शशीशेखर घिमिरे

हिमपहिरोको पीडा
[2014-10-30 오전 12:02:00]

पर्यटकीय मुलुक नेपालमा पर्यटन नै आर्थिक उपार्जनको प्रमुख आधार हो । नेपालमा प्रत्येक वर्ष जस्तो यहाको प्राकृतिक छटा ,सुन्दरता ,हिमाल पहाड घुम्न आउनेहरुको संख्या धेरै भएता पनि वेलावखत हुन जाने अकल्पनीय घटनाको कारण नेपालमा पर्यटन क्षेत्रले सानातिना चुनौति व्योहोर्न पर्ने अवस्था रहदै आएको छ । कतिपय अवस्था यस्ता पनि छन् जुन पर्यटकलाई लुटेर हत्या गरेर गायव वनाउनु ,वलात्कार गर्नु,हवाई दुर्घटनाको शिकार हुनु र अन्य कारणले नेपालमा पर्यटकलाई चुनौति थपिदै आएको छ ।

यी र यस्ता पक्षमा सरकार गम्भीर हुन सक्नु पर्दछ । भर्खरै मुस्ताङ्ग ,मनाङ्ग र म्याग्दीमा परेको हिमपातका कारण ठुदो संख्यामा आन्तरीक र वाह्य पर्यटकको मृत्यु भयो । घटनामा अहिलेसम्म ३० जनाको मृत्यु भएको क्षेत्रीय प्रशासन कार्यालय पोखराले जनाएको छ । मुस्ताङ्गमा १४ जना ,मनाङ्गमा ११ जना र म्याग्दीमा ५ जनाको मृत्यु भएको क्षेत्रीय प्रशासन कार्यलयले पुष्टी गरेको हो ।

हिम पहिरोमा परि मृत्यु हुनेमा ११ जना नेपाली, ४ जना क्यानेडियन, ३ जना इजराइली, ३ जना पोल्यान्ड, २ जना स्लोभाकियन, १ जना भारतीय नागरिक रहेका छन भने ३ जनाको परिचय नखुलेको क्षेत्रीय प्रशासनले जनाएको छ । कार्यालयका अनुसार तीन ठाउँमा गरी तीनसय जना हराइरहेको जानकारी आएको छ । बिहीबार मात्र मुस्ताङबाट ६३ जना र मनाङबाट १ सय २९ जनाको उद्दार गरेको कार्यालयले जानकारी दिएको छ ।

शुक्रबार पनि बिहानैदेखि खोजी तथा उद्दारको काम भैरहेको छ । प्रशासनले अन्नपूर्ण पदयात्रामा गएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई फर्कन आग्रह गरेपछि मनाङको सदरमुकाम चामेमा दुईसय ३० जना फर्किएका छन् । उनीहरु तिलिचो, उपल्लो मुस्ताङ, लगायतका ठाउँबाट फकिर्एका हुन । ५ हजार ४ सय १६ मिटर अग्लो थोरङ पासमा भने अहिलेसम्म उद्धार टोली पुग्न सकेको छैन ।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले दिएको जानकारी अनुसार विहीबारसम्म मृतकको संख्या २३ पुगेको भएपनि शुक्रवार विहान सम्मका मर्नेको संख्या ३० पुगेको हो । मुस्ताङमा फेला परेका ८ शवमध्ये ७ जना विदेशी र एकजना नेपालीको रहेको छ । यसैगरी मनाङबाट ११ शव फेला पारिएको छ । तिमध्ये ५ क्यानेडियन, तीन भारतीय र तीन जना नेपाली रहेका छन् ।

हिउँमा पुरिएकामध्ये मनाङबाट १ सय २० जनालाई विहीबार उद्धार गरिएको थियो । मुस्ताङबाट उद्धार गरिएका २१ जना घाइतेहरुको मुस्ताङ अस्पतालमा उपचार भैरहेको छ । ति मध्ये ३ जनाको अवस्था गम्भीर छ । यसैबीच सरकारले मनाङ, मुस्ताङ र म्याग्दीमा हिमपहिरोमा परि मृत्यु भएको घटना र उद्धारको अवस्थाबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले पर्यटनमन्त्री दिपकचन्द्र अमात्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । मनाङ्ग र मुस्ताङ्ग जिल्लामा परेको हिमपातमा परी भएको मानवीय क्षतिप्रति प्रधानमन्त्री सुशील कोइरालाले दुःख व्यक्त गर्नु भएको छ । बिहीबार समवेदना सन्देश जारी गर्दै उहाँले हिमपातमा परी जीवन गुमाउने स्वदेशी एवं विदेशी नागरिकहरुमा श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको हो ।

प्रधानमन्त्री कोईरालाले छिनछिनमा विश्वभरको मौसमको जानकारी लिन पाउने सुविधा उपलब्ध भएको अवस्थामा पनि यस्तो मानवीय क्षति हुनु निकै दुःखद भएको उल्लेख गर्नुभएको छ । उहाँले हिमपातमा परी सम्पर्कविहीन हुनुभएकाहरुको शीघ्र खोजी र उद्धारमा लाग्न नेपाली सेना, नेपाल प्रहरी र स्थानीय प्रशासन सहित सो क्षेत्रमा पदयात्रा सञ्चालन गर्दै आएका पर्यटन व्यवसायीलाई आग्रह समेत गर्नु भएको छ ।

कोइरालाले पर्यटकीय आकर्षण रहेका र सम्भावना भएका सबै हिमाली क्षेत्रमा मौसमको अद्यावधिक जानकारी दिने उपकरण जडान गरी त्यसबाट प्राप्त सूचनाका आधारमा पदयात्रा र पर्वतारोहण गतिविधि सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ । उहाँले हिमाली क्षेत्र र नदी किनारामा मौसम पूर्वसूचक केन्द्र स्थापना गर्न प्रतिवद्धता समेत जनाउनु भएको छ । यस कार्यमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप न्यूनिकरण र व्यवस्थापन जस्ता क्षेत्रमा कार्यरत निजी क्षेत्र र गैरसरकारी क्षेत्रको पनि सहयोग र समन्वय रहने प्रधानमन्त्री कोइरालाको विश्वास छ ।

मुस्ताङमा हिमपातमा परि हराईरहेका तथा घाईतेहरुको उद्धार कार्यमा सरकारको सन्तोषजनक काम हुन नसकको सभासदहरुले बताएका छन । बिहीबार बसेको व्यवस्थापकिा संसदको बैठकमा सांसदहरुले जिल्लास्तरमा सिमीत उद्धार कार्यलाई राष्ट्रिय स्तरमा परिणत गर्न सांसदहरुले माग गरेका छन ।

हिमपातका कारण प्रभावित बनेकाहरुको उद्धारका बिषयमा उठाएका प्रश्नको जवाफ दिदै सस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री दिपकचन्द्र अमात्यले हिमपहिरो परेका हरुको उद्धार कार्यमा सरकारले सक्दो सक्रियता देखाएको बताउनु भएको छ । मन्त्री अमात्यले मनाङ मुस्ताङ तथा गोरखाको सिमानामा उद्धार कार्यलाई थप सक्रिय पारिएको वताउनु भयो ।

उहाँले उद्धार तथा घाईतेहरुको उपचारका लागि सरकारले हिमली क्षेत्रमा सक्रिय संघ सस्थाहरु संगको सहकार्यमा नेपाली सेना सहित काम गरिरहेको जानकारी संसद बैठकमा दिनु भएको थियो । हिमपातमा परि अझै बेपत्ताहरुको खोज तथा उद्धार कार्य र घाईतेहरुको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने समेत मन्त्री अमात्यले संसद बैठकमा प्रतिवद्धता जनाउनु भयो ।

यस अघि नेपाली कांग्रेसका संसाद रोमी गौचन थकालीले मुस्ताङमा परेको हिमपातको कारण मृत्यु भएका तथा हराईरहेका हरुको उद्धारका लागि जिल्ला स्तरमा मात्र सिमीत उद्धार कार्य राष्ट्रिय स्तरमा अघि बढाउन सरकार समक्ष माग गर्नु भयो । यस संगै यस अघिको व्यवस्थापिका संसदको बैठकमा नन्दप्रसाद अधिकारीको निधन तथा गंगामाँया अधिकारीको जिवन रक्षाको लागि उठाइएका प्रश्नको जवाफ दिदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले जवाफ दिनु भएको थियो ।




Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com