भवानी बराल

चरी म-यो सिसैको गोलीले......
[2014-08-11 오후 12:29:00]

(गाईजात्रे विशेष)

स्थान : अपराध अनुसन्धान महाशाखा, नेपाल प्रहरी
तिथिमिति : कालो साउन अलिच्छिनी २१ गते बुधवार, ७१ साल

एका विहानै एसएसपी पुष्कर कार्कीले एक प्लाटुन पुलिस केटाहरुलाइ अपराध अनुसन्धान महाशाखा परिसरमा फालिम लगाए । पुलिस केटाहरु हस्याँङपफस्याङ् गर्दै फालिम लागे । फालिम लागेका मात्रै थिए उनले पुलिसि आदेश छाँटे, ‘ए केटा हो, जाओ आज रमाइलो गर । यो काठामाण्डु खाल्डोमा कति धपेडी गर्छौ ? यसो थानकोट, भिमढुङगा तिर गएर मन बहलाएर आओ ।’

केटाहरुले जिउ तन्काउँदै एकै सास एकै साथ ठूलो स्वर गुन्जाए, ‘हस् साब ।जै नेपाल साब ।’

कार्कीले फेरि थपे, ‘आज मेरो बर्थ डे हो, त्यसैले तिमेर्लाइ छुट्टी । तर मेरो बर्थ डे मा उपहार ल्याउनु पर्छ यो चैं सर्त हो । तिमेर्ले बुझ्ने कुरा ।’

केटाहर्ले फेरी एकै स्वरमा भने, ‘हस् साब् । जै नेपाल साब् ।’

एसएसपी कार्कीले फेरि थपे, ‘के ल्याउँछौ त केटा हो बर्थ डे उपहार ?’

‘शिकार साब ।’ सामुहिक स्वरमा केटाहरुले स्वर गुन्जाए ।

कार्कीले अन्तिम आदेश, ‘स्याबास, ठीक छ । तितरबितर ।’

केटाहरु तितरबितर हुन बन्दोबस्तिको समान कुम्लो कुटुरो कस्न थाले । स्याल मार्न बाघको खजाना बोके झैं दर्जा अनुसार पिस्तोल, इन्सास राइफल, एसएलआर, थ्री नटथ्री राइफल बोके ।

भदौमा राँगो फुकाए जस्तै भएको थियो यो सोच्दै न सोचेको छुट्टी । रामरमिता गर्दै कलंकीको बाटो तेर्सिए । शोक सुर्ता भोक भकारी केही थिएन ।

यत्तिकैमा भिमढुङगातर्फ ‘गर्नु गरेउ बलराम भैंसी पालेर...’ बोलको दोहोरी गीत गाउँदै के अगाडि बढेका थिए । एउटा पल्सर बाइक हावासरी बत्तासिँदै कुद्धै थियो । आखिर पुलिस न हुन । तिनको अन्तरआत्मामा रहेको पुलिसि मनोविज्ञान जागृत भयो । यस्तो बेला पुलिसले छुट्टीसुट्ठी विर्सिनु स्वभाविकै हुन्थ्यो ।

संगै गएको कमाण्डरले पुलिसि रवाफमा आदेश दियो, ‘रोक त्यो बत्तासिने भालेमुङ्ग्रो लाइ ।’
अर्को पुलिसले सिट्ठी फुक्यो तर बाइक झनै बत्तासिदै दौडियो ।

कमाण्डरले अर्को आदेश दियो, ‘के हेरि राख्छस् जाँठा हो, ठोक न तेरो बाजेलाइ भट्ट्ट् र्याट्याटा !’

कमाण्डरको आदेश तामेल गर्न सबै तम्सिँदै थिए । कमाण्डरले अर्को फरमान जारी गरे, ‘साबको बर्थ डे लाई यहि शिकार उपहार चढाउनु पर्छ ।’

पुलिसले तैँछाड मैछाड गर्दै दागे, ‘भट्ट्ट् रट्ट्ट् !’

शिकार ढल्यो । तर, पुलिसलाइ सिकार के हो भन्ने थाहै भएन । पुलिसको काम ढाल्ने हो गन्ने, चिन्ने नै होइन भने जस्तो ।

त्यतैबाट कतै गैरहेको बटुवाले यसो वोल्टाइपल्टाइ हेरेर भन्यो, ‘पुलिस भाइ हो, यो त चरी हो ।’

पुलिसलाइ चाहिएकै के थियो कमाण्डरले फुर्तिसाथ साबलाइ सञ्चार सेटबाट जाहेर गरयो, ‘किलो सेरा वान, डेल्टा टु, किलो रोजर आज भिमढुङ्गामा ‘चरी’ को सिकार ग-यौं साब ।’

‘थुक्क मुजी... ! कुनै ठूलो सिकार ग¥यो होला भनेको त चराको पनि पोथी पो मारेछ ।’ उताबाट नराम्रोसंग साब गर्जियो ।

यता कमाण्डर पस्टीकरण दिन थाल्यो, ‘हैन साब ६० किलो माथिकै छ ।’

‘कसैलाइ थाहै नदिइ लेर आइज, नेपाल प्रहरीको बेइज्जत हुन्छ । चराको पनि पोथी मार्ने भनीकन मिडियाले समाचार बनाएर हाम्रो हुर्मत लिन्छन, बेइज्जत गर्छन, जोकर बनाउँछन ।’ साबले आदेश दियो ।

कमाण्डरले तन्किँदै भन्यो, ‘हुन्छ साब, जै नेपाल साब ।’

हतारहतार सिकारलाइ कुम्लोमा बाँधे र एकै छिनमा पुलिस क्लबमा पु¥याए । पुलिसले तहकिकात गरे । चरीकै सिकार गरेको प्रमाणित भयो । भिमकाय चरीको सिकार गर्ने केटाहरुलाइ साबले स्यावासी दिए । साबले बर्थ डे कक्टेल पार्टीको फ्लोर खुला गरे ।

यता मनोरञ्जन सुरु भयो । नेपथ्यबाट गीत बज्न थाल्यो, ‘चरी म¥यो सिसैको गोलीले.....।

आधारतसम्म चलेको त्यो कक्टेल पार्टीमा चरी सम्बन्धि क्रमसः गीतहरु घन्किदै गए । ‘चरी उड्यो बादल छुनलाइ.....।’ ‘चरीले त छाडेर गै गयो......।’ ‘चरीको घर गुँडैमा भए......।’ ‘चरी भरर झ्यालैमा बसेर रुन्छु धरर.......।’



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com