नेपालप्लस

किन चाहियो लिम्बुवान राज्यनै ?
[2014-07-15 오후 5:23:00]

यसको उत्तर म अलि लामो दिन्छु । लिम्बुवान छुट्टै भन्दापनि अरुण सप्तकोशी पुर्वको भू-भागको नामचाहिँ पहिला ऐतिहासिककाल देखिनै लिम्बुवान भंनिन्थ्यो । त्यो नामकरणलाइ चाहिँ कायम गरियोस नेपाल अन्तर्गतको स्वायेत्त राज्य भनेर हामीले लडिरहेका छौं । नेपाल अन्तर्गतको लिम्बुवान स्वायत्त राज्य नामकरण गरियोस भनेका छौं किनभने पहिचान ठुलो कुरा हुन्छ । भूमिको पहिचान भनेपछि त्यहाँ बस्ने जात जातिको पहिचानका कुराहरु हुन्छन्। यसै बिचमा प्रश्न आउछ लिम्बुवान नै किन ? त्यो चाहिँ कस्तो हुन्छ भने ऐतिहासिक काल खण्डमा एउटा भूमिमा एउटा नाम स्थापित भएको हुन्छ । हुनत धेरै नाम आउँछन र जान्छनपनि। तर पनि एउटा नाम स्थापित हुन्छ । त्यो नामले चाहिँ आधिकारिकता पाउँछ । त्यो भूमिमा त्यो क्षेत्रमा र नौ जिल्लाको हकमा यो ऐतिहासिक काल देखि चलेको नाम लिम्बुवान हो |

एउटा उदाहरण दिउँ, अंग्रेजी सम्बत १७७४ मा लिम्बुवान र गोर्खाली रुको बीच अरुण नदीको किनारमा ठूलो लडाई भयो । लिम्बुवान चाहिँ स्वायत्त राज्य रहने शर्तमा गोरखामा सह-राज्य को रुपमा मिल्यो । लिम्बुवान गोरखामा मिलेको चाहिँ सन् १७७४ तिरको को कुरा हो । त्यतिबेला लिम्बुवानको सिमाना पूर्वमा टिष्टा सम्म थियो । त्यहि कालखण्डमा दार्जिलिङ्गको भूभाग गोर्खा अन्तर्गत आयो । यो सन् १७७४ को कुरा हो । १८१४ देखि १८१६ सम्म नेपाल-अंग्रेजको ठूलो लडाई भयो । यसलाई एङ्गलो नेपाल युद्द पनि भनिन्छ । त्यसपछि जब सुगौली सन्धि भयो, नेपालले आफ्नो एक तिहाइ भूभाग गुमाउनुपर्यो र नेपालको सिमाना पुर्वमा मेची र पश्चिम महाकालीमा खुम्चिनु पर्यो । त्यो भन्दा अघि टिष्टा र कांगडासम्म थियो ।

अब हेर्नुस दार्जिलिङ्गमा गोर्खाको शासन जम्मा ४०४२ बर्ष मात्र रहेको देखिन्छ इतिहासमा । किनभने १७७४ मा मात्र गोर्खालीहरु अरुण तरेर आएको हो । १८१६ मात दार्जिलिङ्ग अंग्रेजहरुले लागिसकेका थिए। मात्र ४०\४२ बर्ष गोर्खाको शाशन त्यहाँ चलेको देखिन्छ दार्जिलिङ्गमा । त्यो त इतिहास नै हेर्दा प्रस्ट हुन्छ | गोर्खा कति टाढा छ। मनकामना भएको गोर्खाको नाम लिएर यता दार्जिलिङ्गमा गोर्खाल्याण्डको माग चलिरहेको छ अहिले । अब त्यहाँ नव राज्य बन्नै आँट्या छ | किनभने ऐइतिहासिक कालमा ४०\४२ बर्ष मात्र शासन गर्ने गोर्खाको नाममा आज गोर्खाल्याण्ड हुन् गैरहेछ । यो कस्तो गम्भीर र चाखलाग्दो कुरा छ । भन्न खोजेको मैले के भने ४०\४२ बर्ष राज गरेको गोर्खालीको नाममा दार्जिलिङ्गमा गोर्खाल्याण्ड हुन् गैरहेको छ | ४०\४२ बर्षको इतिहास आज त्यहाँ त्यति महत्वपूर्ण बनेर गयो भने अरुण सप्तकोशी पुर्वको लिम्बुवानको नौ जिल्लाको कुरा त हजारौ बर्ष पुरानो इतिहासबाट आउँछ । जसरि दार्जिलिङ्गमा गोर्खाको इतिहास महत्वपूर्ण बन्यो त्यहाँको भूमिको लागि, त्यस्तै हजारौं बर्ष देखिको नौ जिल्लाको लिम्बुवानको नामपनि हाम्रो लागि महत्वपूर्ण बन्यो । त्यसैले हामीले हाम्रो एउटा रहरले यो नाम झिकेर लिम्बुवान बनाएको होइन । यो नौ जिल्ला लिम्बुवानको भुमि जिउँदो जाग्दो भुमि हो |गोर्खाली हरु अरुण तरेर आउनुपूर्व मकवानपुरका सेन बंशीय राजाहरुको पालामा पनि १६६८ देखि १८२० सम्म लगभग १५० बर्ष लिम्बुवान स्वायत्त थियो । त्यतिबेला लिम्बुवानको राजधानी विजयपुरमा थियो |

मैले भन्न खोजेको चाहि यो एउटा ऐतिहासिक काल देखिनै लिम्बुवान जिउँदो जाग्दो भुमि भएको र अहिलेपनि यो लिम्बुवान हुनुपर्छ भनेर हज्जारौ लाखौं जनताहरुले भनिरहेको हुनाले यो जिउँदो नाम हो | त्यसो हुँदा यो नामबाट नामांकन गरिनु पर्दछ भन्ने हो । अब यहाँ अरु जात जातिको बारेमा भन्नुपर्दा तपाइँ अहिले पनि लिम्बुवानमा आउनु होस् । लिम्बुवानको आन्दोलन भयो भन्ने सुन्नुभएको छ । तर लिम्बुवानको प्रतिकार नै भयो भन्ने त सुन्नु भएको छैन नि ! लिम्बुवानको अफिस जलाइयो भन्नेत सुन्नु भएको छैननी ! बरु अहिलेसम्म लिम्बुवानको जुलुस सानो भयो । लिम्बुवानको आमसभामा अलि थोरै मान्छे आए भन्ने सुन्नुभएको होला । तर लिम्बुवानको आन्दोलनमा प्रतिकार भयो भनेको सुनिएन । त्यसो गर्दा नौ जिल्लाका जनताहरुको भित्रि आत्माको कुनै न कुनै भागले लिम्बुवान नामलाइ स्विकारी सकेको छ । लिम्बुवान आन्दोलन सहज बन्नुको कारणपनि त्यहि हो ।

(अरुण सप्तकोशी पूर्वका नौ जिल्ला ऐतिहासिक प्रिष्ठभुमिको आधारमा स्वयत्त लिम्बुवान राज्यको माग गर्दै आन्दोलन गरिरहेको मंच सम्बद्द संघिय लिम्बुवान राज्य परिषणका अध्यक्ष हुन् मिराक )



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com