शशीशेखर घिमिरे

वैदेशीक रोजगार,नेपाली चेली, खाडीको कालकोठरी
[2014-08-25 오후 8:33:00]

नेपालमा मानववेचविखनको जालो फैलदै गएकोमा चिन्ता व्यक्त हुदै आएको छ । विषेशगरि गरीवि र निरक्षरताको कारण नेपालका विभीन्न जिल्लावाट युवतीहरु मात्र हैन वालवालिका समेत अघोषित रुपमा वेचिदै छन् । युवतीहरु विषेशगरि भारतको विभीन्न स्थानमा खुल्मखुल्ला हजारौमा वेचिन्छन् भने वालवालिकाहरु घरेलु कामदारको रुपमा र सर्कसका विभीन्न रिङ भित्र वेचिरहेका छन् ।

भारतको दिल्ली ,मुम्वई र खाडीको विभीन्न देश नेपाली युवायुवती विक्री हुने प्रमुख टान्जिट प्वाइन्ट वन्न पुगेको छ । युवती मात्र हैन युवा पनि वेचिएको खवरहरु आईरहेको छ । ललाईफकाइ शहर देखाईदिने र रोजगार लगाईदिने वहानामा दलालहरुले नेपाली चेलीवेटीलाई सीमा कटाउने गरेको तथ्याकं सीमा नाकाका प्रहरी कार्यालयहरुमा छ ।

विषेशगरि नेपाली चेलीवेटीहरु अवैध यौनधन्दामा लगाउन भारत लगिने भएपनि अव त्यो क्रम फैलिएर खाडीका विभीन्न शहरहरुमा समेत पुगेको अध्ययन हरुले देखाएको छ । हाउसमेडको रुपमा ति मुलुकहरुमा पुगेका हाम्रा कतिपय दीदीवहिनीहरुको अवस्था नाजुक रहेको समाचारहरु आउने गरेका छन् ।

घरेलुकामदारको रुपमा गएका कतिपय चेलीवेटीहरु घरमालिकको यौन तृप्ती पूरा गराउने साधनको रुपमा रहनु परेको कहालीलाग्दो खवरहरु सार्वजनिक भैरहेका छन् । यसरी घरेलु कामदारको रुपमा पुगेको नेपाली महिला तथा युवतीहरुले कहिकतै त्यहाको नारकीय जीवनवाट फुत्कीने प्रयास गरेपनि त्यो चुनौतिमय रहेको छ ।

दलालहरुको सम्पर्कवाट विदेश पुगेकोहरुको नागरिक्ता र पासपोर्ट दलालकै कव्जामा हुने कारण नेपाली युवती तथा महिलाहरु चाहेरै पनि नारकिय जीवनवाट उम्कन नसकेको देखिन्छ । कहिकतै उम्कन सफलहरुको नागरिक्ता र पासपोर्ट कव्जामा राखेर फेरि उतै लैजाने कसरत समेत दलालहरुले गरेको देखिन्छ ।

नेपाली चेलीहरुको दारुणीक कथा छ । दर्तावाल वैदेशिक रोजगार व्यवसायीसम्म पुग्ने हैसियत नहुने र अतिगरीव,अल्पसंख्यक र निरक्षरताले गाजीएका नेपाली महिलाहरु संगठित रुपमा अपराधीको जालोमा जानीनजानी पर्दै आएका छन् । विदेश जानको लागि भाषाको ज्ञान ,अभिमुखिकरण तालीम,सीप सिक्नु पर्दछ ,सम्वन्धीत देशको धर्म संस्कृतिको वारेमा ज्ञान हुनु पर्ने भएपनि त्यसको अभाव छ । दलालहरु हातमा पैसाको विटो लिनमा नै तल्लीन छ ।

त्यसो त नमरि कासी देखिन्न भन्ने नेपाली उखान झै नेपाली चेलीहरुको आफनै कमजोरी र दोषले उनिहरु नारकीय र कष्टकर जीवन जीउन वाध्य भएको पनि अधिकारक्रर्मीहरुको भनाईले प्रष्ट पार्दछ । एकाथरी यिनै खाले महिलाहरुको कारण पनि अवस्था विकराल वनेको छ र वनाईदै छ ।

नागरिक्ता,पासपोर्ट र प्रवेशआज्ञा अनुमति भिषा विना नै हवाईटिकट विना नै विदेशी पाए जान को चाहदैन् । मात्र शरि फूर्तिलो र स्वस्थ भएकै कारण खाडी पुगेका र पुराईएकाहरुको अवस्था खाडीमा नारकिय हुने त भयो नै । यसरी विदेशी भूमिकमा पुगेकाहरु त्यहा वेपता हुने र मर्ने क्रम जारी नै छ । अनि नेपालमा लासको वाकस आउने क्रम पनि यथावत् नै छ ।

यसरी गाउँवाट शहर अनि त्यहावाट दार्जीलिङ,जलपाईगुडी हुदै दिल्ली र वम्वई पुराईने गरेको छ । खाडी लगिने युवतीहरुलाई त्यहा तीन महिना श्रम असुली गरेपछि पर्यटक भिसामा खाडी वा अन्य देशको धन्धा चलाउन वेचिन्छन् । यसरी खाडी पुगेका चेलीहरु अन्तत आफनो वल र जवानी सकिएपछि ,रितीएपछि स्वदेश आउनुको विक्लप रहदैन ।

यसरी फर्केकाहरुको नाममा सहयोग गर्ने एकाथरि झुण्ड छ उनिहरुले वास्तविक रुमिा काम गरेकै छन् अनि अर्कोथरि झुण्ड फेरि यिनकै नाममा खेति गरिरहेका छन् । अवस्था यस्तै छ नेपाली चेलीहरको । खाडीमा मात्र हैन राजधानी शहर काठमाण्डु पनि आफनै चेलीलाई नग्याउदै छ ,चेलीको जवानी वेच्दैछ ।

दोष गरिवी,अज्ञानता र परिस्थीतिको भएपनि १० वर्षे सशस्त्र दन्द्धले हाम्रा कतिपय दीदीवहिनीहरुलाई डान्सवारमा पुरायो,वेश्यावृत्रि गर्न वाध्य पारयो अन्तत भारत, त्यसपछि खाडीको वाटोमा त्यही अभ्यासले पनि पुरायो, महिलाअधिकारक्रर्मीहरुको ठेलीका ठेली प्रतिवेदनहरु नियाल्दै यस्तै तथ्यहरु देखिन्छन् ।

गरिवीको पीडामा वर्षौ सम्म वाच्न विवश महिलाहरु परिवारको सुख शान्ति र समृद्धिको सपनामा मुलुक छोडदैछन् । तर उनिहरुको ईच्छा र आकाक्षा वर्षाको भेल संगै वग्दै छ । वुढा वावु ठान्छन् छोरी विदेशमा छे कमाएर पठाउछे,आमा त्यस्तै आशा गर्छिन् । विदेशीयका चेलीको सन्तान आफनी आमाको न्यानो मायाको अभावमा प्रत्येक हिउद र वर्षा विताउछन् ।

तर न कहिल्य आफनी आमाको सामिप्यता पाउछन् न अरु केहि नै । प्राय यस्ता घटना धेरै देखीदै छ । रोजगारीको वहानामा हाम्रा कैयौ दीदीवहिनीहरु खाडीमा नारकीय जीवन विताउदै छन् ,कष्टकर जीन्दगी विताउदै छन् । तर पनि देश हाक्ने खोज्नेहरुलाई , सरकारको जिम्मेवार तहमा पुगेकाहरुलाई यसले कमै छुन्छ । छोई हालेपनि औपचारीक्ता निभाउन मात्र हुने गरेको छ ।

फेहरिस्त लामो छ, नेपाली महिलाहरुको । उनिहरु सीधै भारतमा वेचीएकै छन् संगै वैदेशीक रोजगारको नाममा अघोषित रुपमा खाडीमा वेचिरहेका छन् । गरिवीको दुष्चक्र ,दलालाको पञ्जा र अज्ञानताका् शिकारले हाम्रा धेरै चेलीहरुलाई रोजगारको रंगस्न सपनाले घर न घाट वनाएको छ । कति टुहुरा भएका छन् । कति अल्पायुमा नै आफना सन्तानको अकाल मृत्युले मरेर वाचिरहेका छन् ।

हाम्रा धेरै दीदीवहिनीहरुको अवस्था सुखद छैन । उनिहरु वाचेरै मरेका छन् । लक्ष्मी,पार्वती, सीता, धनमायाहरुको जीवनलाई विदेशको नरकमा हैन स्वेदेशको पाखापखेरुमा रमाउने गरि लैवरीको भाकामा गीत गुन्गुनाउने दिनको सुरुवात आउला वा त्यो दिन कहिल्य नआउला ?



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com