रमेश लम्साल

जातपातमा विभाजन होइन, नेपालीमा एकता खोज्नुपर्छ
[2014-07-23 오전 7:00:00]

‘जातपातले राजनीति चल्दैन र नेपाली जनताको हित गर्न सक्दैन’ भन्ने धारणाका साथ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले कहिल्यै पनि आफ्नो जातसूचक श्रेष्ठ लेख्नुभएन । मुलुकमा स्थापना गर्ने भनिएको सङ्घीयताको पक्ष र विपक्षमा फरक–फरक विचार र सिद्धान्त आइरहेका बेला पुष्पलालको सो दर्शन आज एकपटक नेपालका कम्युनिस्टहरूले अनुशरण गर्न लायक छ । नेपालको जात पहिले नेपाली हो अनि पछि मात्रै आफूले लिएर आएको थर वा जात हो भन्ने धारणा राख्नुहुने पुष्पलाल सामाजिक सद्भावसहितको जनतन्त्रको पक्षमा जीवनभर अडिइरहनुभयो ।

विसं २००६ मा भारतको कलकत्तामा कम्युनिस्ट पार्टीको स्थापना गर्दा समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य राख्नुभएका श्रेष्ठको जन्म १९८१ असार १५ गते रामेछापमा भएको हो । तत्कालीन राणा शासकको अत्याचार र दमनचक्रका विरुद्ध प्रतिरोध सङ्घर्षमा उत्रनुपर्छ भन्ने मनोविज्ञानका कारण राजनीतिक आन्दोलनमा लाग्ने प्रेरणा उहालाई प्राप्त भएको थियो । उहालाई राजनीतिमा ल्याउन महत्वपूर्ण योगदान गर्नेमा विसं १९९७ मा राणा शासकले गोली हानी हत्या गरिएका दाजु गङ्गालाल श्रेष्ठको रहेको थियो ।

गङ्गालालले पुष्पलाललाई ‘माइला मैले प्रजातन्त्रको निम्ति बालेको दियोलाई तौले प्रज्ज्वलित पार्नेछस्’ भन्ने भनाई नै प्रमुख प्रेरणाको स्रोत बनेको थियो । गङ्गालाललाई मृत्युदण्ड दिइने अघिल्लो दिन भद्रगोल जेलमा भेटन् जादा पुष्पलाललाई दाजु गङ्गालालले सो विचार व्यक्त गर्नुभएको थियो ।

पुष्पलालको बारेमा लामो समयदेखि अध्ययन गर्दै आउनु भएका र सहकार्यसमेत गर्नुभएका वामपन्थी नेता लोककृष्ण भट्टराईका अनुसार उहा संयुक्त जनआन्दोलनको पक्षपाती हुनुहुन्थ्यो । पुष्पलालकै राजनीतिक धारअनुसार २०४६ सालमा कम्युनिस्ट र कााग्रेस मिलेर बहुदलको स्थापना गरेका थिए भने २०६२/६३ को दोस्रो जनआन्दोलन समेत सोही दिशाअनुसार नै भएको भट्टराईको कथन छ ।

विसं १९९८ मा श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाजलगायत मिलेर नेपाल प्रजातान्त्रिक सङ्घको गठन गर्नुभएको थियो । सो सङ्घले राणा शासनको विरोध गर्ने, विद्यालयहरू खोल्ने र राजनीतिक सचेतनाका आन्दोलन गर्ने कार्यक्रम अगाडि सारेको थियो ।

विसं २००४ मा नेपाली राष्ट्रिय काग्रेसमा समाहित भई नागरिक अधिकारका लागि गरेको आन्दोलनमा समेत पुष्पलालले सक्रिय सहभागिता जनाउनुभएको थियो । नेपालको राजनीतिक आन्दोलनमा जनताको तहबाट गरिएको यही नै पहिलो कदम थियो ।

नेपाली समाजको सर्वप्रथम वैज्ञानिक विश्लेषण गर्ने बुद्धिजीवीका रूपमा पुष्पलाललाई लिइन्छ । समाजलाई वैचारिक मोड दिने कुशल नेपाली माक्र्सवादी–लेनिनवादी सिद्धान्तकारको रूपमा लिइने उहााको सादगी जीवन आजका कम्युनिस्ट पार्टीका नेताहरूले अनुसरण गर्न लायक थियो ।

विसं २००५ सालमा उहाले विश्व प्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । कलकत्ताको एउटा पुरानो घरमा नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र नरबहादुर कर्माचार्यसाग मिलेर कम्युनिस्ट पार्टीको घोषणा गर्दा नेपाली समाजको आमूल परिवर्तन गर्ने सोच उहााको थियो ।

उहााले तत्कालीन समयमा नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक हो भनेर व्याख्या गर्नुभएको थियो । तर उहाको यो व्याख्या नेपालको वर्तमान सन्दर्भमा जायज नभएको भन्दै नेकपा(एमाले)को केही दिन अघि सम्पन्न नवौा महाधिवेशनमा पारित राजनीतिक प्रतिवेदनले सच्याइसकेको छ भने गत साल हेटौाडामा सम्पन्न एकीकृत नेकपा(माओवादी)ले समेत फरक ढङ्गले विश्लेषण गरेको छ ।

पुष्पलालले नेपाली क्रान्तिको न्यूनतम् कार्यक्रमका रूपमा नया जनवादी क्रान्ति र अधिकतम् लक्ष्यका रूपमा वैज्ञानिक समाजवाद र साम्यवाद हो भनेर सैद्धान्तीकरण गर्नुभएको थियो।

पुष्पलालबाटै पार्टी सदस्यता लिनुभएका एमाओवादीका प्रवक्ता दीनानाथ शर्मा भन्नुहुन्छ–‘‘आजसम्म नेपालका कम्युनिस्ट पार्टीले अङ्गालेको राजनीतिक धार र कार्यदिशा सबै उहााबाटै प्रभावित हुदै आएको छ ।’ संयुक्त जनसङ्घर्ष तथा जनपरिचालनबाट पनि परिवर्तन सम्भव छ भन्ने धारणा राख्नुहुने पुष्पलालले जनअधिकारको रक्षा हुन नसक्ने अवस्था आएमात्र सशस्त्र क्रान्तिमा जोड दिनुभएको उहाको कथन छ ।

वैचारिक रूपले सशक्त र प्रेरणादायी नेताका रूपमा परिचित पुष्पलालले नेपाली काग्रेससग शत्रुतापूर्ण सम्बन्ध होइन सहकार्य गर्न प्रयत्न गर्नुभएको थियो ।

नेकपा(एमाले)का उपमहासचिव घनश्याम भुसालका अनुसार उहा विचारमा एकदमै प्रष्ट र कार्यनीतिमा लचक र नेपाली जनताको खास भावनालाई प्रतिनिधित्व गर्ने नेता हुनुहुन्थ्यो । नेपाली समाजलाई सबल, सक्षम बनाउन राजनीतिसागै आर्थिक समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनुपर्छ र त्यसका लागि कार्यक्रम तय गर्नुपर्छ भन्ने उहााको धारणा रहेको भुसालको भनाइ छ ।

दोस्रो महाधिवेशनपछि नेतृत्वमा आउनुभएका केशरजङ्ग रायमाझीसाग कुरा नमिलेपछि अर्का नेता तुलसीलाल श्रेष्ठसाग पनि उहाको विवाद भएको थियो । पुष्पलालको मूल बाटो र तुलसीलालको कुन बाटो भन्ने विवादले विसं २०२२ मा नेपाली कम्युनिस्ट आन्दोलनमा विभाजन सुरु भएको थियो ।

विसं २०१७ मा भएको ‘कु’ पछि भूमिगत राजनीतिमा सक्रिय रहादै आउनुभएका पुष्पलालले २०२५ सालमा अगाडि सार्नुभएको संयुक्त जनआन्दोलनको कार्यदिशा २०४६ सालमा आएर कार्यान्वयन भएको थियो भने यसैको जगमा टेकेर विसं २०६२/६३ मा जनआन्दोलनमार्फत अभिव्यक्त भएको थियो ।

विसं २०३५ साउन ७ गते भारतको नया दिल्लीमा दिवङ्गत हुनुभएका पुष्पलालको ३६ औ स्मृति दिवसको अवसरमा बुधबार नेकपा(एमाले)ले पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको छ । एमाओवादीले पनि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेको छ भने अन्य विभिन्न कम्युनिस्ट पार्टीहरूले समेत स्मृतिमा कार्यक्रमहरूको आयोजना गरेका छन् ।

मुलुकमा जातपातको राजनीति हाबी भइरहेका बेला अगाडि सार्नुभएको नेपाली मात्र जात भन्ने भावनालाई आत्मसात् गर्दै अगाडि बढ्नु नै सच्चा श्रद्धान्जलि हुनेछ । रासस




Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com