शशीशेखर

माईला मेरो वाटोमा हिडेस्
[2014-07-23 오후 5:03:00]

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते तत्कालीन पूर्व २ नंम्वर रामेछाप जिल्लामा भएको हो । पुष्पलाल श्रेष्ठ पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रुपमा जन्मेका पुष्पलालका दाजु गंगालाल र भाइ गौरीलाल, देवीलाल, विजयलाल श्रेष्ठ र बहिनी पुष्पलता हुन् । पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरुको हडतालको क्रममा एक्सन कमिटीको अध्यध पनि वनेका थिए । वि.सं. १९९७ सालमा आफना दाजु अमर शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि राजधानीको भद्रगोल जेलमा सपरिवार भेट्न जादा गङगालालले पुष्पलाललाई आफूले प्रजातन्त्रका निमित्त बालेको दियोलाई प्रज्वलित पार्न गरेको आग्रह पुष्पलालको निम्ती राजनीतिमा प्रवेश गर्ने प्रेरणााको श्रोत बनेको थियो ।

वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार,शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसग मिलेर नेपाली प्रजातान्त्रीक संघको गठन गरेका थिए । संघमा रहेका सदस्यले आ–आफनो रगतले प्रतिज्ञा पत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो । संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरु खोली विभिन्न खालका –सिपमूलकसमेत तालीम दिन्थ्यो । भारतमा पनि राणााविरोधी गतिवीधि बढाउने पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरुसित गोप्यरुपले सम्पर्क राखी टंकप्रसाद आचार्य लगायत अरु नेताहरुको नेलसहितको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने ”जनता” पत्रिकामा प्रकाशित गर्न सहयोग गरे । २००४ सालमा नेपाली राष्ट्रीय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गरेका थिए । जनताद्धारा गरिएको यही पहिलो जनआन्दोलनका कारणा पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणाा गरे ।

माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे । २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसगको भेटले उनको जीवनमा नया मोड ल्यायो । त्यसबखत पुष्पलाल पश्चीम बंगालका वर्तमान मुख्यमन्त्री ज्योति बसुको नजीक थिए । पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार–प्रसार गर्न कम्युनिष्ट पार्टीको घोषणाापत्र नेपालीमा अनुवाद गरे । सम्भवत: नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो । उनको विवाह साहना प्रधान नेकपा ऐमालेकी वर्तमान नेतृसंग भएको थियो । २०१६ सालमा पुष्पलाल सोभियत संघमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्िरय सम्मेलनमा भाग लिई सोही वर्ष चीन भ्रमणमा पुगेका थिए । २०१७ साल पौष १ गते घटित कालो काण्डपछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरुलाई भेला गराई तेश्रो महाधिवेशन गरे । नेपाली कागेस र कम्युनिष्टहरु मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नया दिल्लीस्थीत अल इण्डीया मेडिकल इन्स्टीच्युटमा उपचारको क्रममा नै निधन भएको थियो ।

‘जातपातले राजनीति चल्दैन र नेपाली जनताको हित गर्न सक्दैन’ भन्ने धारणाका साथ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले कहिल्यै पनि आफनो जातसूचक श्रेष्ठ लेखेनन् । यतिखेर उनै पुष्पलालको मुलुकमा स्थापना गर्ने भनिएको सङघीयताको पक्ष र विपक्षमा फरक–फरक विचार र सिद्धान्तको वारेमा व्यापक वहस भैरहेका वेलामा पुष्पलालको दर्शन आज एकपटक नेपालीका कम्युनिस्टहको लागि मार्गदशन हुनसक्ने देखिन्छ । पुष्पलालले नेपाली भन्ने जात प्रमुख भएको र त्यसपछि मात्र आफूले लिएर आएको थर वा जात हुन्छ भन्ने भनाईलाई जहिल्य उच्चारण गरि नै रहे । अर्थात उनि सामाजिक सद्भावसहितको जनतन्त्रको पक्षमा उभिरहे । तत्कालीन राणा शासकको कू्रर दमनवाट नेपाली जनतालाई उक्मुक्ति दिन सङर्घको ज्वाला दन्काउनु पर्छ भन्ने मनसायले अभिप्ररित पुष्पलाल राजनीतिक आन्दोलनमा लागेका थिए ।

पुष्पलालको राजनीति प्रवेशको मुख्य कारण नै विसं १९९७ मा आफना दाजु गंगालाललाई राणा शासकले गोली हानी हत्या गरिनु थियो । स्मरणीय के छ भने एकदिन अघि मंगलवार ३२ औं स्मृति दिवस मनाएका नेपाली काग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला पहिले कमन्युष्टि विचारधारा हूदै पछि काग्रेस वनेका थिए भने एकदिन पछि स्मृतिदिवस मनाईदै गरिएका नेता पुष्पलाल कागेसवाट कम्नुयष्टि वनेका थिए । दुवै नेताको अवसानले नेपाली राजनीति जुन आर्दश र त्याग थियो त्यसको संस्मरण मात्र वाकि छ । उनिहरुको आर्दश निष्ठा र त्यागलाई अनुसरण गरेर हिडनु पर्ने आजको आवश्यकता वनेको छ । र नै त उनिहरुप्रतिको सच्चा श्रदाञ्जली पनि यहि नै हुनसक्ने देखिन्छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com