दीपक श्रेष्ठ,बर्दिया

गोही संरक्षणमा चुनौती थपिदै
[2014-09-14 오후 6:25:00]

सरकारले वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षीत वन्यजन्तुको सूचिमा सुचिकृत गरेको घस्रने जन्तु घडीयाल गोहीको संरक्षणमा चुनौती देखिएको छ । प्राकृतिक वासस्थान विनास, चोरी शिकार सँगै आहारा प्रजातीको कमी भएपछि गोही संरक्षणमा चुनौती थपिएको हो ।

नेपालको मध्य तथा सूदुर पश्चिमकै पर्यटकिय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा गोही संरक्षणका लागि गोही प्रजनन केन्द्रको स्थापना भएको छ ।

प्रजनन केन्द्र स्थापना गरिएपछि निकुञ्जमा गोहीको पालन पोषण र स्याहार गर्न थालिएको निकुञ्जले जनाएको छ । कर्णाली बबई नदीको प्राकृति वासस्थानमा फेला परेका घाईते गोहीहरु र नदी किनारमा भेटिने गोहीका वेवारिशे अण्डाहरुलाई निकुञ्जको गोही प्रजनन केन्द्रमा राखी उचित स्याहार सम्भार गरिन थालेपछि गोही संरक्षणमा सहयोग पुगेको प्रमुख संरक्षण अधिकृत रामचन्द्र कणेलले वताएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा हाल घडीयाल गोही ११ वटा र मगर गोही १३ वटा गरी २४ वटा गोही रहेका छन् । गोही संरक्षण केन्द्रहरुमा गोहीको राम्रो संरक्षण गरिएपनि प्राकृतिक वासस्थानहरुमा भने गोहीको संरक्षणमा चुनौती थपिदै गएको निकुञ्ज स्वीकार्छ ।

चोरी शिकार, प्राकृतिक श्रोतको अत्याधिक दोहन, विषादीको प्रयोगले गोहीको प्राकृतिक वासस्थान विनास हुँदै गएको छ भने आहारा प्रजातीमा समेत कमी आउँदा प्राकृतिक वासस्थानमा गोही संरक्षण कार्य चुनौती वन्दै गएको छ । कर्णाली र ववई नदी लगाएतका प्राकृतिक वासस्थान हरुमा सयौंको संख्यामा गोहीहरु छाडिएपनि अहिले बबईमा १४ वटा र कर्णालीमा २ वटा घडीयाल गोहीहरु रहेको निकुञ्जले जनाएको छ ।

नदीहरुमा ठूला ढुङ्गाहरु भएकाले गोहीहरु ठोकिने, घाईते हुने भएकाले पनि असुरक्षीत वासस्थानका कारण गोही हरु विस्थापित समेत हुने गरेको पाईन्छ । बबई नदीको प्राकृतिक वासस्थानमा गोही संरक्षणका लागि निकुञ्ज विभागको सहमतीमा चितवन राष्ट्रिय निकुञ्जको कसरा गोही प्रजनन केन्द्रबाट विभिन्न समयमा गोही छाड्ने गरिएको छ ।

विश्व सिमसार दिवस र अन्य अवसर पारेर हाल बबई नदीमा २३ वटा घडीयाल गोही छाडीएको छ । निकुञ्ज भित्र पर्ने बबई उपत्यका क्षेत्रको बबई नदी मुख्य मुहानमा भाले पोथी गरी २० वटाको संख्यामा घडीयाल गोहीहरु छाडिएका छन् । ५ वटा भाले र १५ वटा पोथी घडीयाल ४ देखि ८ वर्ष र ११ किलो देखि २६ किलो सम्मको तौल रहेको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com