नोगेन नेम्बाङ

लिम्बु शब्द र लिम्बुवान
[2014-08-22 오후 11:25:00]

'लिम्बु शब्द' लिम्बु जतिहरुले आफुलाई याक्थुङहाङ लिलिमहाङ्का सन्तान हौ भन्ने कुरा गोर्खाली खस पर्बतेहरुलाई बताएपछि उनीहरुले दिएको उपनामको रुपमा लिइएको भन्ने बुझिन्छ | छैटौं शदाब्दीमा लिम्बुहरुले आफुलाई याक्थुङ्बा र आफ्नो राज्यलाई याक्थुङ् लाजे भन्दथे | इतिहासविदहरुले पनि लिम्बु शब्दको उत्पति गोर्खालीहरुले दिएको उपनाम हो भन्ने बिस्वास गरेको छन् |

सन् १७७४मा पृथ्बीनारायण शाहसंगको सम्झौता पत्रमा पनि लिम्बु शब्द प्रयोग गरिएको पाइन्छ तर यो भन्दा अगाडीको कागजातहरुहरुभने गोरखासंगको १२ वर्ष युद्ध र चैनपुरको अमाल प्रसाशन रहदा लिम्बुहरुमाथि दमन भइ जलाइयो | त्यसपछी भने लिलिमहांङ्को सन्तान याक्थुङ्हांङ्ले लिम्बु मात्र नभएर राय लिम्बु लेख्ने चलन चलाएका थिए | यसरि लालमोहर र लिखित दस्ताबेज हरुमा लिम्बु राई लेख्न सुरु गरे बिस्तारै अरुणपुर्बका किरातहरुले आफु लिलिमहाङ्को सन्तान बताउदै रायलिम्बु लेख्न छाडेर सबैले लिम्बु लेख्न थाले त्यस संगै लिम्बु जातिको उदय भयो |

त्यसरी त्यो भन्दा अगाडी कतिपय लिम्बुहरुले सेन पनि लेखेको पाइन्छ । यहाँ राय थर भन्नाले त्यसबेलाको उपाधी वा पदको रुपमा प्रयोग भएको थियो । रायको अर्थ राजा भन्ने हुन्थ्यो त्यसपछि राय पद धारण गर्ने पहिलो ब्यक्ती बिजयपुरको राजा पुङ्लाइङ हुन ।

इतिहासकार ईमानसिं चेम्जोङले आफ्नो पुस्तकमा साक्वादेन थर भएकोहरुले लिम्बू लेखे भनेका छन र दोस्रो राय पद धारण गर्ने ब्याक्ती मुरेहाङ हुन | उनी खेवाहाङहरुको पू्र्खा मानिन्छन् | खेवाहाङ्हरुले ६ पुस्तासम्म राय लेखेपछि लिम्बू लेख्न थालेको थिए । उत्ता पशिममा भने राय पद धारण गर्ने जुम्लाको पुस्प मल्ल थिए । उनले १३३७ मा राय धारण गरेका थिए | बिजयपुर राज्यमा सेनहरुको राज्य भएको बेला अरुणपुर्बमा पनि राय लेख्ने प्रचलन थियो । यो राय पद किरातहरुलाई दिएको थियो । यसरि नै प्राज्ञ बैरागी काइलाले हडसन पेपर अनुबाद गर्दै हडसन पाण्डुलिपिपृष्ट ११० मा लिम्बुले आफैलाई याक्थुङ्बा भन्दछन,पर्बतेले लिम्बु भनेर सम्बोधन गर्छन भनि उल्लेख गरेको छन्|

इतिहासकार इमानसिं चेम्जोंङ्को आफ्नो भनाइमा लिम्बुवान शब्दको उत्पति लिलिमहाङ् शब्दबाट भएको हो र लिम्बुवान 'ली' 'आबु' 'वान' जसको शाब्दिक अर्थ ली धनुबाणले जितेको देश भन्ने बुझिन्छ | त्यसबेला लिम्बुवानको राजधानीबारे नेपाल इतिहासका लेखक प्रेमबहादुर माबोहांङ् एबम भुपेन्द्र ढुङ्गेल र मंगोल किरात सक्षिप्त इतिहासका लेखक चन्द्रप्रसाद योङ्याले लिम्बुवानको राजधानी तावालुङ् सुसुवादेंन(ताक्लुङ्ग)हो भनि उल्लेख गरेको छ | यो तेह्रथुम जिल्लाको ओख्रे गा.बि.स. वडा नम्बर ७ मा पर्दछ त्यो भन्दा अघि यो ठाउ सुदाप गाबिसमा थियो सुदापको पुरानो नाउ तावालुङ् सुसुवादेन हो | क्रमस.......



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com