शशीशेखर

एमाले नवौं महाधिवेशन
[2014-07-02 오후 8:28:00]

नेकपा एमालेको नवौ महाधिवेशन विहीवारदेखि राजधानीमा हुन गईरहेको छ ।। विधानमा कार्यकाल एक वर्ष लम्ब्याउन सक्ने प्रावधान भए पनि पाच वर्ष पूरा भएलगत्तै एमालेले महाधिवेशन गर्न लागेको हो । महाधिवेशन मूलत संविधानसभा निर्वाचनबाट पार्टीको कार्यभारका विषयमा लिने निणर्यमा केन्द्रित हुने शीर्ष नेताहरुले वताउदै आएका छन् ।

पार्टीलाई अझै ऊर्जाशील बनाउने भनेर हुन लागेको महाधिवेशनमा गुट र उपगुटको विचारउतेजक वहसले महाधिवेशनले कस्ता नीति र नेतृत्व सार्वजनिक गर्ला त्यो भने असार १९ पछि नै थाहा होला । नेतृत्व परिवर्तनका समयमा जुनसुकै पक्ष र पाट्रीवीच सानातिना गुटउपगुट देखिएकै हो तर एमाले महाधिवेशनको पूर्वसन्धया भने त्यस्तो रहेन । एमाले नेता र कार्यकर्ताहरुले महाधिवेशनको विषयलाई केन्द्रमा राखेर माहोल धेरै नै तताए । पछिल्ला केहि महिना नेपाल पक्ष र ओली पक्षका खेमाहरुले दिएका अभिव्यक्ति र विचारलाई मनन गर्दा एउटै वाम पाट्रीमा पनि पदको लागी कतिसम्म लोलोलुपता हुदा रहेछ भन्ने कूरो छर्लगं भयो । अध्यक्ष पदको लागी एमाले राजनीतिको मूलधार त तात्यो नै मोफसलमा समेत क्षेत्रीय भेलाहरुमा दुई खेमाका नेता तथा कार्यकर्ताहरुले आक्रोशपूर्ण अभिव्यक्ति दिएर एमालेको नवौ महाधिवेशनको रौनक वढाए ।

एमाले नेपाली राजनीतिमा एउटा सशक्त प्रतिपक्षको रुपमा सधै उत्रदै आएको छ । २०५१ सालमा उसले चलाएको नौ महिने सरकारले एमालेको छविलाई केहि मात्रामा अझ उचाई तर्फ लगेको पनि हो । तर एमालेले थाप्ने च्याखे दाउका कारण उ आफैमा जुन भूमिकामा देखिनु पर्ने हो त्यो नहुदा पाट्री प्रति आफनै कार्यकता र स्थानीय स्तरमा नेता पनि असन्तुष्ट भएका उदाहरण नभएका हैनन् । त्यसैले कतिपय स्थानमा हुलका हुल कार्यकर्ता नेतृत्व प्रतिको कार्यशैलीको विरोध गर्दै पाट्री परित्याग गर्न पुगेको प्रसंग नेतृत्वले विर्सनु हुदैन् ।

त्यसैले संविधानसभाको दोश्रो निर्वाचनको क्रममा पाट्रीले कतिपय स्थानमा व्योर्हन परेको हारले पाट्रीलाई धक्का पुग्नु स्वाभाविक नै हो । कुनै समय एमालेको लालकिल्लाको संज्ञा पाएका स्थानमा क्रमश: नेताहरु हार्नु भनेको नेतृत्वको अर्कमण्यता हो भन्दा फरक पर्ने देखिदैन् । कुन स्थानमा कस्ता नेताहरुलाई टिकट दिने,कुन रणनीतिले कसरी काम गर्ने जस्ता पक्षको अभाव पाट्री अध्यक्षको कमजोरी हो भन्दा फरक पर्ने देखिदैन् । साथै संविधानसभा निर्वाचन अन्र्तगत भएको उपनिर्वाचनमा समेत एमाले तत्कालनि तथा वरिष्ठ नेता माधव नेपालले जितेको स्थानमा पराजीत हुनुलाई पनि राजनीतिक वेतमा अर्थपूर्ण रुपमा हेरिएकै हो । नवौ महाधिवेशनमा यि र याव्त कारणले गर्दा पाट्री प्रति औलो ठडीदै सक्षम र दूरदर्शी नेतृत्वकर्ताको खाचोको लागी दवाव वड्दो छ ।

सक्षम अध्यक्षले नै पाट्रीलाई सहि किसीमवाट अघि वढाउन सक्छ भन्ने नेपाल खेमा र ओली खेमावीचका कार्यकता र विचारको सम्वोधन हुन सक्नु पर्ने राजनीतिक विश्लेषकहरुको ठहर छ । गुट र उपगुटमा विभाजीत भएर पार्टीका कार्यकर्ता र नेता वाडिनु भन्दा पनि महाधिवेशन स्वाभाविक प्रकृया हो भन्दै अघि वढ्न सकेमा नेपाल र ओलीहरुको नै राम्रो हुनेछ अन्यथा नेपाल र ओली पक्षको नाममा फरक फरक कित्तामा उभिदै जाने हो भने एउटै आर्दश र सिदान्तमा वसेर फरक वाटोमा हिडनुको अर्थ के ? त्यसले भोली पाट्रीलाई अझ तल नलैजाला भन्न सकिन्न । सवै पक्षलाई ध्यान दिएर अघि वढ्ने कि ?



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com