शशीशेखर

पाच करोडको खेल
[2014-07-04 오후 2:56:00]

सभासदहरुले पाच करोड रुपैया पाउनु पर्ने मागमा सवै सभासदको मन मिलेको छ । उनिहरुले संयुक्त आवास लगायत यातायात खर्च दिन समेत आग्रह गरेका छन् । सभासदले तजवीजमा आफनो निर्वाचन क्षेत्रमा विकास रकम खर्च गर्न पाउनु पर्ने अडान तेस्र्याएका छन् । अडानमा सरकारमा रहेको प्रमुख दलका अलावा साना दलपनि सहमत भएका छन् । भलै सभासदहरुले उठाएका माग एकहद सम्म जायज नै देखिन्छ । तर उनिहरुले उठाएको मागले विकास र जनताको लागी के गर्छ कति गर्छ भन्ने यक्ष प्रश्न उठेको छ । वार्षिक रुपमा पाच करोड भनेको एउटा निर्वाचन क्षेत्रको लागी ठूलो रकम हो । रकम माग्नु मात्रै ठूलो हैन रकमको सहि विनीयोजन हुन सकेन र आफू र निकटका व्यक्ति र कार्यकर्ता रिझाउने काम मात्र गर्ने उद्देश्यको लागी प्रयोग भएमा त्यसले जनतालाई सह्रय होला नहोला प्रश्न उतिकै तेष्र्यिको छ । विकासको लागी गाउस्तरमा पुग्ने वजेट त दामासाही भाग लगाएर खान खोज्ने प्रवृति भएको हाम्रो जस्तो मुलुकमा अन्य भष्ट्राचारको कूरो गरिरहन परेन् ।

त्यसो त अहिल्यका सभासदहरुले आवास सुविधा तथा यातायात सुविधाको माग गरेर संसद् थर्काएकै छन् । विगतलाई फर्केर हेर्दा २०५१ सालमा पनि सासंद सुविधामा पजेरो चढने रहर सभासदलाई भएकै हो । ईच्छा पूरा भएकै हो । त्यतिवेला एमाले सरकार ढले लगतै वनेको सरकारका प्रधानमन्त्री शेरवहादुर देउवाले कागेस,एमाले अनि राप्रपा लगायतको सभासदहरुको दवावमा पजेरो सुविधालाई अनुमोदन गरिएकै हो । अर्थात कर छुटमा सभासदलाई पजेरो खरिद गर्न दिइएकै हो । सभासदहरुको पजेरो चढने मोहले राष्टिय झण्डाका साथ धेरैलाई संसद पुरायो । पजेरोको स्वाद चखायो । हाल कार्यान्वयनमा रहेको दश लाखको रकम वढाएर ५ करोड पुराउनु पर्छ भन्ने सभासदहरुले विकासको नाममा रकम माग्नु राम्रै हो तर त्यसको सहि प्रयोग हुन सकेन भने त्यसले दीर्घकालीन रुपमा राम्रो गर्ने अवस्था कमै छ ।

नेपाल जस्तो मुलुकमा विकासमा मुद्दाको नाममा जहिल्य कार्यकता र तिनका आसेपासे रिझाउन रकम जाने प्रवृतिको अन्तय नभए जनस्तरवाट व्यापक विरोध गर्न जनता एकवद्ध हुनु आवश्यक छ । जहिल्य नेता र कार्यकर्ताको चगुलमा र मिलेमतोमा जिविस वा गाविसका उपल्लो निकायको व्यक्तिको गोडा मोलेर रकम खान पल्केका एकाथरी समूह छन् तिनको लागी केन्द्रित नहोस् वजेट । यस्ता प्रवृति उपर निगरानी होस् । चप्पल लगाउने औकात नभएकालाई जुत्ता लगाउने हैसियत सरकारी रकमले गर्न नखोजीयोस् । साईकल चढने हैसियत नभएकालाई मोटर चढने किसीमले नजाओस् पाच करोड । पाच करोड रकमको विनियोजन हचुवाको भरमा नहोस् । यसले राम्रो अवस्थाको सीर्जना गर्ने देखिन्न ।

जनता जहिल्य विकासको आशामा नेतालाई भरयाङ चढाई रहने अनि त्यहि च्याखे दाउमा कार्यकर्ता मोटाउने प्रवृति वढ्दै जाने अवस्थाको प्रवृतिले भएमा पाच करोड त के अहिल्य दिदै आएको १० लाख समेत वढि नहोला भन्न सकिन्न । त्यसैले सभासदहरुले पाचा करोडको लागी संविधानसभा भवन थकाईरहनु भन्दा उनिहरु मौन वस्नु नै वेश होला । यतिवेला माग गरिएको पाच करोड रुपैया विकासको मुद्दामा कम केन्द्रित र आफू र आफना कार्यकर्ता र तिनका आसेपासेप्रति वढि सम्वोधन हुन खोजीयो भने त्यसले दूभाग्य वाहेक अरु केहि ननिम्त्याउला ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com