शशीशेखर घिमिरे

औपचारीक्तामा बाल दिवस
[2014-09-14 오후 2:29:00]

आज भन्दा पचास वर्ष अघि देखि अर्थात विसं २०२१ सालको भाद्र ४ गतेदेखि राष्ट«िय बालदिवस मनाउन थालिएको हो । तर पछि २०६३ सालमा आईपुगेपछि भने यो दिवसलाई भाद्र २९ गते आजको दिन वालअधिकार र रक्षामा नै केन्द्रित गरेर मनाउन थालिएको हो ।

हिजोलाई फर्केर हेर्दा वालदिवसको नाममा हामीले थुप्रै आवाज उठायौ,नारा लगायौ र प्लेकार्ड र व्यानर वोके पनि वालअधिकार र वालउन्मुक्ति जति हुनुपर्ने हो त्यति नभएको वुझन गाहे रहेन ।

वालअधिकारका विषयलाई फगत यसरी अघि सारियो कि मात्र उनिहरुको नाममा डलर मागियो, रकम छुटाईयो । अधिकारक्रर्मीहरुले सदावहार साझा मुद्दाको रुपमा वालवालिकाको विषय अघि सारे ।

मुलत नेपालमा बालदिवसको शुरुवात तत्कालीन समयकी रानी रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भम्रण गर्दा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्धारा समाजसेवामा देखिएको सक्रियता नै प्रमुख रहेको देखिन्छ ।

त्यसपछि भारतबाट फर्केलगतै मुमा रत्नले आफनो जन्म दिनको अवसरमा विसं २०२१ भाद्र ४ मा नेपाल बाल संगठन स्थापना गरी आफनै जन्म दिनमा बालमन्दीर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेका भएपनि आज अवस्था त्यो अनुरुप रहेन ।

लोकतन्त्रको स्थापनापश्चात यसको पूरानो संरचनामा केही फेरबदल भयो र देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसका मितिलाई पनि परिवर्तन गरेको हो । वास्तवमा बिसं २०४६ सालको प्रजातन्त्रको पुनस्र्थापना पछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धी–१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रुपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार अहिले भाद्र २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिएको हो ।

आजसम्म जुन ढङगबाट बालदिवस मनाइएको थियो । त्यसमा आधारभूत परिवर्तन खोजिएको अवस्थामा नया ढङगबाट अधिकारमुखी समानुपातिक ढङगबाट सबै बालबालिकाले आफनो अधिकार पाउने र आफनो दिवसको रुपमा मनाउन सकुन् भन्ने अवधारणाका साथ राष्टीय बालदिवसको मिति परिवर्तन गरिएको पाइन्छ ।

२०६३ साल अघी सम्मको बालदिवसको सार्थकता नरहेको महसुस गरी बालदिवसलाई बालबालिकाको आफनो दिवसको रुपमा मनाउने अवधारणाको साथ संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धी–१९८९, २० नोवेम्बरलाई सन् १९९०,१४ सेप्टेम्बर २९ भाद्रमा नेपालले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट«िय बालदिवसको रुपमा मनाउने निर्णय गरिएको हो ।

२९ भाद्रलाई २०६३ देखि राष्ट«िय बालदिवसको रुपमा मनाउने कार्यको थालनी भएको छ । यसले पहिलो बालदिवस मनाउने कामको थालनी गरेको मान्न सकिन्छ । यस्ता दिवसहरुलाई वास्तविक रुपमा तमाम नेपाली बालबालिकाको प्रत्याभूत गराउन सकिएन भने खासै अन्तर हुने छैन विगत र वर्तमानको बालदिवसमा । औपचारीक्ता निभाउनको लागि मात्र मनाईने वालदिवसको औचित्य कम रहेको देखिन्छ ।

खासगरी बालबालिकाको निम्ती चाहिने आधारभूत हकअधिकार वा उनीहरुको संरक्षणको सवालमा हामीले कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं । त्यस्ता पक्षले पनि राष्ट«िय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ ।

बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस भएपनि झण्डै आधाआधी जनसंख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रुपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष भएपनि कति वालवालीकाले दिवस नै थाहा नपाउदै वालदिवस सकिने गरेको छ । वालवालिकालाई दिवसको महत्व वुझाउन सक्नु पर्दछ ।

वालदिवसका प्रतिबद्धता पूरा भए कि भएनन् भन्ने समिक्षा हुनु आवश्यक छ । वालअधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाले के गर्दैछन् उनिहरुले गर्दे आएको गतिवीधिले के कति वालवालीकाको शितमा काम गर्न सक्यो सवै पक्षलाई केलाउदै र समिक्षा गर्दै अघि वढ्न सक्नु पर्दछ । अन्उथा दिवसको दिन औपचारीक्ता पूार गर्न मात्र वालदिवस मनाउनु र नमाउनुको कुनै औचित्य रहला र ?



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com