शशीशेखर घिमिरे

ग्यासको कृत्रिम अभाव किन ?
[2014-09-05 오후 11:01:00]

फेरि एकचोटी ग्यास उद्योगीले उपभोक्ताको अधिकारलाई पर सारेर आफनो नीहित स्वार्थ पूरा गर्नको लागि ग्यासको कृत्रिम अभावको छनक दिईसकेका छन् । र त उपभोक्ता फेरि चाडपर्वको पूर्वसन्धयामा दैनिक उपभोग्य सामान नपाईने भन्ने पिरलोमा छन् ।

आफनो फाइदाका लागि दसैंको मुखमा उपभोक्तालाई दुःख दिने नियतले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीहरुलाई उपभोक्ताले सहेरै पनि पैसा तिरेर ग्यास खरिद गर्न नसक्ने वातावरण वन्दै छ ।

यसखाले नियती प्रत्येक वर्षहरुमा दोहोरीदै आएको छ । आयल निगमले दिएको कोटा नै पूण रुपमा उपयोग गर्न नसकिरहेका उद्योेगीहरुले अझ बढी माग गर्दै ग्यासको कृत्रिम अभाव गर्ने सोचमा पुगेका हुन् । उद्योेगीले ग्यास आपूतिमा आधा कटौती गर्दा यति बेला बजारमा अभाव देखि सकेको छ ।

निगमलाई कोटा बढाउन दबाब दिने उद्देश्यले उद्योेगीले केही दिनभित्रै ग्यास आपूति ठप्प पार्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

ग्यास व्यापारीले कार्यक्रमबारे बुधबार पत्रकार सम्मेलन मार्फत यस्तो निर्णय गरेका छन् ।
आयल निगमले मुलुकको मागलाई ध्यानमा राख्दै मासिक करिब २३ हजार टन ग्यासको कोटा निर्धारण गरेको छ । यसमध्ये व्यवसायीले औसत १९ हजार ३ सय टन मात्र खपत गरिरहेका छन् ।

निगमका जिम्मेवार तहमा रहेका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार दसैं तिहारका बेला मात्र २१ हजार टनसम्म खपत हुनेगरेको छ । तर व्यवसायीले भने ग्यासको कोटा ३१ हजार टन निर्धारण गर्नुपर्ने माग राखेका छन् ।

केही समयदेखि राख्दै आएको मागलाई निगम व्यवस्थापनले सुनुवाइ नगरेको भन्दै उनीहरुले दसैंको मुख छापेर आन्दोलनको तयारी गरेका हुन् । उद्योेगीले निगमलाई आयातको कोटा बढाउन दबाब दिने उद्देश्यले आपूतिमै आधा कटौती गरी अभाव सिर्जना गरेका छन् । भदौको पहिलो हप्ता देखि नै उद्योगीले पर्याप्त ग्यास उपलव्ध गराउन छोडिसकेको उपभोक्ताहरुले वताएका छन् । यस सन्र्दभमा ग्यास विक्रेता संघ नेपालका अध्यक्ष चन्द्र थापा भन्छन् ।

कृत्रिम अभाव छ भन्नेवारेमा चाही ग्यास उद्योगीहरु असहमत रहेका छन् । उनिहरु भन्छन् अभाव हामीले गरेका हैनौ । यता एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे भने राज्यले नै ग्यासको कोटा नवढाएर समस्या भएको वताउदै आएका छन् ।

उपभोक्ताको मागअनुसार सरकारले आपूतिर्को कोटा नबढाउदा आभाव भएको घिमिरेको दाबी छ । सरकारले तीन वर्षअघि ग्यासको मासिक आयात कोटा २३ हजार टन तोकेको भएपनि तीन वर्ष अघि ४१ लाख सिलिन्डर विक्री हुने गरेको भनाई घिमिरेको छ । तर आजका दिनमा ५१ लाख ६५ हजार पुगेको देखिन्छ ।

यसरी हेर्दा कोटाबढाउनुको विक्लप नभएको घिमिरेको भनाई छ । सरकारलेकोटा नबढाए ग्यास आपूति ठप्प पार्ने चेतावनी उनले दिएका हुन् । यता निगम भने माग र आपूतिर्लाई सन्तुलन कायम गर्न तोकिएको कोटा पर्याप्त भएकाले बढाउनु नपर्ने अडानमा देखिदै आएको छ । वजारमा गएको २३ हजा टन ग्यास नै पूर्ण रुपमा खपत हुन नसकि रहेको अवस्थामा कोटा वढाईरहनुको कुने अर्थ नभएको निगमका अध्यक्ष भट्टको भनाई छ ।

उनले अहिले नै केही उद्योगीले कोटाको ग्यास उत्पादन गर्न नसकेर थन्कीरहेको अवस्थाामा उद्योगीहरुको मागको कुनै अर्थ नभएको वताउछन् । यता निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार मुलुकभर ५३ ग्यास उद्योेग रहेकामा केही नया उद्योेगीले कोटाको ग्यास पनि आयात गर्न नसकिरहेको वताईरहेका छन् ।

उनले पुरानो कोटा नै पर्याप्त रहेको अवस्थामा नया थपि रहनु आवश्यक नभएको वताए । कोटा बढाउदा निगमललाई थप घाटा हुने घिमिरेको भनाई छ । उनले निगमले अहिले सबैभन्दा बढी ग्यासबाट नोक्सानी बेहोर्नुपरेको समेत वताए । निगमका अनुसार प्रतिसिलिन्डर ग्यासमा करिब ६ सय रुपैया घाटा रहेको वताईदै आएको छ ।

गत आथिर्क वर्षमा निगमले ग्यासबाट मात्रै करिब १९ अर्ब रुपैया नोक्सानी बेहोर्नुपरेको वताइएको छ भने पेट्रोलमा भएको ५ अर्ब नाफा घटाउदा निगमको खुद नोक्सान १४ अर्ब रुपैया पुगेको देखिन्छ । यता उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने आफनो नैतिकता बिर्सेर समग्र बजारलाई असर पार्ने गरी कृत्रिम अभाव गराउनेलाई कारबाही गर्नुपर्ने भनाई राख्दै आएका छन् ।

सरकारले यसमा कार्टेलिङ गर्नेलाई प्रचलित सबै ऐन लगाएर कारबाही गर्नुपर्ने उनको तर्क रहेको छ । यसरी ग्यासको अभाव,सहज आपूर्ति र कोटा नपुगेको भन्ने त्रिपक्षीय भनाईका वावजुद जेजस्तो भएपनि आखिरीमा उपभोक्ता नै मारमा पर्ने सत्य छ ।

यसर्थ यो अवस्थावाट चाडपर्वको मुखमा ग्यासको सहज आपूर्ति गर्न सरकार चुक्नु हुन्न । जेजस्तो सुकै प्रकृया अनपनाएर भएपनि यो अवस्थाले पार पाउनु पर्ने देखिन्छ । अन्यथा चाड पर्व मनाउने समयमा खाली सिलीण्डर वोकेर पसल पसल चाहार्दै हिड्नुले कस्तो अवस्ताको सीर्जना होला त्यो दिनको सीर्जना नहोस् भन्ने सवैको कामना ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com