लोकनारायण सुवेदी

चीन–भारत बढ्दो सम्वन्ध : एक चर्चा
[2014-09-22 오후 12:38:00]

दक्षिण एशिायली मुलुकहरुको भ्रमण गर्ने क्रममा चीनीया राष्ट्रपति शी जिनपिङ्गले गएको बुधवारदेखि शुक्रबारसम्म तीन दिन भारतको पनि भ्रमण गरेका छन् । यो भ्रमणलाई दुइ देशका बीचको सम्वन्धको परिप्रेक्षमा मात्र होइन,बिश्व परिप्रक्षमा नै निकै महत्वकासाथ हेरिएको छ । चीनीया राष्ट्रपतिको यो भारत भ्रमणले दुइ देशका बीच लामो समयदेखि रहादै आएको सीमा समस्याका बाबजुद पनि सम्वन्ध सुधार र बिकास साझेदारीमा ठूलो भूमिका खेल्न सक्ने देखिएको छ । निश्चय नै एशियाका यी दुइ ठूला उदाउदा आर्थिक शक्तिहरुको सम्बन्ध बिकास र सुदृढीकरणले बिश्वमै असर पुर्‍याउने बिभिन्न आकलन र अनुमान गरिदैछ ।

नेपालका छिमेकी तथा बिश्वका दुइटा सबैभन्दा ठूला बिकासशील देश चीन र भारत दुइ पक्षीय सन्धिहरुको कूटनीति महत्वलाई पहिलादेखिनै बुझ्दै आएकाछन् र यसलाई सुनिश्चित गर्ने दिशामा कयौ ठूला प्रयासशरु पनि गरिरहेका छन् कि आपसी सहयोग सीमा बिबादका कारणले नरोकियोस् । ६० बर्षयता बितेको बर्ष बेइजिङ्ग तथा नया दिल्लीका लागि अत्यधिक महत्वपूर्ण रहेको उल्लेख गरिदैछ । गत बर्ष मे २०१३ मा चीनका प्रधानमन्त्री ली केकियाङ्ग भारतको भ्रमणमा गए । पदभार सम्हालेपछिको यो उनको पहिलो बिदेश भ्रमण थियो । यसबाट भारतसाग सम्वन्ध बढाउने चीनको प्रतिबद्धता प्रकट हुन्छ । यो कुरा एकदमै स्पष्ट छ कि आपसी लाभ र साझा बिकास दुबै परस्परमा बिश्वासको बातावरण बनाएर नै हासिल हुन सक्तछन्, कुनै प्रतिस्पद्र्धाबाट होइन । यसकारण अझ राम्रो राजनीतिक सम्वन्धका अतिरिक्त बिश्वका यी दुइ ठूला अर्थब्यवस्थाहरुले सबल आर्थिक सम्वन्धलाई साझा कार्य मान्दछन् भने त्यो सकारात्मक र सार्थक कुरा नै हो । हुन पनि चीन यतिबेला भारतको सबैभन्दा ठूलो कारोबारी साझेदार भएको छ । त्यसरी नै दक्षिण एशियामा भारत पनि चीनको सबैभन्दा ठूलो कारोबारी सहयोगी बनेको देखिन्छ ।

यी दुइ उदाउादा अर्थब्यवस्थाको बढ्दो सम्भावना बोकेका छिमेकी देशका बीचको दुइ पक्षीय २०१३ मा नै ब्यापारिक कारोबार ६५.५ बिलियन डलर पुगिसकेको थियो । अब त्यो अझ बढ्ने र १०० बिलियन डलर नाघ्ने सम्भावना छ । हुन पनि आज चीनलाई बिश्वकै कारखाना मानिन्छ भने भारतलाई पनि बिश्व सेवा प्रदाता मानिन्छ । अनि दुबै देशका बीचमा लगानी, बित्तीय सेवाहरु र उच्च प्रबिधिको सहयोग आदान प्रदानको अत्यन्तै ठूलो सम्भावना पनि रहेको छ ।दुबै देश ब्रिक्सको सदस्य छन् ।क्षेत्रीय संरचना अन्तरगत दुबैले एक अर्कालाई सहयोग गर्न सक्तछन्, जसले गर्दा बिकासलाई अझ अग्रगति मिल्न सक्तछ । वास्तवमा चीन र भारतको बिकास एक आपसका लागि अवसर पनि हुन् भन्ने कुरा उनीहरुले राम्रोसाग बुझेको प्रतीत हुन्छ । अझ थप कुरा के भने ती दुइ देशका बीचको आपसी सहयोग, समावेशी बिकास तथा शान्तिपूर्ण सह–अस्तित्व केवल ती दुइ देशका नागरिकहरुका लागि मात्र फाइदाजनक नभएर यो सम्वन्ध पूरै एशिया र बिश्वका लागि पनि महत्वपूर्ण छ र हुन सक्तछ भन्ने कुरामा दुइ मत छैन ।

आज बिश्वका बिभिन्न मञ्चहरुमा जलवायु परिवर्तनका समस्या हल गर्ने नीति नियम निर्धारण गर्न, बिश्व अर्थब्यवस्थालाई आकार–प्रकार दिन र बिकासशील देशहरुका लागि अझ बढी अधिकार हासिल गर्नमा चीन र भारत स्वाभाविक सहयोगी जस्तै बन्दै गएका छन् । बहुराष्ट्रिय ढाचा, उदाहरणका लागि, जी–२०, ब्रिक्स र अन्य बाणिज्यिक बार्ताहरुका दोहा बैठकहरुमा समेत दुबै देशले एउटा तटस्थ र उचित बिश्व ब्यवस्था कामय गर्ने प्रयत्नलाई बिशेष जोड दिने गरेका छन् । सास्कृतिक आदान–प्रदानको हिसावल पनि चीन र भारत दुइ प्राचीन सभ्यता हुन् भने हालैका बर्षहरुमा दुबै देशमा नागरिकहरुका बीचको सम्पर्क र सम्वन्धलाई अघि बढाउन पनि उनीहरुले बिशेष महत्व दिन थालेकाछन् ।

भूमण्डलीकरणको आजको बिश्वमा चीन र भारतले परस्परमा मिलेर ब्यापारिक कारोबार बढाउन र आपसी मित्रतालाई सुदृढ तुल्याउन सक्तछन् । त्यस आधारमा बद्लिदो बिश्वमा महत्वपूर्ण भूमिका निर्वहन गर्न सक्तछन् । यस सन्दर्भमा भारतले चीनसागको ब्यापार घाटाको समस्यालाई हल गर्नका निमित्त निर्यात बिबिधिकरणका उपायहरु अबलम्बन गर्नु पर्ने भारतका अर्थबिश्लेषहरु आल्याइरहेका छन् । किनकि आज चीनले भारतकोभनदा सरदर ३० प्रतिशत कम लागतमा बस्तुहरु उत्पादन गरिरहेको छ । यस्तो स्थितिमा भारतले गुणस्तरीय बस्तु कम लागतमा उत्पादन गर्ने देशकोरुपमा आफ्नो पहिचान बनाउन्र सक्नु पर्ने भारतका लागि चूनौति रहेको छ ।

भारत आर्थिक तथा कारोबारको क्षेत्रमा चीनका राष्ट्रपति शी जिनपिङ्गका यात्राबाट निकै ठूलो आशा गरिरहेको बेला यो भ्रमण भएको छ । हुन पनि जनसंख्याको हिसावले चीन र भारत बिश्वका सबैभन्दा ठूला देश हुन र शी जिनपिङ्गको भारत यात्राका बेला दुइ देशका बीचको ब्यापारिक सम्वन्धले नयाा गति र उच्चाइ दिने दिशामा सार्थक बार्ता भएको बताइदैछ । यस सम्वन्धमा भारतले चीनलाई बिनिर्माण इकाई तथा औद्योगिक पार्क स्थापानाका लागि प्रस्ताव राख्नेछ जसले गर्दा भारतको निर्यात बढ्ने र मानिसहरुले रोजगारी पाउादछन् । बिज्ञहरुका अनुसार चीनका लागि भारत एउटा ठूलो आर्थिक अवसरका रुपमा बिकसित क्षेत्र देखिदैछ । चीनसाग आधारभूत ढााचाका क्षेत्रमा पर्याप्त क्षमता बिद्यमान छ भने भारतले त्यस क्षेत्रमा ठूलो मात्रामा लगानी निम्त्याउन चाहन्छ । हुन पनि चीनलाई जुन आकारको बजारको आज आबश्यकता छ त्यो भारतले नै उपलब्ध गराउन सक्तछ ।

चीन र भारत नया गठित भएको बिश्व आर्थिक संस्था ‘ब्रिक्स’ का पनि साझेदार हुन् । यतिबेला चीन र भारतका बीच नया आर्थिक सम्वन्ध बिकास हुनुका पछाडि दुइटा प्रमुख कारणहरु औंल्याइदैछ । पहिलो हो भारतमा आएको मोदी सरकारले चीनसाग नया आर्थिक सम्वन्ध कायम गर्ने पहल गर्नु र दोश्रो कारण हो चीनको औद्योगिक कार्य बल अर्थात श्रम शक्तिमा लगातार आइरहेको कमी जसको परिपूर्ति भारतले गर्न सक्छ । त्यसमा थप चीन अमेरिका, जापान, अष्ट्रेलिया लगायतका देशहरुको भन्दा भारतमा चीनको लगानी बढी होस् र भारतसाग सबल आर्थिक सम्वन्ध होस् भन्ने चाहन्छ ।आर्थिक अध्ययनहरुले बताइरहेका छन् कि चीन अबको १० डलर बृद्धिको उत्पादनमा ४० डलर खर्च गर्नुपर्ने स्थितिमा पुगेको छ । यसलाई चीनमा गरिएको अधिकतम लगानीको असर त्यहाा देखापर्न थालेको हो भन्ने अर्थबिज्ञहरु औंल्याउादछन् । वास्तवमा अहिले बिश्वमा नयाा आर्थिक शक्तिको सम्बन्धमा प्रखुम प्रतिबेदनहरुमा कुरा हुादा उदाउादा देशहरुमा चीन र भारतकै नाम सबैभन्दा पहिला अगाडि सार्ने गरेको पाइन्छ । अमेरिकाको गुप्तचर निर्देशनालयको ‘ग्लोबल ट्ेरण्डस्–२०२५ : ए वल्र्ड ट्रान्स्फम्र्ड’ शीर्षको प्रतिबेदनमा चीन र भारतलाई बहुध्रुबीय बिश्वमा प्रमुख आर्थिक शक्तिकोरुपमा उल्लेख गरिएको छ । आउदो दुइ दशकमा अन्तर्राष्ट्रिय आर्थिक ब्यवस्थमा निकै ठूलो परिवर्तन आउने र संक्रमणकालको यस कालखण्डमा नया बिश्वशक्तिहरु उदाउने तथा आर्थिक शक्ति र समृद्धि पश्चिमबाट पूर्वतर्फ स्थानान्तरित हुने बताइदै छ ।

त्यसैले पनि एशियाका दुइ आर्थिक शक्तिहरु चीन र भारतमाथि बिश्वको आज आाखा लागिरहेको छ । यस दृष्टिले चीनका राष्ट्रपति शीको भारत भ्रमणलाई दुइ देशको सम्वन्धका हिसावलेमात्र होइन बिश्व प्ररिप्रेक्षमा हेरिदै र ब्याख्या गरिदैछ । जुन स्वाभाविक पनि हो ।







Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com