शशीशेखर घिमिरे

नदी शिखर सम्मेलन २०७१
[2014-09-28 오후 2:26:00]

समाज र प्रकृति यी दुई वीचको समवन्ध ज्यादा छ । प्रकृति विनाको समाज कल्पना समेत गर्न नसकिने हुन्छ । समाज र प्रकृतिमा नदीको अतुलनीय सम्वन्ध रहेको छ । आर्थिक,सामाजिक,एवं वातावरणीय सन्तुलनको आधार नै नदि हो । यो विना समाजमा सन्तुलन कायम राख्न नै हम्मेहम्मे पर्ने गर्दछ । यीनै पक्षलाई मध्यनजर गर्दै नदि शिखर सम्मेलन २०७१ भर्खरै सम्पन्न भएको छ । जुन शिखर सम्मेलनले १५ वुदे घोषणापत्र समेत जारी गरेको छ । असोज ४ देखि ७ गतेसम्म सुनकोशीवीच क्याम्प सिन्धुपाल्चोकमा सम्पन्न उक्त नदि शिखर सम्मेलन २०७१ ले विषेशत पानी र यस्को महत्व ,संरक्षण आदी विषयलाई नै प्रमुख मुद्दाको रुपमा अघि सारेको छ ।

सम्मेलनले समाज र प्रकृतिमा नदिको विविध र व्यापक भूमिका रहेको कुरालाई उठाएको छ । त्यसैले त नेपालको दिगो विकासका लागि नदि र नदीमा आधारीत प्राकृतिक स्रोतहरुको उपयोगमा विज्ञान र ज्ञानको विवेकशील संयोजनलाई जोड दिएको छ । साथै पानीको उपलव्धता र भोगचलनका साथै वर्षाको समयमा हुने पानीको वर्षाको स्तर ,वाष्पिकरण,प्रवाह जस्ता पक्षहरुको नियमीत र अनवरत मापनलाई समेत प्रमुख मुद्दाको साथ घोषणापत्रमा समावेश गरिएको छ । यस खाले मापनले हिमालय क्षेत्रको पानी र नदिको अवस्था वुझने वैज्ञानिक आधार अभिवुद्धिमा सहयोग पुग्ने देखिन्छ ।

जलविकास निर्माण र व्यवस्थापनका सूचनाहरु तटीय क्षेत्रमा वस्ने आमसर्वसाधारण समक्ष पुराउन सरल र समयसापेक्ष भाषा र ढंगमा अघि वढ्नुपर्ने तर्फ पनि घोषणापत्र केन्द्रित रहेको छ । विगतमा नदि र नदिजन्य क्षेत्रको कारण सीर्जित भएका योजना र सन्धिहरु कार्यान्वयनमा आफनो थातथलो छोड्न वा त्यहावाट विस्थापीत भएकाहरुको उचित पुनरस्थापना तथा क्षर्तिपूर्ति नपाएको तर्फ पनि घोषणापत्रले लेखाजोखा गर्दै उचित व्यवस्था गर्न जरुरी तर्फ ध्यानाकृष्ट गरेको छ ।

नदि शिखर सम्मेलनले नेपाल र भारत वीचको सम्वन्ध अझ प्रगाढ वनाउन दुई देशले प्रतिपादीत गरेका नदि उपयोगिताका अनुभवहरुलाई मुल्याङकन गर्दै तिनको प्रभावकारिता,सम्वुद्धि र स्थानीय स्तरमा हुने जोखिम घटाउन गरेको योगदान जस्ता विषयलाई समेत विष्लेषण गर्नुपर्छ । विभीन्न सामाजीक आन्दोलनहरुले स्थानीय उपभोक्ता,घर परिवार ,नागरिक हकहीतका प्रश्न उठाउन महत्वपूर्ण भूमिका खेलेका छन् । तिनको आलोचनात्मक र सीर्जनात्मक भूमिका निरन्तर रहन संविधान र राज्यले आवश्यक व्यवस्था गर्न पनि शिखर सम्मेलनले जोड दिएको छ ।

शिखर सम्मेलनले पानी र नदिको सरंक्षणकालागि पानी माथिको स्वामित्व र अधिकार स्पष्ट पार्न जरुरी रहेको तर्फ पनि निर्दीष्ट गरेको छ । साथै राज्यको र कानूनले गरेको व्यवस्थामा सामाजिक र आर्थिक सिमान्तमा घेरामा वाधिएका समुदाय र अमूक जीव प्राणीको हक सुरक्षित गर्न थप समेत माग गरेको छ । पर्यावरण, पर्यटन र सांस्कृतिक दुष्टिकोणले महत्व राख्ने नदिहरु जस्को स्वतन्त्र ढंगले वग्न पाउने अधिकारलाई सुनिश्चीत गर्नाले नदी संरक्षणको प्राकृतिक मान्यतालाई सम्मान गर्दै विश्वमा परिचीत भोटेकोशी जस्ता नदिनालाहरुलाई भोलिका सन्ततीहरुको लागी जोगाउन प्रदुषण कम गर्दै नदिहरु स्वच्छ रहने रणनीति पनि त्यतिकै जरुरी रहेको तर्फ पनि जोड दिएको छ ।

घोषणापत्रले वाढी नियन्त्रणका तटवन्ध,सडक र अन्य संरचनाहरुको अव्यवस्थीत निर्माणले स्थानीइ जलचक्रलाई अवरुद्ध गर्न तर्फ सचेत रहन र त्यसले सीर्जना गर्ने डुवान,कटान एवं पहिरोका साथै पानीका स्रोतहरु र योजनाहरु ह्रास हुने क्रमलाई न्यूनिकरण गर्न स्थानीय वातावरण,अर्थ व्यवस्था र समुदायमा पर्दै गएको नकरात्मक असरलाई समेत सम्वोधन गर्ने तर्फ पनि सचेत गराएको छ ।

नेपालको तराई क्षेत्रमा डुवानको चपेटाले खाद्य सुरक्षाको संकट निम्ताउने गरेको र भविष्यका त्यसले पार्ने असर तर्फ पनि घोषणापत्र केन्द्रित रहेको छ । भविष्यमा प्रस्तावित योजनाहरुको समग्र जोखिमको आंकलन गर्न र स्थानीय समुदाय र नदीकिनाराका वासिन्दहरुको सहभागिता निरन्तर रहने व्यवस्था गर्न समेत जरुरी रहेको उल्लेख गरको छ । नदी र पानीको प्रवन्धमा प्राकृतिक सामाजिक शोधहरुका साथै स्थानीय र परम्परागत ज्ञानको संश्लेषण आवश्यक रहेको तर्फ पनि विषय उठान गरेको छ ।

राज्यले अवलम्वन गरेको नीतिले जलविद्युत विकासको लाभ वाडभाड गर्ने व्यवस्था गरे पनि ति प्रावधानहरुले नदीसंग अन्योन्याश्रित संम्वन्ध भएका माझी,वोटे,राझी,मुसहर,दनुवार,सुदाना जस्ता समुदायको हित गर्न नसकेको तर्फ ध्यान दिदै यस्ता पक्षको निश्चीत प्रतिशत फाईदा त्यस्ता समुदाय र घर परिवारले पाउने व्यवस्था संस्थागत गर्न पनि जोड दिएको छ ।

नदि सरंक्षण तथा व्यवस्थापनमा नेपाल,भारत लगायत अन्य मुुलुकहरुका वीचका सम्वन्ध शंका तथा अन्तरविरोधको निरन्तरतालाई अन्तय गर्ने सवालमा सवै मुलुकका जनतावीच सुचना संप्रेषणको साथै जाकारी आदान प्रदान उपयोगि हुन सक्ने अवधारणा अनुरुप सवै मुलुकका नागरिक तथा सामाजिक संघ संस्थावीच सहकार्य वढाउन पहलको लागि विश्वास र सद्भाव वढाउन आवश्यक रहेको तर्फ पनि मुद्दा अघि सारेको छ ।

नेपालको भूवनोट,भूराजनीतिक स्वरुप, सामाजिक र जैविक विविधताका अतिरीक्त जलवायू परिवर्तनवाट सीर्जित परिस्थीति तथा संकटको लेखाजोखा ,नदीको उपयोग,व्यवस्थापन तथा संरक्षणका सवालमा नीति निर्माणका तहमा योगदान पुराउन एक स्वतन्त्र वहुविधा आयोगको स्थापना गर्नु पर्ने तर्फ पनि शिखरसम्मेलनले विषेश चासो दिएको छ ।

शिखर सम्मेलनले जलस्रोत,उर्जा,वन,सिचाई जस्ता महत्वपूर्ण क्षेत्रलाई समेटने किसीमवाट वृहत नदि संरक्षण केन्द्रीत नीति,कानून,रणनीति तथा योजना र तिनलाई कार्यान्वयनका लागि संस्थागत संयन्त्रको आवश्यकता तर्फ पनि जोड दिएको छ । साथै मानविय लापरवाही र नदि प्रतिको महत्व वुझेर पनि वेवास्ता गर्ने परिपाटीले हाम्रा नदिहरुको अवस्थालाई महशुस गरेर हाल जारी रहेको वाग्मती सफाई तथा महोत्सव जस्ता कार्यहरुलाई संस्थागत गर्न सकेको खण्डमा त्यसको नतिजा सुखद आउने तर्फलाई वुझेर नै वाग्मती नदी फाउन्डेसन गठनको आवश्यक्तालाई समेत अघि वढाउनु पर्ने घोषणापत्रमा समावेश गरेको छ ।

अन्तयमा हरेका वर्षको २३ सेप्टेम्वरलाई अन्र्तराष्ट्रिय नदी दिवसको रुपमा मनाउन विश्व समुदायलाई आह्वान गर्दै हरेक वर्ष नेपालको विभीन्न नदिको आधार क्षेत्रमा शिखर सम्मेलन आयोजना गर्ने निर्णय समेत घोषणा गर्दै आउदो २०१६ सेप्टेम्वरमा हिन्दुकुश हिमालय क्षेत्रका मुलुकहरुको सहभागिता सहित हिमालय नदी शिखर सम्मेलन आयोजना गर्ने निर्णय सम्मेलनले तय गरेको छ ।

यसरी नेनाल जस्तो देशमा जहा जल,जमिन र जंगलको अन्योन्याश्रीत सम्वन्ध रहेको छ, त्यसले स्थानीय स्तरमा मात्र नभई सम्रग रुपमा आर्थिक,सामाजिक र त्यससंग जोडिएका अन्य पाटो मार्फत प्रचुर लाभ लिन सक्ने तथ्यलाई वुझेर अघि वढ्न र नदिको महत्व,गरिमालाई जोगाउदै अघि वढ्न सकेमा पर्यटनको गतिलो आधारलाई युगयुग सम्म जारी राख्ने सक्ने पक्षलाई वुझेर अघि वढ्नुमा नै यस खाले सम्मेलनको महत्व र गरिमा रहीरहने तर्फ सजग र सचेत हुनु आजको आवश्यक्त भएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com