शशीशेखर

मोदी, भ्रमण र नेपाल
[2014-07-30 오후 4:57:00]

नेपालमा भारतीय प्रधानमन्त्रीको सत्र वर्ष पछि प्रधानमन्त्रीस्तरीय भ्रमण हुदैछ । यस अर्थमा भ्रमण नेपालको लागि विषेश र राजनीतिक वृतमा महत्वको रहेको देखिन्छ । आउदो आईतवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारीक भ्रमणमा सरिक हुदैछन् । भ्रमण धेरै अर्थमा उत्सुकतापूर्ण रहेको देखिन्छ । प्रधानमन्त्री मोदीको छिमेकी मुलुक प्रतिको दुष्टिकोणका कारण नै दक्षिण एसियाली मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई भारत भ्रमणको निम्तो थियो । प्रधानमन्त्री भएको छोटो समयमा मोदीको भुटान भ्रमण र त्यसपछि नेपालको भ्रमण धेरै अर्थमा महत्वपूर्ण हुने देखिएको छ । विकासप्रतिको चाहानालाई विषेश महत्वमा राख्न रुचाउने भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई नेपालको पक्षमा फलदायी कसरी वनाउन सकिन्छ भनेर उच्चस्तरीय वार्ता र गृहकार्य जारी छन् । परराष्ट्रविद् र मन्त्रीहरुले नेपालको विकासको लागी भारतीय सहयोगका क्षेत्रहरु पहिचान गरि त्यसलाई मूत रुपमा अघि वढाउन उपयुक्त समय भएको वताईरहेका छन् ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले दुई देशवीचको आर्थीक, सामाजीक विकासका अलावा परस्पर सम्वन्धलाई पनि मजवूत वनाउन सकेको खण्डमा नेपालको लागि लाभदायी हुन सक्ने भनाईहरु सार्वजनिक भैरहेको छ । त्यसैगरि शताव्दीऔं पूरानो दुई देशवीचको राष्ट्र,राष्ट्रियता र सावैभोमिकतामा आच नआउने गरि पारस्परिक समानतामा आधारीत सन्धी सम्झौता गर्न सकिने समेत परराष्टविद्हरुको सल्लाह रहेको छ । नेपालको सम्रग विकासका क्षेत्र र तिनमा लगानीको वातावरण तय गर्न समेत सोहि अनुसारको मुद्दाहरु अघि सार्न सकेमा पनि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाललाई सहयोग पुग्ने निश्चीत छ । विकास प्रतिको चाहानालाई नेपाल पक्षले उजागर गरि नेपाली जनता र नेपालको विकासमा मोदीको भ्रमणलाई कोशेढुगां वनाउन सक्नुपर्ने देखिन्छ ।

दुईदेश वीचको आपसी सम्वन्धलाई थप वलियो र मजवूत वनाउनको लागि नेपाली पक्षाले विषेश सावधानीपूर्वक योजना र कार्यक्रमहरुलाई अघि सार्न सकेमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण विकासप्रतिको चाहाना तर पर्याप्त संभावना,स्रोत भएर पनि आर्थिक,प्राविधीक र भौतिक रुपमा पछि परेको नेपाल जस्तो देशको लागि फलदायी हुन सक्ने देखिन्छ । संगसंगै भारत र नेपाल वीचको सुरक्षा चासोको विषयमा पनि नेपालले आफनो मुद्दालाई सौहार्दपूर्ण तवरवाट अघि सार्न सक्ने दखिन्छ ।

केहि दिन अघि मात्र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले नेपाल र भारतवीचको सम्वन्धमा नया आयाम थपेको र त्यो भ्रमणले दुवै देशमा सकारात्मक सन्देश प्रभाव गरेको भन्दै परराष्ट्रक्षेत्रका ज्ञाताहरुले अतिराष्टवादले कूटनीति सञ्चालन नहुने भएकाले भारतसंगको वर्षौ पूरानो सास्कृतिक एवंम आर्थिक सम्वन्धलाई वदलिदो समय अनुसार नयाा रुपवाट अघि वढाउन सकेको खण्डमा मात्र दुवै देशवीचको सम्वन्ध अझ प्रगाढ वनाउन सक्ने तर्फ पनि मोदी सरकारको भ्रमणले विषेश अर्थ राख्न सक्ने तर्फ सतेच वन्नु आवश्यक छ । यसतर्फ ध्यान पुराउन सकेको खण्डमा हित नेपालको नै हुनेछ र लाभ नेपालीको नै हुने देखिन्छ । जलस्रोतको प्रचुर संभावना भएको नेपालले देशमा भएको जलको स्रोतलाई भारतको आर्थिक र प्राविधीक पाटोवाट उर्जा निकाल्न सके दुई देशवीचको गरिवीमा केहि न केहि सहयोग पुग्न सक्ने तर्फ गंम्भीर भएर सोच्न सक्नु पर्ने देखिन्छ ।

आर्थिक रुपमा गुणात्मक फड्कोका साथै सुचनाप्रविधीमा व्यापक प्रगती गरिरहेको भारतको सूचना प्रविधीको विकास र त्यसको संभावनाको सिको गदैृ त्यसवाट कसरी लाभ लिन सकिन्छ भन्ने तर्फ पनि भ्रमण लाभदायी वनाउन सकिने देखिन्छ । जे जस्तो भएपनि नेपाल प्रतिको भारतीय चासो र व्यवहारका कारण नेपाल भारतवीच भएर सीर्जीत भएका केहि राष्ट्रिय स्तरका मूद्दाहरुलाई मोदी सरकारले अवलम्वन गरेको छिमेक नीति प्रतिको उत्साहपूर्ण व्यवहारले फलदायी वनाउन सक्नुपर्छ । नेपाल सरकारको महत्वपुर्ण भुमिका यसैमा नै रहने तर्फ सजग भएर मोदी सरकालाई स्वागत गरौ र विदाई गर्नुमा नै नेपाल भारत वीचको सम्वन्ध प्रगाढ वन्ने निश्चीत छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com