nk

नेपालको दु:खसुखमा सधौ भारतले साथ दिने प्रतिबद्धता
[2014-08-04 오전 10:04:00]

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनता आरामसाग सुत्न सकेनन् भने भारतका जनतालाई पनि बेचैनी हुन्छ भन्दै नेपालको दु:खसुखमा सधौ साथ र समर्थन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका मोदीले संविधानसभा, व्यवस्थापिका–संसद्को बैठकलाई सम्बोधन गर्दै शनिबार सुनकोसी नदीछेउमा गएको बाढीपहिराले जलप्रवाहमा उत्पन्न गरेको व्यवधानका साथै भएको जनधनको ठूलो क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । प्रधानमन्त्री मोदीले भन्नुभयो– “प्राकृतिक विपत्तिका बेला सहयोग एवम् सद्भाव अभिवृद्धि गर्दै नेपाललाई भरपूर सहयोग गर्न मैले आफ्नो देशका सम्बन्धित अधिकारीलाई निर्देशन दिइसकेको छु ।”

अति ओजपूर्णरूपमा भावुक भएर मन्तव्य प्रकट गर्दै मोदीले छिमेकीको दु:ख आफ्नो पनि दु:ख भएको बताउदै दु:खमा साथ दिनु आफ्नो कर्तव्य भएको बताउनुभयो । भारतीय प्रधानमन्त्रीले नेपाल र भारतबीचको सम्बन्ध हिमाल र गङ्गा नदी जत्तिकै पुरानो रहेको बताउदै त्यसलाई नया उचाइमा पुर्‍याउन आफू कृतसङ्कल्प रहेको दोहोर्‍याउनुभयो ।

छिमेकीको हैसियतले नेपाल र नेपालीप्रति आफ्नो उच्च सम्मान रहेको र त्यसलाई भारतको विदेश नीतिमा समेत समावेश गरिएको कथन थियो । प्रारम्भमा नेपालीमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री मोदीले हिन्दीमा संसद्लाई सम्बोधन गर्नुभयो । त्यसक्रममा नेपालको विकासको मुख्य बाहक विद्युत् उत्पादन नै भएकाले त्यसमा भारतको सहकार्यका निम्ति निर्णय गर्न नेपालका नेतृत्व तहलाई आग्रह गर्दै नेतृत्व वर्गलाई आफ्नो परिचय दिन आह्वान गर्नुभयो ।

प्रधानमन्त्री सुशील कोइरालाको मैत्रीपूर्ण निमन्त्रणमा नेपालको भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री मोदीले आज नेपालको व्यवस्थापिका संसद्लाई सम्बोधन गर्ने क्रममा नेपाल आउन पाउदा निकै हर्षित भएको बताउनुभयो । धेरै वर्ष अगाडि आफू एक तीर्थयात्रीका रूपमा नेपाल आएको बताउदै प्रधानमन्त्री मोदीले आज फेरि प्रधामन्त्रीको रूपमा नेपाल आउन पाउादा भाग्यशाली सम्झेको छु भन्नुभयो ।

संसद्मा ४६ मिनेट लामो सम्बोधनका क्रममा सुरुमा साढे तीन मिनेट नेपाली भाषामै सम्बोधन गर्नुभएका प्रधामन्त्री मोदीले नेपालसागको सम्बन्ध भारतका लागि उच्चतम प्राथमिकताको विषय भएको बताउनुभयो । प्रधानमन्त्री मोदीले भन्नुभयो, “संविधान सभा व्यवस्थापिका– संसद्लाई सम्बोधन गर्न नेपालले प्रदान गरेको अवसरबाट आफू मात्र नभई एक अर्ब २५ करोड भारतीय जनता सम्मानित भएका छन् ।”

हिन्दू धर्मप्रति अगाध आस्था प्रकट गर्दै मोदीले कासी विश्वनाथदेखि पशुपतिनाथको छत्रछायामा आफू आइपुगेको उल्लेख गर्दै शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध र राजर्षि जनकको स्मरण पटक पटक गर्नुभयो । मोदीले भन्नुभयो,–“शस्त्र–अस्त्रको मार्ग त्यागी बुद्धले देखाउनुभएको शान्तिको बाटामा नेपाल अग्रसर भइरहेको पाउदा मलाई मात्र होइन, सारा विश्वलाई गर्व महसुस भइरहेको छ, देशमा पूर्ण शान्ति कायम गर्दै निर्धारित समयमा समावेशी एवम् लोकतान्त्रिक संविधान जारी हुनेमा म विश्वस्त छु, त्यसनिम्ति भारतले हरसम्भव सहयोग उपलब्ध गराइरहनेछ ।”

नेपाललाई विश्वले नजिकबाट हेरिरहेको पटक पटक दोहोर्‍याउदै यहा जारी संविधान लेखनको कामलाई समयमै पूर्णता दिन राजनीतिक दललाई आग्रह गर्नुभयो । मोदीले भन्नुभयो–“विश्वका विभिन्न कुनामा शस्त्रास्त्रको होडबाजीमा लागेकाहरूले समेत नेपालबाट शान्ति र सदाचारको पाठ सिक्न सकून्, यसतर्फ यहाको नेतृत्व सफल होओस् ।”

नेपाल र नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने अभिभारा नेपालकै भएको भन्दै त्यसका भारतले यसो गर, उसो गर नभन्ने र नगर्ने स्पष्ट पार्नुभयो । “नेपाल सार्वभौम मुलुक हो, आफ्नो निर्णय गर्न स्वतन्त्र छ तर पनि लेखिने लोकतान्त्रिक संविधानले सारा विश्वको ध्यान तानिरहेका सन्दर्भमा बढी मर्यादित बनाउनु जरुरी छ । ”

संविधान तत्कालका लागि नभएको भन्दै त्यसले आगामी सय वर्षसम्म मुलुक सञ्चालन गर्ने भएकाले त्यसमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । मोदीले बुद्ध जन्मेको पावन मुलुक नेपाल संस्कृति र सम्पदाको विरासत हो भन्दै सांस्कृतिक, धार्मिक एवम् परम्परागत रूपमा विद्यमान भारत नेपाल सम्बन्धलाई नया उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

मोदीले नेपालको समृद्धि र उन्नति नै भारतको प्रमुख चासोको विषय भएको बताउदै त्यसका लागि हरसम्भव प्रयत्न गरिने स्पष्ट पार्नुभयो । नेपालको अपार जलस्रोतको अधिकभन्दा अधिक उपयोग हुनुपर्नेमा जोड दिदै समृद्धिको बाटामा अग्रसर गराउने प्रमुख माध्यम ऊर्जा विकासलाई पारस्परिक लाभका निम्ति प्रयोग गर्न सुझाव दिनुभयो ।

प्रधानमन्त्री मोदीले बिजुली बेचेर आर्थिक उन्नयनको मार्गमा सजिलै नेपाल अघि बढ्ने र नेपालले उत्पादन गर्ने बिजुली बजार मूल्यमा खरिद गर्न भारत आतुर रहेको बताउदै विद्युत् उत्पादनमा भारतले नेपाललाई सधौ साथ दिने वचनबद्धता प्रकट गर्नुभयो । मोदीले भन्नुभयो–“नेपालीसाग काधमा काध मिलाएर विकास निर्माणका काममा सहकार्य गर्न भारत सदा तत्पर छ ।”

मोदीले २२ वर्षदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउन आगामी एक वर्षभित्रै प्रक्रिया सुरु गर्ने र त्यसबाट उत्पादन हुने पाच हजार ६०० मेगावाट विद्युत्ले नेपालको विकासले नयाा उचाइ लिने बताउनुभयो । हाल नेपालमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न भारत सरकार तत्पर रहेकामा जोड दिदै उहाले अन्तरदेशीय प्रसारण लाइनमार्फत सङ्कट समाधान गर्न हाल उपलब्ध गराइरहेको विद्युत् दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालले आफूसाग रहेको अपार जलस्रोतलाई समुचित उपयोग गर्न सके आगामी दश वर्षपछि भारतको ऊर्जा सङ्कटसमेत समाधान गर्छ भन्नुभयो।

सूचना प्रविधिको विकासबाट रोजगारी प्राप्तिको सहज माध्यम बन्न सक्ने भएकाले त्यस दिशामा पनि नेपालसाग मिलेर काम गर्ने आफ्नो मुलुकको चाहना रहेको सभासद्लाई सुनाउादै भौतिक पूर्वाधार निर्माणमा सघाउन एक अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने घोषणा गर्नुभयो ।

मोदीले दक्ष जनशक्ति उत्पादनमा सघाउन शैक्षिक छात्रवृत्तिको सङ्ख्यामा वृद्धि गरिएको घोषणा गर्दै नेपालको सामाजिक, आर्थिकलगायत चौतर्फी विकासका लागि भारतको निरन्तर सहयोग रहने बताउनुभयो । दुई देशबीच जनस्तरमा सुदृढ बन्दै गएको घनिष्ठ सम्बन्धलाई अझ व्यापक बनाउन भारत र नेपालबीच दूरसञ्चार सेवालाई सहज एवम् सर्वसाधारणको पहुाचभित्र पुर्‍याउन आफ्नो देशका सम्बन्धित निकायलाई तत्काल निर्देशन दिने उद्घोष गर्दै नेपाल सरकारलाई पनि त्यसनिम्ति आवश्यक निर्णय गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री मोदीको उक्त भनाइ भारतबाट नेपाल फोन गर्दा र भारतमा कुराकानी गर्दा तिर्नुपर्ने उच्च महसुलप्रति परिलक्ष्यित थियो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)का सबै सदस्य मुलुक मिलेर यस क्षेत्रको गरिबी निमिट्यान्न पार्नुपर्नेमा जोड दिदै भारतले सार्क स्याटलाइट स्थापना गरेर शिक्षा, स्वास्थ्य र सञ्चारमा योगदान गर्ने चाहना व्यक्त गर्नुभयो ।

नेपालको समृद्धिका लागि पर्यटन, जडिबुटी, जलस्रोत, युवा शक्ति र वैज्ञानिक कृषि प्रणाली नै महत्वपूर्ण रहने भन्दै भारतीय प्रधानमन्त्री मोदीले त्यसका लागि सहयोग गर्न आफू र आफ्नो सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

वीर नेपालीको साहसको मुक्त कण्ठले प्रशंसा गर्दै गोरखा सैनिकले भारतको सुरक्षा व्यवस्थामा गरिरहेको योगदानप्रति आभार प्रकट गर्नुभयो । सत्र वर्षमा आफू नेपाल भ्रमणमा आएको स्मरण गर्दै आगामी दिनमा त्यस्तो नहुने र सार्क सम्मेलनमा आउदा राजर्षि जनकको भूमि जनकपुर र गौतम बुद्धको जन्मस्थलको भ्रमण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउदे सम्बोधनको सुरुमा नेपाली भाषामा नै गर्नुभएको थियो ।




Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com