शशीशेखर घिमिरे

स्वास्थ्यमा आन्दोलनको लहर
[2014-08-22 오후 11:05:00]

आफना जुनसुकै माग पनि आन्दोलनको वलमा पूरा हुन्छ भन्ने मानसक्तिा विकास हुदै गएको छ । कहिल्य के माग त कहिल्य के माग, दिनहु जस्तो आन्दोलनका कार्यक्रमहरु सडकमा र सम्वन्धीत क्षेत्रमा भईनै रहेका छन्, गरिर्दै आएको छ । केहि समय अघि स्वास्थय क्षेत्र अन्र्तगत आम नेपाली जनताको उपचारको केन्द्र वनेको वीर अस्पतालमा आन्दोलन भयो , धेरै सर्वसाधारणले दुख पाए , कतिले उपचार गर्न पाएनन्,कति आफन विरामी आफन्तलाई उपचार गर्न नपाएर प्रताडित भए ।

लोकत्रन्तमा सवैलाई जे सुकै गर्न छुट छ भन्ने स्निन्छ ,तर त्यसो भन्दैमा जस्ले जस्तोसुकै मागहर तेष्उादै जानु पनि ठीक हो हैन त्यो माग उठाउनेले नै वुझुन् । अनि जस्का जस्तोसुकै माग पनि त्यसको यर्थाथ धरातल नवुझि र नहेरि पूरा गर्दै जाने संस्कारले प्राथमिक्ता पाउदै जाने हो भने अवस्था विकराल हुदै जाने पक्का छ ।

कस्ले उठाएको माग जायज हो र कस्का माग जायज हैनन भन्ने तर्फ पनि सरकार गम्भीर हुनपर्ने देखिन्छ । यतिखेर फेरि एकचोटी स्वास्थय सेवामा अन्दोलनका स्वरहरु वुलन्द भैरहेका छन् । आन्दोलन जारी छ । असन्तुष्टका आवाजहरु आईरहेका छन् ।

अहिल्य राजधानीमा नेपाल चिकीत्सक संघको आन्दोलनको श्रृखंला जारी छ । आन्दोलीत चिकित्सकहरु स्वास्थय मन्त्रालय अघि धर्नामा वसेका छन् । उनिहरु भनिरहेका छन् ।
मागका सम्वन्धमा चिकित्सकहरुको एउटै स्वर र माग छ । ७२ घण्टाभित्र स्वास्थय सेवा ऐनअनुसार सचिव नियुक्त गर ।

उनिहरुले आन्दोलनको कार्यक्रममा सात वुदे माग समावेश गरेका छन् । यदि आफूहरुको माग पूरा नभए देशैभरका निजी र सरकारी लगायतका सवै स्वास्थय संस्थामा आकस्मिक वाहेक सवै सेव ठप्प पार्ने चेतावनी उनिहरुले दिएका छन् । मन्त्रिपरिष्दले जसै स्थानीय विकास सचिव शान्तवहादुर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गर्यो लगतै चिकित्सहरु आन्दोलीत हुन पुगेका छन् ।

आन्दोलनको कार्यक्रम अन्र्तगत चिकित्सक संघ पछिल्लो आठ दिन देखि अस्पतालको काम कारवार्हीमा असर नपुग्ने गरि स्वास्थय मन्त्रालय अघि नारा ,धर्नामा छन् । चिकीत्सक संघले स्वास्थय सेवा ऐन र नियमालवी अनुसार मन्त्रालयको सचिव तथा अन्य पदको नियुक्त हुनुपर्ने अडान राख्दै आएको छ । त्यसैगरि नेपाल चिकीत्सक संघले आम जनताको स्वास्थ्य विमा अनिवार्य हुनुपर्ने,मेडिकल कलेज उच्चस्तरीय राष्ट्रिय मापदण्ड सिफारीस समितीको प्रतिवेदन २०७१ र चिकीत्सा विज्ञान सम्वन्धी विश्वविद्यालयको सम्भाव्यता अध्ययन २०७१ को प्रतिवेदनहरु अविलम्व कार्यान्वयन गर्दै स्नाक्तोकतर तह सम्मको अध्ययन निशुल्क गर्नुपर्ने माग गर्दै आएका छन् ।

त्यसैगरि आमसर्वसाधारण र स्वास्थयकर्मिवाट अहिल्य सम्म लिदै आएको करलाई समपसापेक्ष किसीमले वैज्ञानिक गर्नु पर्ने जनाउदै संघले स्वास्थयक्रर्मीहरुको लागि आर्कषक सेवा भत्ताको व्यवस्थाको रुपमा दुई सय प्रतिदीन भता यथासक्य चाडो कार्यान्वयन गर्नु पर्ने मागसमेत गरेको छ । त्यसैगरि स्वास्थ्य मन्त्रीलाई गएको महिना मात्र वुझाएको ज्ञापनपत्र समेटीएको माग र सरकारी चिकीत्सक संघले उठाएका मागहरु समेत सम्वोधन हुनुपर्ने वताउदै आएका छन् ।

यसरी चिकीत्सकहरुको आन्दोलनले स्वास्थ्य सेवामा असर पुगेको छ संगै विरामीहरुलाई समेत यसखाले आन्दोलनले असर पुग्दै आएको छ । चिकीत्सकहरु भन्दै छन् स्वास्थ्य सेवा भन्दा फरक पृष्ठभूमिको व्यक्ति आफूहरुलाई स्वीकार्य छैन् भनेर । यसरी सामान्य रुपमा हेर्दा समेत स्वास्थय जस्तो स्ंवेदनशील पक्षमा स्वास्थय क्षेत्रको पृष्ठभूमि भएको व्यकितलाई सम्वन्धीत स्थानमा लगिनुपर्ने देखिन्छ ।

तर यतिखेर मन्त्रिपरिषद्को निर्णयले गैरस्वास्थ्य क्षेत्रको व्यक्तिलाई स्वास्थय मन्त्रालयमा सरुवा गरेपछि चिकीत्सकहरु आन्दोलीत हुनु स्वाभाविक नै हो । स्थानिय विकासको सचिवको रुपमा कार्य गरेका शान्तराम श्रेष्ठलाई किन र केको आधारमा स्वास्थय मन्त्रालयको जिम्मेवार तहमा पुराइयो भन्ने प्रश्न सामान्य ढंगले पनि असुहाउदो र अव्यवहारकि हुने भनाईहरु पनि आमसर्वसाधारणले व्यक्त गरिरहका छन् ।

अहिल्य मात्र हैन नेपालमा राजनीतिक दवाव र प्रभाव भएर अनि आफू निकटको रहेर न क्षमता न अनुभव सरकारी उच्च तहमा पुगेको विषय नौलो छैन र रहेन् । कुन व्यक्तिलाई कहाँ, कस्तो जिम्मेवारी दिदा कस्तो प्रभाव पर्छ भन्ने सामान्य जानकारी नभएर हो या वुझेर नै पनि नेपालमा हुदै आएको यस खाले अभ्यासले निरन्तर प्रश्रय पाईनै रहने र विरोध र आन्दोलनको कार्यक्रम नहुने हो भने जस्ले जे पनि गर्दै जाने पक्का छ । यो खाले अभ्यासलाई तत्काल रोक्न सकिएन भने क्षमता र पहुचको आधारमा माथि पुग्नु पर्ने हरु जहिल्य पनि पछि परिरहने पक्का छ ।

जुन क्षेत्रमा जस्को खारिएको अनुभव छ, वर्षौको ज्ञान छ,उसलाई सम्वन्धीत मन्त्रालय वा विभागको नेतृत्व गर्न दिने अभ्यासको थालनी गर्दै जान सकेको खण्डमा सवै पक्षको हित होला की ?



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com