उदय राई

एकाधिकार रोजगार अनुमती प्रणाली इपिएसको १० बर्ष
[2014-08-18 오전 6:11:00]

मुलुकको राजनितीक अस्थीरता,आर्थिक जर्जरता, बेरोजगारको कारण राष्ट्रको जनशक्तिहरु आफनो देश छोडेर विदेशमा गई रोजगारी गर्ने प्रकृया पछिल्ला लामो समय देखि जारी छ । यसरी विदेशमा काम गर्न जाने जनशक्तिहरुको संख्या घटनुको सट्टा दिन प्रति दिन बृद्धि भइरहेको छ ।

यसै क्रममा १९९० दशक देखि कोरियाको औधोगिक बिकास,छिमेकी राष्ट्रहरुसंग उत्पादनमुलक मालसमान मुल्यको प्रतिस्प्रर्घाका साथै तल्लो स्तरीय कामदारहरुको कमी हुदै गएपछि दक्षिण कोरिया सरकारले दक्षिण पूर्बि एसियाका श्रमिकहरुलाई रोजगारीको अवसर दिएर तल्लो स्तरीय श्रमिकहरुको परिपूर्ती गर्न थाल्यो । सोही दशक देखि विदशी कामदारहरु रोजगारी गर्न कोरियामा पनि प्रबेश गर्न थाल्यो । १९९० साल तीर प्रवासी मजदुरहरु बिदेशमा रहेको कोरियन कम्पनीमा काम गर्ने मजदुरहरुलाई कोरियामा सिप सिकाउनको लागि ल्याउने गरिन्थ्यो । ती मजदुरहरु बाहेक अन्य मजदुरहरु अबैधानीक रुपमा काम गर्न बाध्य थिए ।

कोरियन कम्पनीहरुमा मजदुरहरुको मागमा बृद्धि भएपछि कंम्पनीको फाईदाको लागी १९९४ मा कोरिया सरकारले औधोगीक प्रशिक्षण प्रणाली लागु गरी थप प्रवासी मजदुरहरुलाई भित्राउन थाल्यो । औधोगीक प्रशिक्षण प्रणालीमा अत्याधिक अन्याय,अत्याचार र शोषण भएपछि प्रवासी मजदुरहरु धमाधम अवैधानिक हुन थाले । यी प्रवासी मजदुरहरु अबैधानीक भएको कारण एकातिर कम्पनी मालीकहरुबाट धेरै अन्याय अत्याचार र शोषित भए भने अर्कातिर सरकारले समस्या समाधानको लागि कुनै चासो देखाएन ।

प्रशिक्षण प्रणालीमा धेरै नितीगत समस्या भएकाले कोरियाका विभिन्न मानवअधिकारवादी, धार्मिक संघ संस्था र मजदुर संगठनहरुको बिरोध गर्न थाले । मानवअधिकारवादी, धार्मिक संघ संस्था र मजदुर संगठनहरुले मजदुरलाई मजदुर भनेर सम्बोधन गरि मजदुरको अधिकार दिनु पर्ने माग गर्दे औधोगीक प्रशिक्षण प्रणालीको खारेज गरि वर्क परमिट सिस्टम (डब्लुपिएस) लागु हुनु पर्ने माग गरे । तर कोरिया सरकारले वर्क परमिट सिस्टमको मागलाई पनि बेवास्ता गर्दै २००४ अगष्ट १७ देखि रोजगार अनुमती प्रणाली(ईपीएस) लागु गरयो ।

यो प्रणाली लागु भएको पनि १० बर्ष भएको छ । यो प्रणालीबाट १५ देशको मजदुरहरु ल्याइन्छ । ईपीएस मार्फत हाल सम्म ७ लाख भन्दा बढी विदेशी मजदुरहरु कोरिया आएर रोजगारी गरी रहेको छ । तर यो प्रणालीमा सम्पुर्ण अधिकार कम्पनी मालीकलाइ दिइएको छ । कम्पनीमा काम गर्न पाउने समय अवधि निश्चित हुनु ,कम्पनी परिबर्तन गर्न पाउने संख्या निश्चित हुनु ,कम्पनी मालीकको बिना अनुमती कम्पनी परिबर्तन गर्न नपाउनु , कम्पनी छनोट गर्न नपाउनु , कम्पनीमा शुरुमा ३ बर्षको सम्झौता हुनु , ३ बर्ष पछिको कार्य अवधि थप गर्ने अधिकार कम्पनीलाइ हुनु , कम्पनी छनोट गर्ने अधिकार नहुनु ,मजदुर ३ अधिकार सुनिश्चित नहुनु लगायतको ईपिएसको नराम्रो पक्ष हुन ।

इपिएस अन्र्तगत आएको प्रवासी मजदुरहरुलाइ कोरियन मजदुर कानुन समान रुपमा लागु हुने भनि कानुनमा खुलाइएको छ । तर इपिएसमा माथि उल्लेख गरिएको बुदाहरु समाबेश हुनु साथै लगातार कानुनको उल्लघन गरि नियम बनाइनुको कारणले गर्दा प्रवासी मजदुरहरुको स्वतन्त्ररुपमा आफनो हकअधिकारको उपयोग गरि मजदुरी गर्न पाउने अधिकारको हनन भईरहेको छ । प्रवासी मजदुरहरु स्वतन्त्ररुपमा कम्पनी परिबर्तन गर्न पाउने अधिकारबाट बन्चित भएको कारण काम्पनीको जस्तोसुकै नाजुक सर्तमा न्युन ज्यालामा लामो समयसम्म काम गर्न बाध्यछन । समयमा तलब पाइरहेको छैनन। काम गर्नेक्रममा दुर्घटना भएमा उपचारका साथै उचित क्षतिपूर्ति पाउनबाट बन्चित हुने मजदुरहरु धेरै छन ।

यदि मजदुरहरुले त्यस्तो कम्पनीबाट छुटकारा पाउनकोलागि उनीहरुले कम्पनीबाट भाग्न बाहेक अरु बिकल्प छैन । कम्पनीबाट भागेको मजदुरहरु अबैधानीक भई अन्य कम्पनीमा काम गर्न बाध्य छन । तर कोरिया सरकारले यी मजदुरहरु अबैधानीक हुनको कारण पत्ता लगाई त्यसको समाधान गर्नको सट्टा अबैधानीक हुने मजदुर माथि सबै गल्तीहरु थुपारी रहेको छ । अबैधानीक बृद्धि भएको बाहानामा कम्पनी छोडेको ३ दिन भित्र अवकास भत्ता (थेजिकुम) पाउदै आएको मजदुरहरुले जुलाइ २९ देखि कोरिया छोडे पछि १४ दिन भित्र मात्र पाउने निती लागु गरिएको छ । यो निती कुनै पनि हालतमा अबैधानीक मजदुर घटाउनको लागि सहयोगी हुने छैन ।

प्रवासी मजदुर युनीयन एमटियु ,कोरियन मजदुर महासंघ केसीटियुले शुरुदेखि नै इपिएसको नकरात्मक पक्षको सुधार, प्रवासी मजदुरहरुको भेदभाब अन्त, मजदुर ३ अधिकारको सुनिश्चिताको निमित्त ,समान काम समान ज्यालाको निमित्त कोरियन सरकारलाइ दबाद दिन बार्ता ,ऱ्याली, अन्र्तकृया, एकल प्रदर्शन लगायत बिभिन्न गतिबिधिहरु गर्दै आइरहेको छ । विषेश गरी समस्या समाधानको निमित्त स्वयम अग्रसर हुनु पर्छ भन्ने कुरा सम्पूर्ण प्रवासी मजदुरहरुले बुझन जरुरी छ । एमटियु , केसिटियुले सबै मजदुरहरुलाइ मजदुर संगठनमा संगठित गराई आफनो हक अधिकार बारेमा सचेत गराउने कार्यलाइ पनि निरन्तरता दिइरहेको छ ।





Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com