले प्राप्त गर्ने बिकास तथा गास ,बास्,कपास्(आर्थिक्) अधिकार एबम मुलुक सम्बृद्दी हुन बाट बन्चित भई रहेको छ ।यस प्रती कुनै पनि राजनैतिक दल सचेत नहुनुले उनि हरुलाइ १६औ सताब्दिको राज्नैतिक दल भन्दा कुनै फरक पर्दैन ।तर पनि लोकतन्त्र को बिकल्प लोकतन्त्र नै भएकाले जनताहरु मुकदर्सक हुनु पर्ने बध्यता छ ।

यि दलहरुलाइ जटिल परेको बिसय भनेको राज्यको पुनर्सम्रचना नै हो ।यस बिसयलाइ सरल बनाउन का निमित्त राज्नैतिक दलहरुले साझा रुपमा नेपालको सान्स्कृतिक्, सम्प्रदायिक्, भोउगोलिक यबम भवनात्मक सम्बन्धका बारेमा जन स्तर सम्म तथ्य कुरा हरु पुर्याउन नसक्नु एउटा मुख्य भुल हो । नेपाल का यि यथार्थता लाइ प्रचारात्मक तवरले जनसमक्ष्य नपुर्याउनु ले जनता हरु लड्ने र कुनै बेला भिड्ने सम्म को स्थितिमा पुर्याइयो ।नेपाल को येथार्थता भने को बहुधार्मिक्, बहुसान्स्कृतिक्,बहुसम्प्रदायिक यबम मिशृत जातिय धरातल हो । करिब १०४ जाती छन्,बिबिध भासा भसी छन । झापाको केचनाकलन ७० मिटर देखी ८८४८ मिटर अग्लो भुभाग भएको बिबिध हावा पनि युक्त धरातलिय स्वरुप को देश नेपाल हो ।यो एक तथ्य कुरा हो,एसलाइ समग्र जनताले समेत मान्नु पर्दछ ।यस यथर्थता भित्र नेपाली एकता कायम राख्नु पर्दछ ।यस भित्र भुल्नै नहुने बिसय भनेको "नेपाल्" देश र त्यसपछी रास्ट्र नै हो ।रास्ट्र भित्र बिबिध जत्जाति,भासाभासी को समग्र रुप देखिनु पर्दछ ।यदी नेपाललाइ बहुधार्मिक्,बहुसान्स्कृतिक र मिशृत जातिय धरातल मान्नेहो भने मुलुकलाइ धर्मनिरपेक्ष्य देश र मिसृत जतिय पहिचान युक्त प्रदेश मन्नु को कुनै बिकल्प छैन ।केही अतिबादी हरुले मुलुक लाइ धर्मनिरपेक्ष्य राज्य हुनुहुन्न भन्ने कोण बाट खेल्न खोजी रहेका छन ।त्यस्को कुनै तुक छैन ।धर्म भनेको कुनै भुगोल भित्र मात्र सिमित हुने बिसय नै होइन ।त्यही भएर सन्सारका प्राय देश हरुमा कृस्चियन ,मुस्लिम्,बिदिस्ट्,हिन्दु लगायत छरिएर रहेका छन ।धर्म भनेको त चरित्र हो र आचरण हो ।जस्लाइ इक्ष्या लाग्छ उसैले अनुसरन गर्न पाउछन ।

अतिबादी हरुले सह अस्तित्वको पबित्र मिलन बिन्दुलाइ धुमिल बनाइ सम्बिधान नलेख्न भुमिका खेल्दैछन त्यो जनता ले बुझ्नु जरुरी छ ।बिस्व ले मान्यता दिइ रहेको सह अस्तित्व को भवना नै हो,यस भित्र बहुल पहिचान पर्दछ ,बहुल पहिचान भित्र एकल पहिचान जरुर अटाउछ । यसलाइ यस तवरले ब्यख्या हुनु जरुरी छ ।यसले अति बादी हरुलाइ परास्त गरी सम्बिधान लेख्नमा सरल हुन्छ ।हिन्दु अतिबाद र अन्य जातिय, क्षत्रीय अतिबाद्ले निम्त्याउने भनेको अन्योउल्ता मात्र हो ।सह अस्तित्व मुलक सम्बिधान लेख्ने सवाल मा जातिय र धार्मिक निसेध बाट किमार्थ सम्भावना नै देखिन्न ।निसेध को राज्नितिले जनतालाइ उफार्ने हो भने कमल थापा हरु ,केही मधेसी दलहरु,केही जनजाती मुद्दा उठाउने दलहरु एउटा द्वन्द्व निम्त्याउने रसायनिक मल जस्तो कहलिन्छ्,मल लागे पछी बोट अलि सपृयको जस्तो तर माटो चाही बर्बाद हुने हालत मा पुग्दछन । सामन्तबाद बाट गुजृएका शोसित पिडित जनताहरुले अधिकार पाउने सिलशिलामा यस बेला मा अलि बढी नै अपेक्ष्या राख्नु लाइ अन्यथा लिन मिल्दैन उनि हरुले कडा नारा लगाउनु स्वभाबिक पनि छ ।खुकुरी को चोट अचानो लाइ थाहा हुन्छ त्यसकारण ले स्वाभाबि क रुपमा लिन सक्नु पर्दछ तर अतिबाद पनि निम्तिन दिनु हुन्न ।जनता को बिद्रोह गर्ने अधिकार पनि सर्ब मन्य नै छ ता पनि एउटा मिलन बिन्दु त काएमै हुनु पर्छ ।त्यो मिलन बिन्दु भनेको बिबिधतामा एकता कायम हुने रुप को हुनु पर्दछ ।पृथ्बी नारायणलाइ देखाएर tit for tat भनेर गलत ब्यख्या गर्नु ठुलो भुल हो ।यो युग त समग्र मनबता को युग हो ।जहा कोही कसै पछाडी पारिनु हुन्न ,र पारेको अनुभुत पनि हुनुहुन्न ।त्येसैले एक जातिले अर्को जातिलाइ निसेध गर्ने किसिम को प्रतिफल युक्त समाज को अन्त्य हुनु लाइ हामी सबैले आफ्नो मन्त्र को रुप मा नैतिक ब्यबहार पनि आजै देखी बदल्नु जरुरी छ ।

अब पनि समय को पावन्दी लाइ सत्प्रतिसत नबुझ्ने हो भने राज्नैतिक दल हरु लाइ राज्निती कर्म बाट बदली गाइ र भैसी लाइ घास कटाउने कर्म मा प्रयोग गर्दा अझ देश प्रगती होला नत्र सम्बिधान सभाले जनतालाइ साचिकै एक थान सम्बिधान दिने हो भने २ वटा बिकल्प रोज्नु को बिकल्प देखिन्न ।(१)मिक्स पहिचान सहित को ९ प्रदेस (२)राज्य को नाम प्रादेसिक असेम्ब्ली लाइ दिने ।यसका आधार हरु बैज्ञनिक छ ।यी बिकल्प मा सम्बिधान बनाउने पकृया अगाडी बढाउन जरुरी छ ।यदी सम्बिधान नदिने हो भने अन्य बिकल्प हरुलाइ प्रथमिक्ता मा राखिनु हुन्न ।हामी १० बर्स को समय लाइ कुनै वस्ता गरिरहेका छैनौ मुलुक बन्न पुर्बधार गर्ने समय भने को नै १० बर्स मह्त्वपुर्ण हुन्छ ।त्यो हामिले सदुपयोग गर्न जानेनौ अब पनि नजान्ने हो भने दोस्रो पुस्ता लाइ हमिले के दिने ?हातमा लागो सुन्ने ?जनताले अब को मुलुक को मुहार धार्मिक ,साम्प्रदायिक सदासयता, आर्थिक समृद्दी युक्त तथा राज्नैतिक स्थिरता युक्त देश नेपाल हेर्न चाहेका छन ।त्यो हुन लाइ सम्बिधान मुख्य पदुर्भाब हुन जरुरी छ ।सभ्य अनि भब्य देश नेपाल र हामी नेपाली हो भन्ने गर्ब गर्ने दिन को पर्खाइ को बाध कहिले टुट्ने हो ? यसको जबाफ नेपाली शब्द कोश मा नहोला छ त नेपाल हाक्ने नेतागण हरु मा नै छ ।तर नेता लाइ मात्र दोस दिएर हुन्न हामी समग्र नेपाली जनता को सोच र चिन्तन मा पनि सकारात्मक परिबर्तन आउनु जरुरी छ ।भन्दा नया नेपाल भन्ने अनि दृस्तिकोण चाही पुरानै राख्ने हो भने सम्बिधान मा जे लेखिए पनि त्यस्को औचित्य हुन्न । किन कि सम्बिधान को कार्यान्वयण हुने इकाइ भनेको नेपाली जनता पनि हुन ।त्येसैले कुनै पनि सम्प्रदाय ले मेरो अधिकार कटौती भयो भनेर खिन्न मान्ने अनि निच रुपमा हेर्ने र सोसित पिडित जनताले आफ्नो आबेग लाइ नियन्त्रन गरी सदासयता कायम गर्नु को कुनै बिकल्प छैन । त्यो नै समस्या को हाम्रो राम्रो स्थिर समाधान हो ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com