SHASHISHEKHAR GHIMIRE

नेता वोगटीको राजनीतिक यात्रा र अनुभव
[2014-09-22 오후 12:43:00]

पार्टी भित्र र बाहिर जिम्मेवार तथा निष्ठावान नेताको छवि बनाएका एमाओवादी नेता पोष्टबहुर बोगटी पार्टीका उपाध्यक्ष समेत हुनुहुन्थ्यो । २०३५ सालबाट राजनीतिक यात्रा सुरु गर्नुभएका बोगटी इमानदार रुपमा पार्टीमा सक्रिय हुनुहुन्थ्यो ।

२०३४ सालमा पुष्पलाल समूहमा संगठित भइ बोगटी २०३७ सालमा संयुक्त चौममा आबद्ध हुनुभएको थियो । पुष्पलाल समूहले २०३५–२०३६ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह नगरेपछि पुष्पलाल समूह छाडी उहाँ संयुक्त चौथोमा आवद्ध हुनुभएको थियो ।

संयुक्त चौंथो महाधिवेशनसम्ममा उहाँ जिल्ला समिति सदस्य भइसक्नुभएको थियो । २०४४ सालपछि अखिल नेपाल किसान संघको अध्यक्ष बनेसँगै देशमा किसान आन्दोलनको नेतृत्व पनि बोगटीले लिनुभएको थियो ।

२०४० सालमा बोगटी मसालको जिल्ला सेक्रेटरी हुनुभयो । बोगटीले २०४३ मंसिरमा क्षत्रीय व्यूरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, भेरी कर्णाली उपव्यूरोको इन्चार्ज, २०५३ सालमा पश्चिम व्यूरो संगठनको इन्चार्ज हुँदैं पार्टी स्थायी समितिसदस्यका रुपमा जिम्मेवारी पाउनुभएको थियो ।

२०६२–२०६३ सालको आन्दोलन पछि २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट बोगटी विजयी संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ सोही समयमा एकीकृत नेकपा माओवादी प्रमुख सचेतक समेत रहनु भयो ।

बोगटीले झलनाथ खनाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी र डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उर्जा र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नु भयो ।

उहाँले राजनीतिक यात्राको क्रममा राजनीतिक पूर्वाग्रहको कारण २०४० सालमा ज्यानमार्ने उद्योग सम्वन्धी मुद्दामा करिव एक महिना जेल जिवन समेत बिताउनु भयो । यस्तै २०४२ सालमा भएको बमकाण्डामा उहाँ घरबाटै पक्राउ पर्नुभएको थियो । साथै जनयुद्धका समयमा सपरिवार युद्धमा होमिनुभएका नेता बोगटीले जनयुद्धकै क्रममा आफ्नो छोरा रवि बोगटीलाई समेत गुमाउनु परेको थियो ।

इमान्दार नेताको छवि बनाउनु भएका बोगटी स्कूल तथा क्याम्पसको औपचारिक अध्ययन धेरै नभएपनि आध्यात्मिक, द्वन्द्ववात्मक भौतिकवाद, दर्शन, राजनीति, जीवनी, साहित्य, इतिहासलगायतका पुस्तकको अध्ययन गर्ने अध्ययनशील तथा जानकार नेताको रुपमा परिचित हुनुहुन्थ्ये ।

पार्टीमा विभिन्न किसिमका टुट फुट हुँदा समेत अतिरञ्जित तथा उत्तेजक अभिव्यक्ति नदिने र अनवाश्यक टिकाटिप्पणी नगर्ने नेताको रुपमा उहाँ परिचित हुनुहन्थ्यो ।

सदा पार्टीको एकतामा केन्द्रीत हुने बोगटी व्यक्तिगत स्वार्थ भन्दा पनि पार्टीसँग सरोकार राख्ने विषयमा केन्द्रित हुनुहुन्थ्यो । पछिल्लो समयमा एमाओवादी तथा विभिन्न पार्टी भित्र गुट उपगुट निर्माण गर्ने तथा संस्थागतलाई एक्ल्याउने प्रवृत्ति विरुद्ध बोगटी अडिग हुनुहुन्थ्यो ।

तथापी उहाँ सबैको विचारको सम्मान गर्नुपर्छ भन्नुहुन्थ्यो । बर्तमान परिस्थितिमा धेरै नेता ताथा कार्यकर्ताहरुले उहाँको त्यागी, इमान्दार तथा पार्टी हितमा लाग्ने बानिलाई प्रेरणाको रुपमा लिन आवश्यक छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com